काठका भाँडा बनाउने आधुनिक प्रविधि, मनग्गे आम्दानी
%2520(14)_I0qFgNKTpO_jywwoumjvonvtylnhmphz4bteeoszrblhbqahwmq42qo1t6wemzkylydy97y_SLEKnyFsaI_c1bcw5cb70jha3ohyoxh6cuz2qupjlzxvb4ubs2zpsgqqlbptlfzwogzwxqm.jpg)
रामेछाप ।
विगतमा परम्परागत रूपमा गरिँदै आएको काठमा भाँडा बनाउने पेसा प्रविधिको विकाससँगै आधुनिक बनेको छ । आधुनिक प्रविधिको प्रयोगबाट काठमा ठेकी, हर्पे, आरी, ढुङ्ग्रालगायतका भाँडा बनाएर यस पेसामा संलग्न मानिसले राम्रो आम्दानी गर्ने गरेका छन् । विगतमा काठका भाँडा बनाउनेलाई चुँदारो भनिन्छ । पानीमा काठको फिर्के घुमाएर त्यसमा काठ काट्ने धारिलो फलामको मानी राखेर काठको आकार र आवश्यकता अनुसारका भाँडा बनाउने गरिन्थ्यो ।
अहिले प्रविधिको प्रयोग गरी मोटर चलाएर काठका भाँडा कुँद्ने काम हुन लागेको लामो सयदेखि सो काममा संलग्न रामेछापको खाँडादेवी गाउँपालिका–४ का मङ्गलबहादुर बिक बताउँछन् । २५ वर्षको उमेरदेखि काठका भाँडा कुँद्दै आएका मङ्गलबहादुर अहिले ६४ वर्ष हुँदापनि यही काममा छन् ।
विगतमा खोलाको पानी कुलोबाट झारी फिर्के घुमाएर भाँडा कुँद्दै आएका बिक अहिले गाउँमा घरमा नै मोटर राखेर काठमा भाँडा बनाउँछन् । खोलाको चिसोमा बसेर गर्नुपर्ने काम अहिले घरभित्र न्यानोमा गर्न मिल्ने भएको छ । ‘पहिला खोलाको चिसोले शरीर सबै सुन्निन्थ्यो, अहिले त धेरै सजियो भयो’, विकले भने ।
पानीबाट फिर्के घुमाएर भन्दा बिजुलीबाट मोटर घुमाएर काम गर्दा काम गर्न पनि सजिलो र छिटो हुने मङ्गलबहादुरको अनुभव छ । मोटरमा फिर्के घुमाउने शक्ति बढी हुने भएको कारण कामलाई छिटो र सजिलो बनाएको छ । काठका ठेकी, हर्पे, ढुङ्ग्रो, आरी लगायतका घरायसी प्रयोगका सामान तथा विभिन्न कलात्मक सामान बनाउँदै आएका मङ्गलबहादुरले एक लिटर दही÷मोही अट्ने भाँडालाई पाँचसय रुपैँयासम्म लिने गरेका छन् । यस हिसाबले एउटा ठेकीको ५÷६ हजार रुपैँयासम्म पर्दछ । उनले बनाएका साना–साना काठका सामानको न्यूनतम मूल्य पनि पाँचसय रुपैँया पर्दछ ।
आफूले दार र कटहरको काठका भाँडा मात्र बनाउने गरेको मङ्गलबहादुरले बताए । दार र कटहरको ठेकी भाँडामा दही, मोही र घिउ राम्रो हुने बताइन्छ । काम अनुसारको कमाइमा आफू सन्तुष्ट रहेको उनले बताए । ‘मिहिनेत अनुसारको कमाइ राम्रो छ, काम र कमाई दुवै कुराबाट सन्तुष्ट छु’, उनले भने ।
बजारमा आएको आल्मोनियम तथा प्लास्टिकका भाँडाहरूले काठमा भाडाको बजार केही कम भए पनि आफूले उत्पादन गरेको सामानको बिक्रीमा कुनै समस्या नभएको मङ्गलबहादुर बताउँछन् । आफूले बनाउने ठाउँमा आएर मानिसहरूले सामान किनेर लैजाने गरेका उनले बताए ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_Zw3ucU6X95_5ekjnmrxz3pvm2ixf3ygdl6ufmukjmmpzu7b1g7vw3kuxsblf2gsem0g9xkh.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_cLOAs47dcJ_i0bqz309sjev1kojtnlecjelasgvwi5m55x6cfjpmyfohmbbul84dxtifsfl.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_gpnrJh1zjw_gafjiposgdwshwwokhgbuzkngws0bnhlzzyxsflbtdknczvaqy4uo6yidmhc.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_GUjMnyWOnD_hpzxd9qjn2gpkxmlzrmk75twj4lukmdpvvkha66sy8b1mrazckib9ox8iebc.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_oeCU9hVvzc_7rikjykb6lcy2y4t7cu6ib223wcmjrklj4zt3vmvinbovotwiy81fk0vseyq.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया