चौथो वृत्ति तथा रोजगार मेला आयोजना गर्दै बुढानीलकण्ठ नगरपालिका

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले बेरोजगार युवाहरूलाई देशमै स्वराेजगार बनाउने अभियान सञ्चालन गर्ने भएकाे छ ।
नगरपालिकाले चाैथाे संकरण अन्तर्गत आगामी फागुन २ र ३ गते चौथो वृत्ति तथा रोजगार मेला आयोजना गर्ने भएको हाे ।
पत्रकार सम्मेलन गर्दै नगरपालिले “शिक्षा, सीप र उत्पादकता हाम्रो प्राथमिकता”नारासहित युवा लक्षित कार्यक्रम गर्न लागिएकाे पत्रकार सम्मेलनमा जानकारी दिएकाे छ ।
पत्रकार भेटघाटका प्रमुख बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले नगरपालिकाले गतवर्ष सम्पन्न तेस्रो मेला, रोजगारी तथा युवा परामर्शमा केन्द्रित रहेकोमा यसपटक श्रमिक तथा उद्यमशीलता प्रवर्द्धनमा विशेष ध्यान दिइने जानकारी दिए ।
नगर प्रमेख अधिकारीले देशमा बर्दै गएकाे बराेजगारी समस्या हल गर्दै सवै स्थानिय तहहरूले स्थानीय स्तरमै राेजगारी सृजना गर्ने अभियान सञ्चालन गर्नु पर्ने बताए ।
नगर उपप्रमुख उपप्रमुख अनिता लामाले देशमै बसेर यहि स्वराेजगार भई परिवार समाज रूपान्तरणका लागि हातेमालाे गर्न सकियाेस भने नगरकाे चाहाना रहेकाे बताईन ।
नगरपालिकाको शिक्षा , युवा तथा खेलकुद महाशाखाका प्रमुख ललित विक्रम सिंहलेलचौथो वृत्ति तथा रोजगार मेलामा २५ हजार भन्दा वढी युवा तथा विद्यार्थी लगायतले भिजिट गर्ने मेला अवधिमा दर्जनौ बेरोजगार युवाहरुले रोजगारी प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
मेलामा विशेष आकर्षणको रुपमा १४० जना कामको खोजीमा रहेका बेरोजगार युवाहरुलाई साइकोमेट्रिक टेष्ट मार्फत वृत्ति पहिचान गरिने र २५० जना युवाहरुलाई वृत्ति पहिचानका लागि डिजिटल प्रविधि (साइकोमेट्रिक सेवा) सम्बन्धी जानकारी प्रदान गरिने कार्यक्रम राखिएको छ ।
साथै मेला अवधिमा कम्तिमा ५० जना युवाहरुलाई एकल तथा ४०० जना युवाहरुलाई सामुहिक वृत्ति तथा रोजगार परामर्श प्रदान गरिने कार्यक्रम राखिएको आयोजकले बताएको छ ।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्यालले नगरपालिकामा स्थायी वसोबास गर्ने १६ वर्षदेखी ४० वर्षसम्मका बेरोजगार युवालाई यहि माघ २५ गते भित्र अनलाइन मार्फत वा सम्बन्धित वडा कार्यालयमा गएर फर्म भर्न नगरपालिकाले आव्हान गरेको बताए ।
सामाजिक विकास समितिकि संयोजक शान्ता ढकाल युवाहरूलाई स्वरोजगारको सम्भावना खोज्न प्रोत्साहित गर्न विभिन्न क्षेत्रका विज्ञहरूसँग अन्तर्क्रिया गराउने कार्यक्रमसमेत रहेको बताईन् ।
मेलामा कुल ४८ वटा स्टल रहने छन्, जसमा १५ वटा रोजगारीका अवसर खुलाउने, ६ वटा श्रम स्वीकृतिसम्बन्धी जानकारी दिने र अन्य स्टलहरूले उद्यमशीलता तथा डिजिटल प्रविधि सम्बन्धी सेवा तथा सूचना प्रदान गर्नेछन् ।
कम्तीमा माध्यामिक तह उत्तीर्ण गरेका १०० जना युवाहरूका लागि रोजगारी प्रवर्द्धनको विशेष अवसर मिलाइने र ४०० जनालाई व्यावसायिक सीपसम्बन्धी परामर्श दिइने नगरपालिकाको योजना रहेको छ ।
नगरपालिकाले बेरोजगार युवाहरूका लागि सूचनाको पहुँच विस्तार गर्दै रोजगारी सूचना केन्द्र सञ्चालनमा ल्याइसकेको छ । इच्छुक व्यक्तिहरूले माघ २५ गतेभित्र अनलाइन वा वडा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_S6I3uS7051_aqmrqrbqmamgkqlt87xl3cxz9qnok98av3pp9uidnuuucm8demx9ywkznmmw.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_Z5rVEVpgpz_powada1devfjnionmcqnd8uh2knnawhnlgljeaoxsm9flvso5rpnb5s7nips.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_sQxPDxC6Ot_trorbfojbmb2rlmmnmq4r2jz5anbautmkonazjox7tgcx5srivlwnprt178d.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_ZBvpmsq1eS_qs5bd3q8kr61z2xpccwbaqu3ubu5n5cjwprb5xqy3kowujmvduo8rfyu2pfq.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा सुरु
%2520(3)_Moo8yiM1ev_8vn77kfntcx5ubboq9lhn77rbely2k8kab0gn1ovw6pcwq95kpswmtpc62yd_ByjAZBXzJh_jdvpbie9wt6oaf53pdhbd4a0zzzwtvpv0meihkqazlc0gxvovxkkqlg1w3ki.jpg)
प्रोटोन ब्राण्डको पहिलो विद्युतीय कार ‘ई–मास सेभेन’ अब नेपाली बजारमा

प्रतिक्रिया