नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) ले चन्द्रागिरि नगरपालिकालाई विशेष सम्मान गरेको छ ।
काठमाडौं,टेलिकमको २१औँ वार्षिकोत्सवका अवसरमा कम्पनीको केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीलाई मायाको चिनो र कदर पत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

डिजिटल नेपालको फ्रेमवर्कको अवधारणा अनुरुप नगरपालिकाका सम्पुर्ण निकायहरुमा डिजिटल कनेक्टिभीटी प्रदान गर्न चन्द्रागिरि नगरपालिका र टेलिकम बिच जिटुजि मोडलमा सम्झौता भई नगरपालिकाको कार्यालय, नगरपालिकाका १५ वटै वडा,१५ वटा स्वास्थ्य चौकी २४ वटा सामुदायिक बिद्यालय,एउटा अस्पताल र ८० वटा भन्दा बढी सार्वजनिक स्थानमा वाइफाई हटस्पटहरुमा हाई स्पिड इन्टरनेटको कनेक्टिभिटीको कार्य सम्पन्न भएको र अन्य स्थानमा पनि वाइफाई हटस्पटहरुमा हाई स्पिड इन्टरनेटको कनेक्टिभिटीको कार्य गर्ने प्रक्रिया भइरहेको छ ।
नगरपालिकाले टेलिकमलाई विश्वास गरि सेवा प्रदान गर्ने अवसर दिएकाले टेलिकमले सम्मान गरेको हो ।
आधुनिक युगको नयाँ दृष्टिकोण हो ‘एआई र मानवता’ : हरिराम रिमाल
डीएल अपलोडलाई ग्लोबल आईएमई बैंकको स्टार्टअप अवार्ड
यस्तो छ आज र भोलिको मौसम पूर्वानुमान
कस्तो छ आज र भोलीको मौसम पूर्वानुमान ?
सुनिता र बुचलाई फिर्ता ल्याउन 'ड्रागन' अन्तरिक्षमा पुग्यो, फेब्रुअरीमा फर्किने
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान
प्रतिक्रिया