इन्जुरी समयमा पाएको पेनाल्टीले चिली विजयी

copaकाठमाडौं निर्धारित ९० मिनेटको खेल सकिएर इन्जुरी टाइमको ९औँ मिनेटसम्म बराबरीमै रहेको चिली बेलिभियाबीचको खेल १०औं मिटेटमा आइपुग्दा बेलिभिया पछि पर्यो । बिना गोल बराबरीमा सकिएको मध्यान्तरपछिको पहिलो मिनेटमै चिलीका पार्दोले शानदार गोल गरी अग्रता कायम गरेको थियो। १० यार्ड परबाट उनले गरेको यो दर्शनीय गोलको जवाफ अर्को अविश्वसनीय पाराको गोलले दियो बोलिभियाले। खेलको ६१ औँ मिनेटमा क्याम्पोस डाभालोसले ३० यार्ड परबाट पाएको फ्रि किकलाई टप कर्नर च्यापेर प्रहार गरी गोल गरे। खेल १–१ को बराबरीमा थियो। त्यसपछि बेलिभियाका लागि दशा नै लाग्यो भन्नुपर्छ, बायाँ साइडबाट गरिएको क्रसलाई गुटिएरेजले पेनाल्टी एरियामा ब्लक गरेको भन्दै यल्लो कार्ड र चिलीका लागि पेनाल्टी दिइयो। इन्जुरी टाइमको १० औँ मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गरे एरास्मो भिडल पार्दोले। यो गोलसँगै दुबै खेलमा दुई पराजय भोगेर बोलिभिया कोपा अमेरिकाबाट समूह चरणबाटै बाहिरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित