आधुनिक युगको नयाँ दृष्टिकोण हो ‘एआई र मानवता’ : हरिराम रिमाल

हरिराम रिमाल नेपालका सक्रिय आइटी व्यवसायी हुन् । विश्वभर सूचना प्रविधि एवम आइटी क्षेत्रले अर्थतन्त्रमा उच्च भूमिका निर्वाह गरिरहेको सन्दर्भमा रिमालले पनि नेपालमा केही गर्ने उद्देश्यले देशभर संजाल विस्तार गरिरहेका छन् । हरेक निकाय एवम् क्षेत्र आइटीमैत्री बन्दै गइरहेका बेला रिमालले विकटेक अफिस सिस्टम नामक आइटी कम्पनी स्थापना गरेर नेपालका दूरदराजलाई आइटीमा जोड्ने प्रयास गरिरहेका छन् । पछिल्लो समय विकसित भएको आर्टिफिशियल इंटेलिजेन्स(एआइ)र आइटीका अन्य क्षेत्रमा भइरहेको गतिविधिबारे नेपाल न्यूज बैंकले कुराकानी गरेको छ । 

धेरै नेपालीहरु एआइबारे अनभिज्ञ नै छन् । वास्तवमा एआइ भनेको के हो, यसले  कसरी काम गर्छ ? 
एआइको सिम्बोलिक नामभित्र नै यसको परिभाषा लुकेको छ । आर्टिफिसियल इन्टिलिजेन्ट भन्ने शब्दबाटै यसको परिभाषा स्पष्ट हुन्छ । पहिला पहिला मान्छेहरुलाई साधनहरुले सघाउँदै आयो, कामलाई सहजता बनाउँदै ल्यायो । तर त्यो ब्रेनको  तहमा छिरेको थिएन । ब्रेनले गर्दा मान्छेलाई चाँही साधन भन्दा अब्बल बनाइरहेको थियो । जतिपनि स्रोत र साधनको विकास हुँदै गएपनि, टेक्नोलोजीको डेभलप भएपनि मान्छेको ब्रेन नै कन्ट्रोल गर्नको लागि सक्षम थिएनन् कि जस्तो लाग्छ । अहिले  एआइ भन्ने आएपछि मान्छेले ब्रेनले गर्ने काम पनि एआइले गर्न थाल्यो । मान्छेको ब्रेनले गर्ने चिन्तन, बिश्लेषण, सूचनाहरुको भण्डारण गर्ने काम एआइले गर्ने भयो ।  जसलाई हामी यान्त्रिक मस्तिष्क पनि भन्छौं । 

एआई अर्थात कृतिम बौद्धिकता र मानव बौद्धिकतामा के  फरक छ ? 
पछिल्लो समय न्यूरो साइन्समा जति अध्ययन, अनुसन्धान भइरहेको छ त्यसमा मान्छेको ब्रेनमा चाँही ८६ अर्ब एउटा न्युरोनहरु हुन्छ जसले  लटअफ सूचनाहरु २६ लाख टेराबाइट्स सूचनाहरु संग्रह गर्ने क्षमता मानिसको ब्रेनमा रहेको न्युरोनहरुले राख्छ । त्यो न्युरोनहरुको सव–पार्टिकल न्यूरोनहरु फेरी ८६ ईन्टु एक हजार त्यति धेरै एउटा क्याल्कुलेटर अंकमा पनि नअटाउने स्टोरेज क्यापासिटी चाँही मान्छेको  ब्रेनमा छ । यत्रो टेक्नोलोजीको डेभलप भइसक्दा न्यूरो साइन्टिस्टहरुले मुस्किलले २५ प्रतिशत जति मात्रै ब्रेनको बारेमा जानेको छौं होला अर्थात रिर्सच गर्यौं होला । मान्छेको ब्रेनको रेन्डम स्टकचर छ । जसले काम गर्ने प्रोसेसमा चाँही अब यान्त्रिक अर्थात कृतिम साधनले मानिसको बे्रनको जसरी काम गर्न सक्छ । यसमा फरक के छ भने मान्छेको ब्रेनको लिमिटेसन छ । कृतिम बौद्धिकताको एरिया अर्थात दायरा ठूलो छ । सूचना संग्रह गर्ने क्षेत्र ठूलो छ । जति धेरै सूचनाहरु पायो त्यसले त्यति धेरै एक्यूरेसी बढ्दै जान्छ ।  मान्छेको ब्रेनको आफ्नो सिमितता छ । जुनबेला मानिसले साधन प्रयोग गर्दैन थियो त्यो समय बिहान उठेर पूर्वतिर हेर्नुभयो भने, घाम उदाइरहेको  हुन्छ ।  बेलुका चाँही त्यो घाम पश्चिमतिर अस्ताउँछ । अब यसमा मान्छेको  ब्रेनको  क्यापासिटी के  हो भने पृथ्वी घुम्छ भन्छन् तर मान्छेले त देख्दैन । फिल पनि गर्दैन् । तर हामीलाई  फिल के हुन्छ भने सूर्य नै घुमिरहेको छ जस्तो  हुन्छ । ब्रेनको सिमितता त्यो हो । तर अब पछि साधन र टुल्सहरु प्रयोग गर्दै हेर्दा त्यस्तो  देखिएन, पृथ्वी घुमिरहेको देखियो, सूर्य चाँही केन्द्रमा भएको  देखियो । यो उदाहरणले  पनि थाहा हुन्छ की मान्छेको ब्रेनको  सिमितता । यस्ता खालको घटनालाई चाँही एआईले एक्जेक्टतर्फ लिएर जान्छ । यसमा एआइ र मानिसको बौद्धिकतामा फरक छ ।

 एआइले मिडिया सेक्टरमा कस्तो भूमिका खेल्छ , सकरात्मक या नकारात्मक ?

सुरुवाती कालमा भएको हुनाले भर्खर जन्मेको बच्चा चकचक गर्छ भनेकोजस्तो एआइले पनि गरिहरकेकै छ । एआइ शिशु अवस्थामा भएकाले चकचके छ र धेरैतिर त्रास फैलाइरहेको छ । त्रासको सबैभन्दा ठूलो केन्द्र नै मिडिया हो जस्तो लाग्छ । किनभने टेक्नोलोजीको डेभलप हुनु अगाडि मिडिया यति धेरै बलियो थियो अब यसमा एआइका अल्गोरिद्धमहरु मिसिदा चाँही मिडिया अस्तित्वमाथि नै प्रश्न चिन्ह् उठिरहेका छन् । डिजिटलराइजेसनमा जाँदखेरि नै मिडियाको औचित्य समाप्त भइसकेको थियो फ्रन्ट लाइन मिडियाहरुको । अब एआइसम्म आइपुग्दा चाँही अब मिडियाको दायरा एकदमै साँघुरो हुँदै गइरहेको छ । तर सामाजिक सञ्जालहरुको र  पछिल्लो समय टेक्नोलोलीमा भएको डेभलपमेन्टले पनि एउटा मिडियाको स्पेस जो  हुन्छ, रिर्सच गर्ने, कुनै विषयवस्तुमा सबै एंगलबाट धारणाहरु बनाउने मिडिया स्पेसको काम चाँही एआइमा बाँकी नै छ । मिडियाहरुले एआइको एउटा कुरामा डराउनुपर्दैन त्यो चाँही यही हो । एआइले फेक समाचारहरु बनाउँछ, तर फेक हो कि सहि हो त्यो कुरा पनि एआइको मेकानिजममै आउँछ । प्रत्येक मान्छेको हातमा मोबाइल छ, प्रत्येक मान्छेले भिडियो खिच्न सक्छ, समाचार लेख्नको लागि च्याटजिपीटीलाई भन्न सक्छ, यस्तो खालको समाचार  बनाईदेऊ भन्नसक्छ । त्यसैले यस्तो समयमा मिडियाको औचित्य चाँही समाजलाई पारदर्शी बनाउने, राज्यको चौथो अंगका साथै वाचडकको भूमिका निर्वाह गर्ने हो । अब प्रत्येक जनताले मोबाइल हात हातमा लिएर, मल्टिमिडिया लिएर राज्यको वाच डक भएर बसिरहेका छन् ।  सानो  घटना घटे अहिले फ्रन्ट लाइन मिडिया भन्दा पहिले टिकटकमा आइसकेको  हुन्छ । त्यसैले मिडियाले जे काम गरिरहेको थियो त्यसमा एआई बढ्दै जाने भएकाले  मिडियामाथि र मिडियाको स्पेसलाई खुम्च्याउँदै लानसक्छ । औचित्य पूरै समाप्त चाँही गर्दैन । 

एआइको  इतिहास र विकास कस्तो थियो ? 
सन् १९४० तिर एआइको फस्ट कन्सेप्टमा आएको थियो । तर त्यो मान्छेको तहमा थिएन । त्यसलाई एउटा इतिहासको रुपमा मात्रै हेर्ने हो । इन्टरनेट सञ्जालको पब्लिक भएपछि १९७० को दशकमा अप्टिकल फाइबरको जालोहरु जनतामाझ सार्वजनिक भयो । कम्प्युटरजन्य डिभाइसहरु विकास जब भयो तब त्यसमा आएका अवरोधहरुलाई चिर्दै जे जे कुराहरु आवश्यक पर्छ त्यो कुराहरुको  विकास गर्दै १९८० को दशकमा सबै इन्डष्ट्रिहरुको विकास हुँदै गयो र  एआइ पनि तीनवटा चरणमा विकास हुँदै गयो । एउटा सुरुवाती विकासक्रम जो १९४० देखि १९९० सम्म । त्यसपछि १९९० बाट २०१० सम्म यसलाई डाटा भण्डारण स्टोरेज अर्थात ओपन सोर्सहरुको एकदमै विकास भयो । फेसबुक यही समयमा आयो, ट्विट्र अर्थात एक्स पनि यही समयमा विकास भयो । टिकटक पनि यही समयमा आएको छ । युट्युब पनि यही समयमा आएको थियो । गुगलहरुको विभिन्न प्रडक्टहरु यही समयमा विकास भएका थिए । तेस्रो चरण भनेको २०१५ पछाडि अहिलेसम्मलाई लियौं भने चाँही यसमा विशेषगरी स्टोरेज भएका डेटाहरुलाई आफू अनुकुलका परिणामहरु निकाल्ने रिर्सचहरुको काम भएको छ । च्याटजिपीटी जस्ता थुप्रै विविध क्षेत्रहरुमा एआइका अल्गोरिद्धमहरु चाँही आइरहेका छन् । जसले एआइका अल्गोरिद्धमहरुलाई एडभ गर्न सक्दैंन । त्यो प्रोडक्ट चाँही धेरै समय सप्लाई गर्ने स्थितिमा रहँदैनन् । कुनै समय नोकिया पनि सबैको हात हातमा थियो तर अहिले नोकिया खोज्नको लागि धेरै नै संघर्ष गर्नुपर्छ । यस्ता ट्रेनहरु आउँदै गर्दा यो तीनवटा विकासक्रमको रुपमा तीनवटा क्षणहरुलाई अब उपलब्ध भएका डेटाहरुलाई टेक्निकल भाषामा मेसिन लर्निङ अर्थात आफू अनुरुपको परिणाम निकाल्नका लागि ट्रेन गर्ने र च्याटजिपीटि, ओपन एआइ र डिपसिक जस्ता प्रोडक्टहरुको चाँही तेस्रो चरणको  विकासक्रम मान्न सकिन्छ । यसको त्रास बेलायतमा सुरुवात हुन्छ । र सिङ्गो युरोपभरी फैलिन्छ । त्यो बोलामा पनि काम गरिरहेका हजारौं मजदुरहरु स्टिम इन्जिनले अनोमेसनको माध्यमबाट खोसेको थियो । कति केसहरु त मजदुरहरुले मेरो रोजगार खोस्यो भनेर मेसिनहरुमाथि नै आक्रमण गर्ने पनि भेटेका छौं । त्यस्तो इतिहास पनि हामीले पढ्न पाउँछौं । 

सबै काम एआइले गरे मानिसहरुको रोजगारी खोसिदिने, मानिसलाई क्रम गर्ने खतरा कतिको छ ?  
एआइ पनि अहिले सुरुवाती कालमा शिशु अवस्थामा छ । यसले मानिसहरुमा त्रास छरेको छ । कतिपय ठूल ठूला लेखकहरु वा विद्वानहरुले किताब लेख्ने क्रममा एआइमाथि किताबहरु लेखिराखेका छन् । एआइले मान्छेलाई ओभरट्याक गरेर अगाडि जाने र मान्छेलाई नै सिध्याउने भन्ने चाहीं हुँदैन् । मान्छेको रोजगारी खोस्ने भन्ने दिन पनि आउँदैन । मान्छेलाई एआइले स्वतन्त्र श्रमतर्फ लिएर जान्छ भन्ने छ मेरो बुझाई । अहिलेसम्मको मेरो अध्ययनले र सँगसँगै प्रयोग गरिरहेकाले कामको लागि स्वतन्त्र बनाउँछ जस्तो लाग्छ । म कला, साहित्य मन पराउने मान्छे तर मैंले आइटी क्षेत्र व्यवसायिक रुपमा रोज्नुपर्यो । आइटी सेक्टरमा बिजनेस गर्न पाउनु मेरो सौभाग्य हो । तर विडम्बना चाँही के हो भने मेरो सपनाहरुको हत्या भइराखेको छ । तिनीहरु पछाडि परेको छ । कुरा यति चाहीं हो मान्छेको श्रम खोस्ने काम एआइले गर्दैन् ।

एआईबाट हामीले कसरी लाभ लिन सक्छौं ?
आजभोली टिकटकले लाभका बारे प्रष्ट पारिरहेको छ । म कतै बाहिर जाँदै छु भने लोकल खाना पाउने ठाउँ कहाँ छ भनेर हेर्छु । त्यो लोकल खानेकुरा पाउने ठाउँको पनि विज्ञापन हुन्छ । त्यही पेसा सिमित मात्र हुन सक्थ्यो तर एआइले गर्दा पनि टेक्नोलोजीले त्यसको प्रचार गरेर व्यवसायमा मद्दत पुग्छ । 
तपाई लुकी लुकी गीत गाउनुहुन्थ्यो भने एआइले तपाइको प्रतिभालाई सबैसामु लिएर जान्छ । त्यसलाई मूल्यवान बनाउने गर्छ । अनलाइनको माध्यमबाट लुकेका प्रतिभा बाहिर आउँछन् । त्यसलाई एआइले एकदमै धेरै मद्दत गर्छ । त्यसरी मानिस रुचिको क्षेत्रमा जानको लागि सकिरहेको हुँदैन् । तर एआइले रुचीको क्षेत्रमा लिएर जान्छ । र त्यसरी नै ध्रुविकृत हुँदै जान्छ जस्तो लाग्छ । 

एआइले गर्ने डाटा सुरक्षाका चूनौतिहरु के के छन् ? 
डाटा सुरक्षा चाँही धेरै चाँही राज्य वा सरकारले जिम्मा लिने कुरा भयो । किनकी डाटाको व्यवसाय पनि हुने भण्डारण पनि हुने भएकाले नेपालमा पनि त्यस्तो कम्पनीहरु स्थापना भएका छन् । हामी आफैले पनि यसमा भविष्य छ भनेर अध्ययन गरिराखेका छौं । त्यो चाँही निश्चित अवधिमा हुने भएको हुनाले डाटाको सुरक्षाको लागि कुलेनमा वार भयो । निश्चित डेटा सेन्टरहरु त्यो वारबाट ध्वस्त भए । मुल्यवान चीजहरु गुमे । समुन्द्र मुनी डाटा सेन्टरहरु विकास गरिराखेको कम्पनीहरु पनि छन् । समुन्द्रमुनी भएकाले त्यो चाँही अलि सुरक्षित हुने भयो । र कुलिङको लागि बन्ने जुन शक्ति हुन्छ त्यो पनि अलिकति सस्तो मूल्यमा बन्छ । त्यो खालको विकासहरु भइरहेको छ । स्पेसको माध्यमबाट डेटाहरु मंगलग्रह चन्द्रमा मा अथवा कतै डेटा सेन्टर बनाउन सकिन्छ कि भनेर अध्यन गरिरहेको पनि छ ।  ठूलो मार्केटबाट एउटा डेटा सेन्टर बन्ने भएको हुनाले त्यसमा हाम्रा जस्ता सानासाना मूलुकहरुले डेटा सुरक्षाको चिन्ता लिनु भन्दा ठूला ठूला कम्पनीका क्लाउडहरु प्रयोग गरेर डाटा भण्डारण गर्न दिनेतर्फ पनि लाग्न सकिन्छ । यो एकदमै धेरै चुनौती त खासै केही हुँदैन् । तर एउटा चुनौती चाँही के हुन सक्छ भने यसले समाजलाई त खुला बनाउँछ नै व्यक्तिलाई पनि खुला बनाउँदै लिएर जान्छ र कतिपय सरकारको एवम व्यक्तिको सेन्सेटिभ सूचनाहरु बाहिर ल्याइदिन सक्छ । व्यक्तिगत गोपनीयताको हकको सुरक्षा चाँही कसरी गर्ने भनेर योजना बनाउनसक्छ ।

केही दिन अघि मात्र सरकारले ल्याएको एआइ नीति  मस्यौंदाको बारेमा तपाईं के भन्नुहुन्छ ? 
एआइले दुनियाँलाई यत्रो लपेटिसक्दा पनि हामी चुपचाप यो बारेमा अनविज्ञ भएर बस्नुभन्दा एउटा पोलिसीको सुरुवात भयो, यो राम्रो हो । कम्तिमा परिमार्जन गर्दै जाउला भन्ने दृष्टि राम्रो छ । एआइको पोलिसी बनाएर लागू गर्ने बेलामा एआइको प्रोसेसलाई फलो गरिएन जस्तो लाग्छ । किनकी सरकारले लगभग सात महिना अगाडि एउटा मस्यौदा ल्याएको थियो । पछि  विज्ञहरुबाट राय सुझाव लिने समयचाँही एकदमै छोटो भयो, जम्मा सात दिनमा राय बुझाइसक्नुपर्ने थियो । सरकारलाई नै सात महिना लागेको मस्यौदा एउटा विज्ञले चाँही सात दिनमा कसरी दिने । नेपालमा  फेरी डेटा प्रणालीहरु एकदम ध्वस्त छ । सरकारी सार्वजनिक हुनुपर्ने डेटाहरु पनि व्यवस्थित छैन् । त्यसमा अध्ययन गर्न जे चिज, रिसर्चको लागि प्रयोग गर्ने टुल्सहरु व्यवस्थित छैन् । धेरै सरकारी निकायको डेटाहरु भद्रगोल छ । साइटहरुमा नै आक्रमण हुन्छ । तर कसले कसरी गर्यो नै थाहा हुन्न । यसमा अब एआईले दुनियालाई यत्रो लपेटिसक्दा पनि चुपचाप लागेर यो बारेमा अनविज्ञ भएर केही थाहा नै भएर जसरी बस्नु भन्दा एउटा पोलिसी त आयो । कम्तिमा पोलिसीको सुरुवात त भयो ।  फलामको अक्षर होइन, ढुङगाको अक्षर होइन समयक्रम अनुसार यसलाई परिमार्जन गर्दै जाउला भन्ने एउटा राम्रै मनसाय छ । सकरात्मक नै छ । एआइले जति धेरै डेटाहरुबाट निकालिएका एक्युरिसी हुन्छ भनेर विश्वास गर्छ एआइको प्रोसेसलाई अध्ययन गर्दा पोलिसी बनाएर लागु गर्ने बेलामा फलो गरिएन जस्तो लाग्छ  । किनभने सरकारले सात महिनाभन्दा अगाडि एउटा मस्यौदा ल्याएको थियो सुरुमा एआइ सम्बिन्धी त्यो पनि मैले अध्ययन गर्न पाएको थिए । मन्त्रालयको अनिल दत्तको नेतृत्वमा नारायण तिमल्सिना सहितको एउटा टिमले त्यो मस्यौदा ल्याएको थियो । सात महिना अवधि उहाँहरुले अध्ययन गर्नुभयो होला, चिन्तन गर्नुभयो होला पछिल्लो समय कार्यान्वयनमा जाने मस्यौदा ल्याउनुभयो । तर यसको विज्ञहरुबाट राय लिने समय चाहीं एकदमै छोटो भए जस्तो लाग्यो । जम्मा सात दिनको समय दिइएको थियो । सात दिन भित्रमा राय बुझाइसक्नुपर्ने अवस्था थियो । एमदम छोटो समय भएकाले सरकारलाई नै सात महिना लागेको मस्यौदा विज्ञहरुले सात दिनमा कसरी दिने । नेपालमा फेरी डेटा प्रणलीहरु एकदमै ध्वस्त  छ । चाइएका डेटाहरु व्यवस्थित छैन । अध्ययन गर्नको लागि जे चाइन्छ त्यसको लागि आफै फिल्डमा जानुपर्छ । धेरै सरकारी डेटाहरु अव्यवस्थित छ, भद्रगोल छ । बेला बेला साइडहरुमा अट्याग् भैरहेको हुन्छ । त्यो डेटाको बारेमा आधिकारीक जानकारी दिने मान्छो को भनेर कसैलाई थाहा नै हुदैन । पव्लिक डेटाहरु अव्यवस्थित भएकाले अनुसन्धानको लागि नेपालमा अन्त भन्दा नेपालमा सम्भव छैन । नेपालमा चै पाचँ छ महिना पिपुललाई विज्ञलाई पनि समय दिनुपथ्र्यो अनि कार्यन्वयनको लागि लिएर जानुपथ्र्यो । त्यहाँ चै कमजोरी भएको हो जस्तो मलाई लाग्छ । संसारभरीको एआईको विकासक्रमलाई हेर्ने हो भने सरुमा निजि क्षेत्रहरुले यसको प्रयोग गर्छ अनि बल्ल सरकारले पोलिसी बनाइरहेको अवस्था छ । सोसाइटी भन्दा अगाडी सरकार हुनुपर्ने तर पछाडी पछाडी हिडिरहेको जस्तो देखिन्छ । सरकारले पोलिसी बनाएर फ्रम भित्र राखेर यसरी यसरी प्रयोग गर्नुस भनेर बनाउनुपर्ने ठाउँमा अरुले प्रयोग गरिसकेपछि अभिलेखिकरण गर्ने काम मात्र गरिरहेको छ । यस्तो सर्ट टाइममा आएका पोलिसीहरु र एआइका मुलभुत मान्यता सिद्धान्तहरुलाई लत्याएर आएको पोलिसीलाई कार्यन्वयनमा लानलाई अप्ठ्यारो हुन्छ । 

नेपालको अर्थतन्त्र कमजोर छ अब यति सानो बजेटमा कसरी एआइको प्रयोग सम्भव छ ? 
एआइको विश्वव्यापी सञ्जाल जति ठुलो भयो त्यती नै यसका एक्युरीसी बढ्ने भएकाले नेपाल सरकारले चायो भने चै आफंैले इन्भेस्ट गर्नुपर्छ जस्तो मलाई लाग्दैन । नेपाल सरकारले निष्पक्ष भएर संयुक्त अन्तर्राष्ट्रिय अन्तरगतको (युनेस्को) भन्ने संस्था छ । युनेस्को एआइ सम्बन्धि एउटा पोलिसी छ । अन्तर्राष्ट्रिय डोमेनहरुलाई फलो गरेर एआइको सरकारले प्रयोग गर्न सक्छ भन्ने छ । धेरै डोमेनहरु पनि छैन । पारदर्शिता डेमोक्रेसिका अन्तर्राष्ट्रिय मान्यतहरु, मानव अधिकारका कुराहरु छन्, समावेशीका कुराहरु छ । यस्ता चार पाँचवटा कुराहरु युनेस्कोले अकिंत गरेको छ । त्यसलाई  फलो गर्यो भने नेपाल सरकारले एआइमा गर्ने लगानी प्रर्याप्त पाइछ इन्टरनेशनल ग्रान्डहरु अझै पाउछ । युनेस्कोको नेपाल पनि एउटा हस्ताक्षरकर्ता हो । नेपाल छँदै छ भने त्यसलाई फलो नगर्ने किन ? फलो गर्दा सक्ने कम्पनीहरुले, राष्ट्रहरुले हामी जस्ता अल्पविकसित मुलुकहरुलाई सहयोग गरेर एआईको प्रयोगलाई अगाडी लिएर जानलाई सहयोग गर्छन । यो आर्थिक समस्या चै हुँदैन ।  

एआईको मुख्य चूनौतिहरुसँगै लाभहरु के के छन् ? 
नेपाल जस्तो देशको चुनौति भनेको आइटि क्षेत्रमा चाहीं नीजि क्षेत्र पनि परिपक्व छैनन् । ठुला लगानीकर्ता पनि आइसकेका छैनन् । सरकारले पोलिसी पनि एक्ज्याक्ट नभएकाले जसले काम गरिरहेका छन् । उहाँहरु पनि लुकिछिपी काम गर्नुपर्ने अवस्था छ । यही २०२५ मा नै नेपालको फस्ट इन्डस्ट्री आइटी क्षेत्र क्षेत्र हुनेमा चाहीं कसैले रोक्दैन । एक खर्वभन्दा माथिको आइटी उद्योग भइसकेको छ । लुकिछिपी भएपनि भइरहेको छ । कृषि, पर्यटन भन्दा पनि आइटी क्षेत्रले उछिनिसकेको छ । चुनौतीमा चाहीं गोपनियताका कुराहरु र नेपाल सानो मुलुक भएपनि यहाँ धेरै जातीय विविधता छ । भाषिक विविधता छ । लैङगिक असमानता छ । महिला र पुरुषको सांस्कृतिक विविधताको समाज छ । यस्ता विषयहरुलाई एआईमा समावेश गर्न हामीलाई चुनौति हुन्छ । अर्काै चुनौति भनेको नेपाल सरकारले डेटामा बनाएका पोलिसीहरु कार्यन्वयन हुन्छ । डेटा वाहेकका पोलिसीहरु कार्यन्वयन हुँदैन । नेपालको डेटा नेपाल सरकारसँग भन्दा अरु बाहिरका ठुला कम्पनीहरुसँग नेपाल र नेपालीहरुको डेटा छ । त्यसलाई पोलिसी बनाउने बेला नेपालले उ गर्न सक्छ । लाभ चै विविध क्षेत्रमा, निजी क्षेत्रमा एआईहरु प्रयोग गरेर मुख्य लागत मुल्य घटाउन सक्छौँ । धेरै स्टाफहरुले काम गरिरहेको ठाउँमा थोरै स्टाफहरुले म्यानेज गर्न सकिन्छ । थोरै कस्टमा काम गर्न सकिन्छ । कम खर्चमा अपरेसन खर्चहरु आउन सक्छ । अर्का स्वास्थ्य क्षेत्रमा नेपालमा २०४६ सालको परिवर्तन पछि सबैभन्दा धेरै विकास भएको क्षेत्रमध्य स्वास्थ्य क्षेत्रमा पनि एक हो । किन भने त्यतिबेला हाम्रो प्रतिव्यक्ति आयु एकदमै कम थियो । अहिले  प्रतिव्यक्ति आयु बढिरहेको छ । यो स्वास्थ्य क्षेत्रमा भएको प्रोग्रेसको कारण हो । एआईलाई राम्रोसँग प्रयोग गर्योभने यसको बारेमा छुट्टाछुटै बस्नुपर्छ । स्वास्थ्य क्षेत्रमा हामी के के गर्न सक्छाँै के के गर्नुपर्छ भनेर हामीले अध्ययन गर्नुपर्छ । स्वास्थ्य क्षेत्रमा एआईको प्रयोगले दुई तीन वर्ष भित्रमा प्रतिव्यक्ति आयु ८० वर्षको हाराहारीमा पुर्याउन सक्छौँ । हाम्रोमा वातावरणको कुरा पनि आइरहेको छ । मौसम परिवर्तन, हिमाल पग्लिने कुराहरु यस्ता कुराहरुलाई एआईका टुल्सहरु प्रयोग गरेर यसको  रेसलाई घटाउन सक्छौँ । त्यसैगरी कृर्षिमा माल्थसले भने जस्तो दिन किन आएन भने टेक्नोलोजिको प्रयोगले साविक भन्दा तीन गुना भयो त्यसैगरी एआईको प्रयोगले कृषि उत्पादन गर्न  सक्छ । अर्काे कृषि उत्पादन बढाउनका साथै गाउमा बुवाले १० रुपैयाँमा बेचेको काउली माठमाडौंमा ११० रुपैयामा किनेर खानुपर्छ । त्यो बिचको ग्यापलाई पनि घटाइदिन सक्छ । त्यो ठाउमा पनि एआईले काम गर्न सक्छ । सबै सेक्टरहरुमा हाम्रो जिडिपीमा योग्दान गर्ने सबै क्षेत्रहरुमा चै एआईको अधिकतम प्रयोग गर्यो भने उत्पादन बढाउनुपर्ने ठाउँमा उत्पादन बढाउने र नास भैरहेको क्षेत्रमा हामीले कन्ट्रोल गर्न सक्छौ । त्यसको लागि चै हामीले काम गर्नुपर्छ । यसको हानी भन्दा लाभ धेरै भएको कारणले यो विश्व व्यापी भएर आएको हो । कुनैपनि चिज लाभ भन्दा हानी धेरै भयो भने त्यो विकसीत हुदैन । जस्तो हामी कोरोना माहामारी व्यहोर्नुपर्यो । त्यसमा हानी व्यापक धेरै थियो । त्यसलाई हामीले कन्ट्रोल गर्यौ । यसको नकरात्मक पक्षहरु थोरै छ र सकरात्मक पक्षहरु धेरै र लाभ धेरै हुने भएकाले एआईलाई सही रुपमा सदुपयोग गर्नुपर्छ ।     

आकांक्षा धामी /नेपाल न्यूज बैंक 

प्रतिक्रिया

सम्बन्धित