सेक्सका कुरालाई लुकाएर राख्नु हुँदैन

usha_khanal– उषा खनाल, नायिका

० तपाईको नाम विभिन्न नायकहरूसँग जोडिएर आउने गरेको छ नि ? – फिल्म खेल्दा नाम त जोसँग पनि जोडिन्छ नि । यसलाई के त्यस्तो अनौठो रुपमा लिने ?

० फिल्म निर्देशकसँगको मायाप्रेमका विषयमा भनेको नि ? – त्यस्तो केही पनि होइन । फिल्म क्षेत्र ग्ल्यामर्सको क्षेत्र हो । यहाँ सानो कुरालाई हात्ति बनाउन परम्परा छ । तपाईले भने जस्तो मायाप्रेम कुनै पनि निर्देशकसँग छैन । बोलचाल हेलोहाइ सबैसँग हुन्छ ।

० त्यसो भए तपाईका विषयमा अनावश्यक कुरा आइरहन्छ है ? – त्यस्तो पनि होइन । आफ्नो मन शुद्ध र स्वच्छ हुनुपर्छ सबै ठीक हुन्छ । बिबाद र चर्चा नेपाली कला क्षेत्रको पर्याबाची भइसकेको छ जस्तो लाग्छ ।

० तपाई ठूला फिल्मबाट सन्तुष्ट हुनुहुन्न ? – सन्तुष्ट छु ।

० त्यसो भए किन म्युजिक भिडियो खेल्नु हुन्छ त ? – म्युजिक भिडियो खेल्दैमा ठूलो पर्दाका फिल्मबाट असन्तुष्टि रहेको भन्न मिल्दैन । म्युजिक भिडियोका लागि अफर आउँछ । नाइ भन्न सक्दिन । खेल्ने गरेको छु ।

० म्युजिक भिडियोबाट कमाइ हुन्छ कि खेल्ने मात्रै हो ? – कमाइ हुन्छ । राजधानीको खर्च चल्छ ।

० त्यसो भए ठूलो फिल्मबाट पैसा पाइँदैन है ? – किन नपाउनु ? पाइन्छ ।

० फिल्ममा तपाईको अभिनय राम्रो छैन भनेर टिप्पणी पनि हुने गरेको छ के भन्नु हुन्छ ? – मेरो अहिलेसम्म थुप्रै फिल्म रिलिज भइसकेका छन् । दर्शकले मन पराइदिनुभएको छ । सायद दर्शकले मन पराएका कारण नै फिल्म निर्देशक र निर्माताहरूले मलाई खोज्ने गर्नुभएको छ । फेरि मैले फिल्ममा धेरै सिक्नु पनि छ । मानिसले जति सिके पनि कम हुन्छ ।

० तपाईको रिलिजको तयारीमा कुनै फिल्म छ ? – छ नि । ‘लाले’ भन्ने फिल्म रिलिज हुँदैछ । असार १७ गते अल नेपाल रिलिज हुनेछ । फिल्ममा म ‘सोलो’ नायिकाको रुपमा छु । यो फिल्मबाट ठूलो आशा बोकेकी छु ।

० सेक्सको बारेमा केही थाहा छ ? – कलेज पढ्दै गरेकी विद्यार्थी पनि हुँ । सेक्स र यौनका विषयमा धेरै कुरा पाठ्यपुस्तक तथा पत्रिपत्रिकामा पढ्ने र सुन्ने गरेकी छु । यसलाई गलत रुपमा लिनु हुँदैन । हाम्रो समाजमा सेक्सलाई अझै खुला रुपमा लिन सकिँदैन । तर, यसलाई लुकाएर राख्नु पनि उचित हुँदैन । यसलाई हेर्ने दृष्टिकोणमा भरपर्छ ।

प्रस्तुती : विमल योगी

प्रतिक्रिया

सम्बन्धित