एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क सात लाख
%2520(19)_mpwt49QDdV_eo2elfo4keolgrng5ohd09ymbbtgj16ebi3pywtcj2jjjempjuiqcbsrrw88_dxXMaSwq9b_lp7s8ms9go1ps5u2bldmkga2xcgnhsomzryjvufgndnkm6iexq3beyo6ie4c.jpg)
काठमाडौँ ।
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को मे ३–५, २०२५ मा काठमाडौँमा आयोजना हुन गइरहेको एकता महाधिवेशनको नेतृत्व चयनका लागि बन्ने उम्मेदवारहरूको मनोनयन दर्ता शुल्क तोकिएको छ । सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय समितिको १३ औँ बैठकले उम्मेदवार बन्नका लागि मनोनयन शुल्क निर्धारण गरेको हो ।
समितिको बैठकले अध्यक्ष पदको उम्मेदवार बन्नका लागि रु ७ लाख रुपैयाँ मनोनयन शुल्क तोकेको छ । यसैगरी उपाध्यक्ष पदका लागि ५ लाख रुपैयाँ तय गरिएको छ भने महासचिवको उम्मेदवार बन्न ४ लाख रुपैयाँ मनोनयन शुल्क तिर्नु पर्ने छ । त्यस्तै, सचिव र कोषाध्यक्ष पदको उम्मेदवारले ३–३ लाख रुपैयाँ तिर्नुपर्ने निर्णय भएको उच्चस्तरीय समितिकी सदस्यसचिव जानकी गुरुङले जानकारी दिइन् । यसैगरी, सह कोषाध्यक्षदेखि संयोजक पदका उम्मेदवारको शुल्क रु २ लाख निर्धारण गरिएको छ भने उप संयोजकदेखि आइसिसी सदस्य बन्नका लागि एक एक लाख रुपैयाँ उम्मेदवारी दर्ता शुल्क तोकिएको पनि सदस्य सचिव गुरुङले बताइन् ।
उच्चस्तरीय समितिले यसअघि नै ३ सदस्यीय निर्वाचन समिति गठन गरी सकेको छ । वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे संयोजक रहेको समितिमा सेवानिवृत्त मेजर डमर घले र अधिवक्ता आशिष उप्रेती सदस्य रहेका छन् । निर्वाचन समितिलाई उच्चस्तरीय समितिले सदस्यता र डेलिगेट्सको सूची बुझाएपछि औपचारिक काम अघि बढाउने जनाइएको छ । यसैगरी, निर्वाचन समितिलाई सहजीकरण गर्नका लागि आवश्यक कार्यविधि (टिओआर) पनि एक साताभित्र बनाउने बैठकले निर्णय गरेको छ ।
सर्वोच्च अदालतको परमादेशद्वारा गठित उच्चस्तरीय समितिले सदस्यता वितरणको समय एक साता थप गरेर अप्रिल ७ तारिखसम्म पु¥याएको छ भने डेलिगेट्स (प्रतिनिधि) बन्नका लागि अप्रिल १ देखि २२ सम्म निवेदन दिन समय सीमा तोकेको छ । काठमाडौँमा डेलिगेट्स बन्नका लागि भने १ सय डलर वा सो बराबरको नेपाली रकम बुझाउनु पर्ने छ ।
एमआइस सिस्टममा पहुँच नपाएपछि उच्चस्तरीय समितिले आफ्नै वेबसाइटमार्फत सदस्यता आह्वान गरेको हो । उक्त वेबसाइट धधध.लचलबजअि.अयm मा गएर एनआरएनएका आजीवन सदस्यहरूले पनि अनिवार्य दर्ता गर्नु पर्ने व्यवस्था गरिएको उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेले जानकारी दिए ।
%2520(4)_cdB5xbRty1_mgjktwtuugtsrxf4oqo9jqsgcwqxuac8kb2ezn96reeo2bmxvsgygiafil2o_wCvtNsl05F_b5elkpeyamue7vtgbdjbfu5tulynijoowmxhxqt9ig1kjsyaxkeyy0gxgbix.jpeg)
२१ जनाको टोलीसहित प्रधानमन्त्री ओली थाइल्याण्डतर्फ

सांसद दीपक बोहराको निधन
%2520(1)%2520(4)_dQ6LGhDGjV_glag3twqyme2ah3fer19z5cdgifmfyvcphjpkrr4oxsuyuodxpounomfhezv_RCBiB2cn2R_vuz80luugqo5wrsmugjv4chaoylwapje6og1mbhh10byijcoykbtzhr9pcrm.jpg)
त्रिचन्द्र क्याम्पसमा स्ववियूको निर्वाचन आज हुँदै
_2bxvklqOVu_kxnzqmu6mmoihcfiva0rplegdwqxc3vwe1juco57hnu5e5z8ngcibprvmhhj_aFL7OlGokH_8ute6nzloufpwuucva1supsllefv3ezgj0rayipsnjajblxpkyu7jqswmpmw.jpg)
प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा आज जाँदै
%2520(3)_QU6G599j9L_h0a1cobxsnttci0bkr7ch2gnjdfktmjcxaw9dfbgrls6sqicheuh2egbjzrk_yFm8McVMH0_ru3j1uwk5rrhl66axypo11modglvx3nrvfgqlrpf3td3dbptnyrfnulirpsv.jpg)
प्याब्सनले सार्वजनिक गर्यो १३ बुँदे कार्ययोजना
%2520(18)_N8f7U2N2Ib_kod8ig3tmsks1miuxvbqef5svuzdoioxesfnpllvbbriabfmsumeuzdberrk_Qqi8hQ1WCG_mtvpdt3ub8i61k2fhytsyecjryuw77tff4oh4ofsd49w6hzssqopxnoh3wg5.jpg)
प्रधानमन्त्री ओली र सभामुखद घिमिरेद्वारा ईदको शुभकामना

मजदुर संगठनहरुले हानलाई बुझाए ध्यानकर्षण पत्र, अभियानात्मक कार्यक्रम सार्वजनिक

प्रतिक्रिया