बुढीगण्डकी प्राधिकरणलाई जिम्मा लगाउने सरकारको निर्णय

काठमाडौं : सरकारले चिनियाँ कम्पनी गेजुवा ग्रुपबाट फिर्ता लिएको बुढीगण्डकी जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणलाई निर्णय गरेको छ । सरकारले नेपाली लगानीमा नै बनाउने भन्दै गेजुवाबाट बुडीगण्डकी फिर्ता लिएको थियो । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले बुढीगण्डकी आयोजना नेपाल विद्युत प्राधिकरणलाई बनाउन दिने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकपछि ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जा मन्त्री कमल थापाले १२ सय मेगावाटको बुढीगण्डकी आयोजना स्वदेशी पुँजी मै निर्माण गर्ने निर्णय भएको जानकारी दिए । पत्रकार सम्मेलनमा मन्त्री थापाले बुढीगण्डकी आयोजना स्वदेशी लगानी र स्वदेशी प्रविधि प्रयोग गरेर बनाइने बताए । यसका लागि १५ दिनभित्र एक समिति निर्माण हुने र उसले दिएको रिर्पोटका आधारमा काम थालिने मन्त्री थापाको भनाइ छ । यसअघि प्रचण्ड नेतृत्वको सरकारले चिनियाँ कम्पनी गेजुवा ग्रुपलाई बूढीगण्डकी आयोजना निर्माणको जिम्मा दिएको थियो । पूर्ववर्ती सरकारको निर्णय उल्ट्याउँदै दुई साता पहिले देउवा सरकारले गेजुवाको अनुमति खारेज गर्ने निर्णयपछि जनस्तरबाट देउवा सरकारको आलोचना भइरहेको थियो । पहिलो चरणको निर्वाचनको मौन समय सुरु भएका बेला बसेको मन्त्रिपरिषद बैठकले बूढीगण्डकीबारे निर्णय गरेको हो

प्रतिक्रिया

सम्बन्धित