रणभुल्लमा प्रचण्ड

kumar bhandariकुमार भण्डारी सत्तारुढ प्रमुख घटक एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो राजनीतिक घटनक्रममा आफुले खेलेको भूमिकाबाट आफै दोधारमा परेका छन् । गत साता आफै सत्तामा बसेर आफ्नै सरकार ढाल्न उद्धत एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले २०५१ सालको आमनिर्वाचनपछि बनेको हङ पार्लियामेन्टको समयमा तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद कमल थापाले खेलेको ‘राजनीतिमा मुसा प्रबृत्ति’ लाई दुई दशकपछि दाहालले झझल्को दिएका छन् । कहिले सकारको कट्टर बिरोधी हुने त कहिले काँध थापेर हिँड्ने प्रचण्ड प्रबृत्तिबाट बिपक्षी दलका नेताहरुले उनलाई धोकेबाज त भन्ने नैं भए । त्यतिमात्र होइन, उनकै दलका शीर्ष तथा प्रभावशाली नेताहरुले समते आपत्ति जनाउन थालेका छन् । दाहालको भूमिकाबाट उनी न एमालेको बिश्वाशिलो सहयात्री बन्न सक्छन न त कांग्रेसको भरोसायोग्य मित्र नैं । एमाले नेतृत्वको सरकारमा बसीरहेमा आफुहरु जेल जान सक्ने भन्दै एमाओवादी महासचिव कृष्णबहादुर महराले दिएको अभिव्यक्तिले प्रचण्डलाई सरकार छाड्न दबाब दिएको पाइन्छ । तर, आठ भाई एमाओवादी केन्द्रीय सदस्यहरुले केपी ओली नेतृत्वको सरकारमा पाएको मन्त्रीको जागिर त्यति सजिलै छाड्न चाहेनन् । जसका कारण सरकार छाड्ने कि बस्ने भन्ने दोधारमा परेका दाहाल अन्ततः सत्ताको स्वादको कल्पना गर्दै सत्ता आरोहणको सिँढी नभत्काउने निष्कर्षमा पुगे । जसले गर्दा सत्तासाझेदार दल एमाले उनीमाथि शसंकित बनेको छ । एमाले दाहालसँग सशंकित भएको छ भने नयाँ सत्ता समिकरण गर्न खोज्ने दल नेपाली कांग्रेस तर्सिएको छ । जसले गर्दा एमाओवादी न एमालेको बिश्वासिलो सत्ता साझेदार बन्यो न त कांग्रेसको भावि सहयात्री नैं । व्यवस्थापिका संसदको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवाले ओली नेतृत्वको सरकारलाई म्यादी सरकारको उपमा दिएका छन् । देउवाको सो टिप्पणीलाई बुधबार नैं

PRACHANDA_NEPAL_268477eसंसद बैठकमा प्रचण्डले भने ‘२०४८ सालपछि बनेका नेपालका सबै सरकारहरु म्यादी हुन् ।’ प्रचण्डको यो अभिव्यक्तिबाट उनले देउवाको समर्थन गरेका हुन वा ओली सरकारको भन्ने स्पस्ट छैन् । फुटेर अलग अलग मोर्चामा बिभाजित एमाओवादीबीच एकताको चर्चा चलिरहँदा दाहालले कहिले एमाले सरकारमा बसिरहने प्रतिबद्धता व्यक्त गर्छन् भने कहिले यसलाई दुई साता मात्र राखेर आफै प्रधानमन्त्री बन्ने तयारीमा छन् । प्रचण्ड आगामी दुई सातापछि ओलीले सत्ता नदिए के गर्ने भन्ने द्विबिधामा परेका छन् । प्रचण्डको बोलीको कुनैं बिश्वास नहुने भन्दै कांग्रेसले पनि एमाओवादीसँग भन्दा एमालेसँग सहकार्य गर्ने कि भन्ने बिकल्प खोज्न थालेको छ । जसले गर्दा आगामी जेठ दोस्रो साता सत्ता परिबर्तन हुने र प्रचण्डलाई सजिलै सत्ताको साँचो ओलीले सुम्पने सम्भावना कम छ । त्यसैले प्रचण्ड यतिबेला आफुलाई शक्तिशाली बनाउन फुटेका माओवादी जोड्ने रणनीतिमा छन् । तथापी प्रचण्डको बारम्बारको परिबर्तित व्यवहारलाई एकिकरणपछि उपाध्यक्ष भएर आउने मोहन बैद्य नेतृत्वको माओवादी नेता रामबहादुर थापा बादलले पनि रामै्रसँग चिनेका छन् । तसर्थ, सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति असहमति जनाए पनि सत्ता भने नछोड्ने दाहालको व्यवहारबाट सत्तामा रहेको एमाओवादी नेता त खुसी नैं छन् । तर, व्यवस्थापिका संसदमा पनि नपरेका बैद्य माओवादीबाट आउने नेताहरु मात्र होइन, हाल एमाओवादी भित्रकै शक्तिशाली नेताहरु महासचिव कृष्णबहादुर महरा, सचिव बर्षमान पुन, पोलिटव्युरो सदस्यहरु गोपाल किराँती, जनार्दन शर्मा, केन्द्रीय सदस्यहरु गोपाल किराँती पनि प्रचण्डको बिरुद्ध मोर्चाबन्दीमा लागेका छन् । त्यसलै आफुले प्रधानमन्त्री पाउने स्वार्थमा मन्त्री भएर गएका आफ्ना सदस्यलाई किनारा लगाउने प्रचण्ड यतिवेला दोधारमा छन् । ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सिन्छ’ भने झैं एमाओवादीको व्यवहारबाट संसदका पू्मुख दलहरु कांग्रेस र एमाले तर्सिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित