तेहरी होइन खोरङ्गा हेर

कुमार भण्डारी kumar bhandariकम्युनिष्ट प्रधानमन्त्री भएर पनि मनलाग्दी जथाभावी भाषण गर्ने र उद्घाटन अनि औपचारिक समारोहमा अन्य व्यक्तिलाई छेडछाड गर्दै उखन तुक्का मिश्रित अभिब्यक्ति दिन खप्पिस केपी शर्मा ओलीले यस पटक भारतमा नाटकै देखाए । उनले भारतको गुजरातमा भूकम्पपछिको पुननिर्माण र तेहरी वाँधको निरिक्षण गर्न गए । त्यो पनि भारतको औपचारिक भ्रमणको बेला भारत भ्रमणको केही पनि एजेण्डा छैन भनेर पत्रकार सम्मेलनमा बोल्ने ओलीको बोली वाँध निरिक्षण, शहर निरिक्षण र भोज भतेरमै भ्रमणलाई सीमित गरेका छन् । उनले आफुलाई प्रधानमन्त्रीको रुपमा भन्दा पनि एउटा नेपालबाट भारत गएको पर्यटकको रुपमा प्रस्तुत भए । उनले भारतले बनाएको तेहरी वाँधको निरिक्षण मात्र गरेनन् । त्यसबाट प्रेरणा समेत मिलेको धारणा राखे । कस्तुरीले बास्नाको खोजीमा भैंतारिएर हिँड्ने तर आफ्नो नाभीबाट बासना छरिएको थाहा नपाएने भने झैं ओलीलाई नेपालमा पनि तेहरी जस्ता जलबिद्युत आयोजना छन भनेर थाहा नहुनु एउटै हो । तेहरी वाँध किन र कसरी सम्भव भयो भन्ने कारण खोजेमा मात्र ओलीको भ्रमणको उपलब्धी हुन्छ । नत्र पर्यटन प्रबद्र्धन गर्न ओली भारत गएको ठहर्छ । प्रधानमन्त्रीज्यू तेहरी वाँधको गुणगान होइन, आफु जन्मिएको जिल्ला तेह्रथुमको खोरङ्गा खोला जलबिद्युत आयोजनाको हालत हेर्न पहिले तेह्रथुम जानुस । अनिमात्र थाहा हुन्छ, विकास कसरी सम्भव हुन्छ भनेर । के खोरङ्गा खोला जलबिद्युत आयोजना तेहरी वाँध भन्दा कमजोर छ र ? भारतको तेहरी वाँध जस्तै खोरङ्गा खोला जलबिद्युत आयोजना पनि हुन सक्छ । तर त्यसको बाधक को हो ? कारण खोज्नुस प्रधानमन्त्रीज्यू, नेपाली जनताको भोको पेट भर्न र नांगो आग छोप्न तपाइँका भाषण फिका सावित हुन्छन् । प्रधानमन्त्रीकै मातहतमा रहेका सरकारी निकायले तेहरी जस्ता जलबिद्युत आयोजना बन्न र बनाउन दिएका छैनन् भन्ने थाहा पाउनु पर्छ । उद्घाटन र भाषणले तेहरी वाँध सम्भव भएको होइन् । खोरङ्गा खोला जलबिद्युत आयोजना जस्ता दर्जनौं आयोजनाको बाधक सरकारकै उर्जा मद्यन्त्रालय, बिद्युत बिकास बिभाग, नेपाल बिद्युत प्राधिकरण, वाताबरण मन्त्रालय होइन र ? के ति निकालले कुनैं पनि जलबिद्युत आयोजनाले सबै मापदण्ड पुरा गरेकै आधारमा त्यस्ता आयोजना निर्माण हुन दिन्छन त ? पहिले सोध्नुस प्रधानमन्त्रीज्यू, उर्जा मन्त्री र सचिवलाई, प्राधिकरणका कार्यकारी निर्देशक र बिद्युत बिकास बिभागका प्रमुखलाई के उनीहरुले आर्थिक नजरना ग्रहण नगरी कुन जलबिद्युत आयोजना निर्माण गर्न दिएका छन् । अनि यस्ता धेरै जलबिद्युत आयोजनाका लगानीकर्ताको गुनासो के प्रधानमन्त्रीज्यु सुन्न सक्नु भएको छ । सुन्नु भएको छ भने समाधान गर्ने क्षमता राख्नु हुन्छ ? सक्नु हुन्छ भाषण गर्नुस नत्र हवाई गफ अब तपाईँका अन्धभक्तले त सुन्लान तर स्वभिमानी नेपालीलाई फुर्सद छैन् ।

प्रतिक्रिया

सम्बन्धित