'एमाले र माओवादीलाई हराएर मलाई न्याय दिनुस्'

काठमाडौं । एक पीडित महिलाले आफ्नो श्रीमानका हत्यारा अग्नि सापकोटालाई भोट नदिन आग्रह गरेकी छिन् ।

माओवादी सशस्त्र युद्धका क्रममा ज्यान गुमाएका अर्जुन लामाकी पत्नी पूर्णिमा लामाले आफ्नो श्रीमानकाे हत्या सापकोटाको निर्देशनमा गरिएको भन्दै एमाले र माओवादी केन्द्रको कम्यूनिष्ट गठबन्धनलाई भोट नदिन आग्रह गरेकी हुन् ।

अर्जुनको ०६१ सालमा काभ्रेमा शंकाकै भरमा तामाङ गाउँहरुमा घुमाएर सापकोटाकै निर्देशनमा हत्या भएको थियो ।

आदिवासी जनजातिका लागि लडेको माओवादी पार्टीका नेताले यसरी अर्जुनको हत्या गराएपछि अहिले बदला लिने मनस्थितिमा जनजातिहरु रहेका छन् । एमाले र माओवादीको गठबन्धनलाई भोट नदिन पूर्णिमाले सार्वजनिक अपिल गरेकी हुन् ।

उनले सार्वजनिक अपिलमा भनेकी छिन्, ‘म १५ वर्षदेखि न्यायको माग गर्दै आइरहेकी छु, तर न्याय पाइन, यही मौका हो एमाले र माओवादीलाई हराएर मलाई न्याय दिने, मलाई न्याय दिनुस् ।’

प्रतिक्रिया

सम्बन्धित