ओलीले एक तिहाई बोलेर दुई तिहाई सुने राम्रो

liladaiलिलाराज खनाल / मु्लुक यतिबेला चौतर्फी समस्याबाट प्रताडित बनेको छ । करिब १० अहिनाअघि गएको महाभूकम्प र त्यसले पारेको असरको पीडालाई नेपालीले सहन गरिहरहेको बेला नेपाल भारत सीमामा भएको अबरोधले जनता झन पीडित बनेका छन् । यस्तो समस्यालाई समन गर्न र सम्बोधन गर्न राज्यको उच्च ओहोदामा बसेका ब्यक्ति जिम्मेवार भएनन भने दु्ःख जनताले मात्र होइन राष्ट्रले नैं पाउँछ ।

  करिब पचास लाख बढी नेपाली जनता भूकम्पबाट घरबारबिहीन र परिवारबिहिन अवस्थामा हिउँदको चिसोसँग पौठेजोरी खेलेर जीबन गुजारीरहेका छन् । तर, मुलुकका प्रधानमन्त्री ओली भूकम्प पीडितको ‘लगलग कमाई’ र कठ्याँग्रिएको जाडोमा एकसरो लुगा, कम्वल र १५ हजार रुपैयाँ बितरण गर्न सक्र्दैनन् । अनि भाषण गर्दै हिंड्छन ‘अब नेपाली जनताका दुःखका दिन गए, घर घरमा पाईपबाट ग्याँस बितरण गरिनेछ, विजुलीबाट सवारी चल्नेछन् ।’

 प्रधानमन्त्री ओलीले यतीमात्र होइन् भूकम्पपीडितलाई घर बनाउन पहिले दुई लाख र पछि तीन लाख रुपैयााँ अनि २० लाखसम्म ऋण उपलब्ध गराउने भन्दै आश्वासन दिइरहेका छन् ।  तर, भूकम्पपीडित जनतालाई प्रधानमन्त्रीका त्यस्ता तिलस्मी, आडम्बरी, हावादारी र काल्पनिक अनि कर्णप्रीय भाषणले कहिँ कतै छोएको छैन । पीडित जनतालाई प्रधानमन्त्रीको त्यस्तो भाषण र क्रियाकलापले मात्र छुने छ, जतिबेला पीडित जनताले जाडोको अन्त्य हुने बेलासम्म भएपनि सरकारले उपलब्ध गराएको १५ हजार पाउने छन अनि न्यानो लूगा पाउने छन् ।

 नत्र ओलीका कर्णप्रीय, आदर्श बाणी र महत्वकांक्षी योजनाले नेपाली जनतालाई कहीँ कतै छुने छैन । प्रकृतिले नैं हामीलाई एउटा मुख र दुई वटा कान र दुई वटा आँखा दिएका हुन् । त्यसैले प्रधानमन्त्री ओलीले पनि प्रकृतिको देन अनुसार नैं एक तिहाई बोलेर दुई तिहाई सुने राम्रो हुन्छ ।

  अनि एक तिहाई बोलेर दुई तिहाई आँखाले हेरर मनन गरे हुन्छ । बालुवाटारको महलमा बसेर भूकम्पपीडितको खुल्ला आकासमुनिको बासको अनुभव लिन सकिदैन । तसर्थ जनताको प्रतिनिधि भएको नाताले ओलीले जनताको मर्म, दुख र भावनालाई पनि बुझ्न सक्नु पर्छ । तसर्थ कुरा कम, काम बढी गरेमा नैं प्रधानमन्त्री ओलीको मर्यादा, मान, सम्मान र नाम अझ उँचो हुने थियो ।

प्रतिक्रिया

सम्बन्धित