अनलाईनबाटै प्राविधिक समस्याको समाधान गर्न सकिन्छ

dipak aliance s

कम्प्युटर तथा ल्यापटपको मर्मत संभारमा नेपालमा नै पहिलो पटक नयाँ प्रविधि भित्र्याएको एलाइन्स ल्यापटप रिपेयरिङ एण्ड ट्रेनिङ सेन्टरका कार्यकारी अधिकृत दिपक पोखरेल नेपालमा दक्ष जनशक्तिको खाँचो रहेको बताउनु हुन्छ । अन्य कम्पनीहरुको तुलनामा गुणस्तरिय सेवा प्रदान गर्दै एलाइन्सले दक्ष प्राविधिक र अत्याधुनीक मेसिनद्धारा सेवा प्रदान गरिरहेको छ । आफूले खोजेको जस्तो पढाई नेपालमा सम्भव नभएर भारत तथा अन्य देशमा गएर पढ्न बाध्य भएको बताउने पोखरेल अन्य नेपालीहरुले यस्तो बाध्यता भोग्नु नपरोस भन्दै एलाइन्सको स्थापना गरेको दावी गर्नुहुन्छ । एलाइन्सले अन्य ट्रेनिङ सेन्टरले भन्दा फरक शिक्षा दिने तथा अन्य रिपेयरिङ सेन्टरले भन्दा सस्तो र सुलभ तरिकाले कम्प्युटर र ल्यापटपको मर्मत गरी समस्याको समाधान गर्दै आएको छ । ट्रेनिङ तथा मर्मतमा सहयोग पु-याउनका लागि कार्यकारी अधिकृत पोखरेलले ‘ल्यापटप कम्प्युटर सोलुसन’ र ‘मोबाइल सफ्टवेयर हार्डवेयर’ नामक दुईवटा किताव पनि प्रकाशनमा ल्याउनु भएको छ । यिनै विविध विषयमा mynewsnepal.com का लागि कुमार भण्डारीले पोखरेलसँग गरेको कुराकानी :

दिपक पोखरेल, कार्यकारी निर्देशक – एलाइन्स रिपेयरिङ एण्ड ट्रेनिङ सेन्टर

० एलाइन्स ल्यापटप रिपेयरिङ एण्ड ट्रेनिङ सेन्टरले अहिले के–के काम गर्दै आएको छ ? – नेपालमा इलेक्ट्रोनिक्स सामानहरु जस्तै ल्यापटप, कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, मोवाइललगायतका सामानहरुको मर्मत तथा विक्री वितरणका लागि आजभन्दा झण्डै पाँच वर्ष अघि स्थापना भएको संस्था हो एलाइन्स । यतिमात्र होइन एलाइन्सले ल्यापटपको चिप लेवल तथा सर्किट लेवलसम्बन्धि तालीम पनि दिने व्यवस्था नेपालमै पहिलो पटक भित्र्याएको हो । अहिले पनि एलाइन्समा धेरै विद्यार्थीहरुले कक्षा लिइरहनु भएको छ । एलाइन्स भनेको एउटा यस्तो संस्था हो जहाँ विद्यार्थीहरुलाई सम्बन्धित विषयमा दक्ष बनाइन्छ र आत्मनिर्भर हुनका लागि सहयोग गरिन्छ ।

० नेपालमा नै पहिलो पटक कम्प्युटर बनाउने प्रविधि भित्रयाएको छु भन्नुहुन्छ, के हो त्यस्तो प्रविधि ? – नेपालमा कम्प्युटर बनाउने पसलहरु धेरै छन् तर, एलाइन्सले एउटा यस्तो प्रविधि भित्र्याएको छ, जसमा विजे मेसिन, बायस प्रोगामरहरु, सिआरओ मेसिनहरु छन् । जसको मद्दतले आइटीका सामानहरुलाई परिवर्तन गर्ने होइन की त्यसलाई मर्मत गर्न सकिन्छ । तर, यहाँ विग्रियो कि त फेर्नै पर्छ भन्ने गरिन्छ तर, म त्यसलाई मान्दिन । हामी ती मेसिनको मद्धतले मर्मत गरी पुनः सञ्चालनमा ल्यउन पहल गर्छौं । त्यसैले मैले यस्तो प्रविधि भित्रयाएको हुँ । हाल बजारमा २–३ लाखका ल्यापटपहरु आएका छन् । यदि तिनीहरु विग्रीए भने त्यसलाई कम रुपैयाँ खर्च गरेर बनाउन सकिन्छ भन्ने नै मेरो भनाई हो । तर, यहाँ त सामान नै फेर्नुपर्छ भन्ने मान्यता छ । यसका लागि म आफै भारतलगायतका अन्य देशमा गएर तालिम लिएर आएको छु । एलाइन्समा विदेशबाट आएका दक्ष प्राविधिक र शिक्षकहरुद्धारा कक्षा सञ्चालन हुँदै आएको छ ।

० अध्ययनका लागि किन विदेश नै पुग्नु भयो त ? – मैले यहाँ पनि सिक्न नखोजेको भने होइन । यहाँ पनि ‘सकिर्ट लेवल’ ल्यापटप, डेक्सटप, नेटवकिर्कलगायतका बारेमा शिक्षा लिनका लागि काठमाडौंको धेरै इन्स्टिच्युटहरु धाए । तर, मैले खोजेको विषयमा पढ्न नपाएपछि विदेशिन बाध्य भए ।

० तपाई कसरी यो व्यवसायमा प्रवेश गर्नुभयो ? – नेपालमा कम्प्युटर इन्जिनियरिङ सके लगत्तै इलेक्ट्रोनिक सम्बन्धि तालिम लिन भारतको नयाँ दिल्ली पुगे । त्यसपछि ल्यापटप तथा नेटवर्किङ सम्बन्धि चिप लेवल र एड्भान्स लेवलको ट्रेनिङ पनि दिल्लीमा नै लिए ।  ३ वर्षको अध्ययन र दुई वर्षको अनुभव पश्चात नेपाल फर्कें र काठमाडौंको पुतलीसडकमा एलाइन्सको स्थापना गरेको हुँ ।

० एलाइन्सको मुख्य उद्देश्य के हो ? – एलाइन्सको मुख्य उद्देश्य भनेको नेपाली युवाहरुलाई दक्ष बनाएर वेरोजगारीको समस्याबाट केही हदसम्म भए पनि कम गर्नु नै हो । र, अर्को कुरा जुन समस्या मैले नेपालमा भोग्नु प-यो, जहाँ मैले खोजेको विषयमा अध्ययन गर्न पाइन, त्यो अवस्था अबका युवाहरुमा नदोहोरियोस् भन्नका लागि नै एलाइन्सको स्थापना भएको हो । जब मैले चिप लेवलको तालिम लिए तब मलाई थाहा भयो कि एकेडेमिक शिक्षा भन्दा पनि व्यवहारीक शिक्षाको खाँचो पर्दो रहेछ । मैले चिप लेबलको तालिम पश्चात नै एलाइन्सको स्थापना गरी एकेडेमिक शिक्षासँगसँगै व्यवहारीक शिक्षालाई पनि अगाडि बढाइरहेको छु । जसले गर्दा रोजगारीकै लागि भनेर म जस्तै गरी अवका युवाहरु भौतारिरहनु नपरोस् ।

० एलाइन्स र अन्य ट्रेनिङ तथा मर्मत सेन्टरमा के फरक छ ? – एलाइन्समा पढिसकेपछि त्यहि विषय अन्य ठाउँमा गएर पढ्नु नपरोस भन्ने एलाइन्सको मान्यता हो । त्यसकारण एलाइन्सले प्रयोगात्मक तरिकाबाट कक्षा सञ्चालन गर्दै आएको छ । आवश्यक सामान तथा औजारहरु पनि एलाइन्समा भएकाले विद्यार्थीहरुले आफै प्रत्यक्षरुपमा सिक्ने अवसर पाउँछन् । अन्य ट्रेनिङ तथा मर्मत सेन्टर र एलाइन्सबीचमा फरक देखाउने भन्दा पनि एलाइन्सले गर्दै आएको काम महत्वपूर्ण हुन्छ । एलाइन्समा अध्ययन गर्ने विद्यार्थीहरुले पूर्ण ज्ञान लिन सक्छन् भने उहाँहरु सन्तुष्ट पनि हुनुहुन्छ । । रिपेयरिङका लागि एलाइन्ससम्म आइपुग्नु भएका ग्राहकहरुलाई हामीले अत्याधुनीक मेसिनको प्रयोगबाट समस्याको तुरुन्त समाधान गरी समयमा नै सेवा प्रदान समेत गर्दै आएका छौं ।

० मर्मत र ट्रेनिङ  बाहेक एलाइन्सले अन्य के काम गर्दै आएको छ ? – एलाइन्सले मर्मत र ट्रनिङमात्र होइन नेटवकिर्क सम्बन्धि ज्ञान पनि दिइरहेको छ । एलाइन्सले सानो समस्यामा पनि धेरै पैसा लगानी गर्नु पर्ने बाध्यतालाई ध्यानमा राखेर दक्ष इन्जिनियर खटाई विभिन्न बैंक तथा कार्यालयहरुमा एएमसी सर्भीस प्रदान गर्दै आएको छ । कम्पनीले सस्तो मूल्यमा ल्यापटप तथा कम्प्युटरका सामानहरुको समेत विक्री वितरण गर्दै आएको छ । एलाइन्सले सानो समस्याको लागि पनि ट्रेनिङ सेन्टर जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै अनलाईनको माध्यमबाट नै समस्या समाधान गर्दै आएको छ । विद्यार्थीहरुले स्थापना गरेको मर्मत तथा रिपेयरिङ सेन्टरमा पुगेर म आफैले पनि समय दिएर उनीहरुलाई सहयोग गर्दै आएको छु । समस्याको बारेमा प्रत्यक्ष भेट हुन नसकेमा जसले मलाई अनलाईबाट सोध्नुहुन्छ मैले उहाँहरुलाई मिलेसम्म अनलाईनबाट नै समाधान गर्ने उपाय बताउँदै आएको छु ।

० एलाइन्सका अन्य विशेषताहरु के–के हुन् ? – यसको विषेशता भनेको लाइभ रिपेयरिङ, मेसिनलाईजेसन सिस्टम, विद्यार्थीलाई दक्ष बनाउन सहयोग पु-याउने, देशव्यापी रुपमा सेवा दिने तथा १० मिनेटमा ल्यापटपको समस्या पत्ता लगाई २४ घण्टाभित्र सर्भिस प्रदान गर्ने नै हो । अर्को महत्वपूर्ण कुरा भनेको राजधानी बाहिरबाट आएका तर, पूर्ण रुपमा काम गर्न नसकेका विद्यार्थीको लागि पनि एलाइन्सले सर्किट लेबलको १५ देखि एक महिने तालिम पनि प्रदान गर्दै आएको छ । उनीहरुलाई बस्नका लागि होस्टलको पनि व्यवस्था गरेको छ ।

० ‘चिप लेवल’ को ट्रेनिङ लिन कति समय लाग्छ ? – ल्यापटप, डेक्सटप र नेटवकिर्ङमा ‘चिप लेवल’ गर्ने हो भने ६ महिना लाग्छ ।

० ‘ल्यापटप कम्प्युटर सोलुसन’ र ‘मोबाइल सफ्टवेयर हार्डवेयर’ किताव प्रकाशित गर्नुको उद्देश्य के हो ? – बजारमा यस सम्बन्धि उपयुक्त कितावहरुको अभाव र किताव पढेरै पनि यस क्षेत्रमा लागिरहेका व्यक्तिहरुले काम गर्न सकुन भन्नका लागि नै मैले ‘ल्यापटप कम्प्युटर सोलुसन’ र ‘मोबाइल सफ्टवेयर हार्डवेयर’ किताव प्रकाशित गरेको हुँ । जसको माध्यमबाट सानो विषयमा ज्ञान लिनका लागि टे«निङ सेन्टर धाउनुपर्ने बाध्यताबाट उनीहरु मुक्त हुन्छन् भन्ने आशा लिएको छु । नेपाली र अंग्रेजी दुबै भाषामा प्रकाशित भएको यस पुस्तकबाट अर्ध ज्ञान भएकाहरु बढि लाभान्वित हुने मैले बुझेको छु ।

० नेपालमा आउने इलेक्ट्रोनिक तथा आईटीका सामानहरु कमशल र छिट्टै विग्रिने हुन्छन् भनिन्छ नि ? – नेपालमा आएका सामानहरु एकदमै कमशल हुन्छन् र विग्रिहाल्छन् भन्ने चांहि होइन । तर, अन्य देशमा पठाउने सामान र नेपाल ल्याउने सामानमा फरक चै पक्कै हुन्छ । बनाउने प्रविधि एउटै हो तर नेपाली जनता नै गरिविको रेखामुनी भएकाले सस्तो सामानहरु नेपाल भित्र्याइन्छ । यहाँ अमेरिका, जापान, अष्ट्रेलिया, वेलायतलगायत देशहरुबाट ल्यापटप किनेर ल्याउने नेपालीहरु पनि छन् ।

० ग्राहकले ढुक्क भएर मर्मत तथा रिपेयरिङ सेन्टरमा सामान छोडने वातावरण छैन नि होइन् ? – हो, कतिपय रिपेयरिङ सेन्टरहरुमा अझैपनि बनाउन लैजादा सामानहरु परिवर्तन गरिदिने गरेको मैले पनि सुनेकै हो । त्यसकै विकल्पको रुपमा मैले एलाइन्सको स्थापना गरेको हुँ, जहाँ तुरुन्तै ग्राहककै अगाडी समस्याको समाधान गराइन्छ । यदि तत्कालै समाधान गराउन नसकेको अवस्थामा हामीले प्रत्येक सामानहरुमा हस्ताक्षर गराएर मात्र सामान लिन्छौ र दिने बेलामा पनि जानकारी गराएर मात्र पठाउने गर्दै आएका छौं । त्यसैले म त भन्छु आफ्नै आँखा अगाडीमात्र सामान बनाउने गर्नुस् । वा हरेक सामानमा हस्ताक्षर गरेर मात्र छाड्ने गर्नुस् ।

प्रतिक्रिया

सम्बन्धित