महिला र युवतीको छाला बिगार्ने हामी होइनौं

शोभा कार्की, ब्यूटिसियन– ओम ब्यूटिपार्लर एन्ड ट्रेनिङ सेन्टर

shova karki1 महिलाहरू आफैमा सुन्दर हुन्छन् । प्रकृतिले पनि महिलाको रुप र सौन्दर्यलाई राम्रो बनाइ दिएको हुन्छ भन्ने मान्यता छ । संसारमा महिला नै सबैभन्दा आकर्षक मानिन्छन् । अझ महिलाहरू आफूलाई आकर्षक देखाउन विभिन्न पद्धतिमार्फत सुन्दर बनाउँछन् । नेपालमा पनि त्यस्ता व्यवसाय र पद्धतिलाई अंगालिँने गरिएको छ । यो सौन्दर्य व्यवसायलाई पनि आफ्नो जिविकोपार्जनमा पनि लगाउने गरिन्छ । सौन्दर्य व्यवसायलाई ललितपुरकी शोभा कार्कीले पनि व्यवसायकै रुपमा अंगाल्दै आएकी छिन् । उनले यो पेशा अंगालेको झन्डै एक दशक पुग्न लागेको छ । ललितपुरको सातदोबाटोमा उनको आफ्नै ब्यूटिपार्लर छ । पार्लरमा सजिने महिला र युवतीको कुनै कमी हुँदैन । दिनभरिमा आउने ग्राहकलाई शोभाले चित्त बुझाएर पठाउने गरेकी छन् । यसै सन्दर्भमा विमल योगीले कार्कीसँग गरेको कुराकानीः

० तपाई यो पेशामा लागेको कति भयो ? – आठ वर्ष हुन लाग्यो । अहिलेसम्म चलेको छ । म सन्तुष्ट छु ।

० ब्यूटिसियन पेशामा लाग्नुको कारण के हो ? – मलाई पहिलादेखि यो पेशा मन पथ्र्यो । त्यसैले यो क्षेत्रमा लाग्न अकर्षण बढ्दै थियो । पछि सिके, यही सिकेको विषयलाई व्यापारिक रुपमा अगाडि बढाए ।

० ब्यूटिसियन सिक्दा कति समय लाग्यो ? – झण्डै एक वर्ष टे«निङ लिएको हुँ । जावलाखेलमा ‘सान ब्यूटी होम’बाट सिकेकी हुँ । योसँगै अन्य विभिन्न समूह र व्यक्तिसँग पनि ब्यूटिसियन सिके । अहिले मलाई राम्र्रै छ । सिकेको कुरु अरुलाई पनि सिकाउँदै छु । राम्रो छ, सिकेर कुनै बेफाइदा भएको छैन । बरु पैसा कमाउन सजिलो पो भएको छ ।

० पार्लर तपाइँको आफ्नै हो कि अरुको ? – मेरो आफ्नै हो ।० यो पेशाबाट कमाइ हुन्छ कि हुँदैन ? – हुन्छ नि । राम्रो कमाइ हुन्छ । अहिलेसम्म सन्तुष्ट छु । आफ्नो खर्च पुग्ने गरेको छ । कहिले काहीँ घरखर्च पनि चलाउँछु । बच्चाहरूलाई भने जस्तो गरेर पु¥याउन सकेकी छु । श्रीमान्को धेरै भरपर्नु पर्दैन ।० ब्यूटिसियन पेशामा लाग्दा घरपरिवारबाट सहयोग छ कि छैन ? – घरपरिवार सबैको समर्थन छ ।० तपाईको ब्यूटिपार्लरमा नाम चलेका ठूला ब्यक्ति कोही आएका छन् ? – त्यस्तो छ छैन । तर शिक्षक, कर्मचारी, नायिका, विद्यार्थी आदि आउँछन् । ती सबै चलेका व्यक्ति भन्दा मेरा राम्रा ग्राहक हुनुहुन्छ ।० ब्यूटिपार्लर भनेको के हो ? – ब्यूटिपार्लर मान्छेलाई सिङ्गार्ने व्यवसाय हो । विशेष गरेर महिलाहरूलाई कृतिम रुपमा सजाउने काम हो । महिला र युवतीलाई धेरै राम्रो देखाउन सक्नु नै ब्यूटिसियनको पहिचान हो । मान्छेलाई प्रकृतिले दिएको रुप आफ्नो ठाउँमा हुन्छ । त्यसबाहेक पनि कृतिम रुपमा कुशलताका साथ व्यक्ति सजाइने कुरालाई नै ब्यूटिपार्लर भनेको हुनुपर्छ । मैले यसलाई यही रुपमा बुझेकी छु ।० ब्यूटिपार्लरमा जाँदा छाला बिगार्छन् भन्ने पनि सुनिन्छ नि ? – दक्ष ब्यूटिसियनबाट गरिएको काम राम्रो हुन्छ । यदि कोही दक्ष छैन र त्यसले त्यसको विज्ञताबारेमा ज्ञान राखेको छैन भने छाला बिग्रिन सक्छ । विभिन्न खालका समस्या आउन सक्छ । ब्यूटिपार्लर मात्रै होइन कि अरु पेशा वा व्यवसायमा दक्षता अनिर्वाय हुन्छ । नजानेको व्यक्तिले गरेको कामले सेवाग्राहीलाई दुःख हुन सक्छ ।० महिला र पुरुषको सौन्दर्यतामध्ये तपाईलाई कुन सौन्दर्यता धेरै मन पर्छ ? – सौन्दर्यता आ–आफ्नै ठाउँमा हुन्छ । महिला र पुरुषको आकर्षण दुबै चाहिन्छ । महिलाका लागि आफ्नै खालको सौन्दर्यता हुन्छ । पुरुषको सौन्दर्यता आफ्नै हुन्छ । तपाईले भनेको प्रश्नको जवाफ जाहाँसम्म मलाई सोधेको र मैले बुझेअनुसार हो भने सौन्दर्यता जहिले पनि विपरित लिङ्गतर्फ आकर्षित हुन्छ । हाम्रो काम भनेको महिलालाई सुन्दर देखाउने हो । मेरो पार्लरमा महिलालाई सौन्दर्य देखाउन मेहनत गरिन्छ ।० तपाई आफैमा पनि सुन्दर हुनुहुँदो रहेछ ? के के लगाउनु हुन्छ ? के खानु हुन्छ ? – त्यस्तो केही लगाउँदिन । तर, सामान्य महिलाहरूले लगाउने श्रृङ्गारकै वस्तु लगाउने गर्छु । म ब्यूटिसियन भएकाले पनि जथाभावी रुपमा श्रृङ्गारका सामाग्री लगाउँदिन । लगाउनै परे ध्यान दिएर लगाउने गरेकी छु । मैले क्लिजिङ दैनिक रुपमा गर्छु । मोस्चराइजर नाइट क्रिम दैनिक रुपमा प्रयोग गर्ने गरेकी छु । महिनामा एक पटक फेसियल गर्छु । खानपिनमा पनि ध्यान दिने गरेकी छु ।० महिलाहरूले विशेष गरेर केमा ध्यान दिनुपर्छ भनेर सुझाव दिनु हुन्छ ? – महिलाहरूले खानपिन, शारीरिक व्यायाममा ध्यान दिनुपर्छ । विशेष गरेर चिल्लो, पिरो, अमिलो, तारेको परिकारहरू नखाँदा राम्रो हुन्छ । स्वास्थ्यका लागि सलाद खाने, धेरै पानी पिउने, फलफूल खाने, खानै परे आफ्नो स्वास्थ्यलाई ख्याल गरेर खानु उचित हुन्छ ।० ब्यूटिपार्लरको व्यवासयमा लागेपछि कुनै सम्झन लायक क्षण छ ? – मेरो एक जना नियमित ग्राहक हुनुहुन्छ । उहाँ नियमित आइब्रो मिलाउन आउनु हुन्छ । मिलाएपछि एकदम राम्रो भो भन्नु हुन्छ । अर्को पटक आउँदा अलिकति विग्रिए छ भनेर कमेन्ट पनि गर्नु हुन्छ । मलाई उहाँको यो बानी मन पर्छ । अब त उहाँले कमेन्ट गर्नु भएन भने मलाई नै नरमाइलो लाग्न थालेको छ ।० तपाईका मन मिल्ने साथीहरू पनि छन् ? – किन नहुनु । छन् नि । प्रशस्त साथीहरू छन् । म पनि त मान्छे हुँ । तर ब्यूटिपार्लर सिक्दा बनाएका दुई साथी अत्यन्तै मिल्छौँ । गीता गिरी र सजिना शिलाकार अति मिल्ने साथी हुन् । उनीहरूले पनि ब्यूटिपार्लर खोलेर बसेका छन् । राम्रो कमाइ छ उनीहरूको पनि । गीताले मायोज् (सूर्यविनायक) र सजिनाले ब्लेस ब्यूटिपार्लर (पुल्चोक)मा खोलेर बसेका छन् ।० तपाई ब्यूटिपार्लरको ब्यवसाय गरेर बस्नु भएको छ । कस्ता–कस्ता ग्राहक आउँछन् ? – सबै खालको आउनु हुनुन्छ । साना बच्चादेखि पाको उमेरसम्मका आउनु हुन्छ । उहाँहरूले आ–आफ्नै सेवा लिनु हुन्छ । विशेष गरेर हाम्रोमा हेयर कटिङ, फेसियल, हेयर स्टेटको काम बढी हुन्छ । दुलहीको श्रृङ्गार पनि धेरै गर्छौं ।० अहिले सम्म कति जना दुलही सिङ्गार्नु भो ? – यति नै गरे भनेर संख्या थाहा छैन । अहिलेसम्म एक सयभन्दा बढी दुलही सिङ्गारी सकेकी छु ।

प्रतिक्रिया

सम्बन्धित