बीमाले नेपालीहरुको जीवनस्तर धेरै माथि उठाउँछ

बजारमा १० वटा नयाँ जीवन बीमा कम्पनी थपिएसँगै कम्पनी व्यवस्थापनमा सञ्चालकलाई हम्मे–हम्मे परेको छ । नेपालमा बीमाको इतिहास लामो भए पनि बीमाको दायरालाई बीमा कम्पनीहरुले नै फराकिलो नपार्दा त्यस क्षेत्रबाट जनशक्ति पनि उत्पादन भएनन् । भर्खरै खुलेका बीमा कम्पनीले लामो अनुभव लिएको कर्मचारी अन्य कम्पनीबाट ल्याउन सक्नु त्यो कम्पनीका लागि ठूलो सफलता हात परेको ठान्नुपर्ने अवस्था छ । बीमा समितिले लामो समयपछि १० वटा नयाँ जीवन बीमालाई सञ्चालन अनुमति दिएको छ । यसैक्रममा युनियन लाइफ इन्स्योरेन्स यसमध्येको एउटा नयाँ बीमा कम्पनी हो । जसले निर्जीवन र जीवन बीमा क्षेत्र दुवै बुझेको अनुभवी व्यक्ति मनोजकुमार लाल कर्णलाई प्रमुख कार्यकारी अधिकृतका रूपमा पाएको छ । उनै कर्णसँग इन्द्र बानिया र विजयराज फुयाँलले बीमा कम्पनीहरुको अवसर र चुनौतीका बारेमा गरेको कुराकानी : मनोजकुमार लाल कर्ण, सीईओ – युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

० नयाँ बीमा कम्पनीको सीईओ भएर आउनु भएको छ, बजार कसरी निर्माण गर्नु हुन्छ ? – नेपाल बीमाको व्यापारको लागि ‘भर्जिन’ बजार हो । यहाँ जम्मा २ देखि ३ प्रतिशतमात्रै जनताले पूर्ण रुपमा बीमा गरेका छन् । नेपलमा आवश्यक भए जति बीमा नै भएको छैन । नेपालमा बीमाको बारेमा जनचेतना मात्रै वृद्धि गरिदिने हो भने बीमा क्षेत्रमा नसोचेको लगानी आउँछ । त्यसले आम नेपालीहरुको जीवनस्तर पनि धेरै माथि उठाउँछ ।

० चेतनाको कमीले मात्रै ९७–९८ प्रतिशत मानिस बीमा गर्न नआएका हुन् त ? – त्यो मात्र पनि होइन, पहिलो कारण चेतनाको अभाव पनि हो । नेपालमा बजार नभएको भए बहुराष्ट्रिय बीमा कम्पनी नेपालमा किन आउथे ? नेपालमा बजार छ वा छैन भन्ने विचारमा पनि दुई भागमा विभाजन भएका छन् । कोही भन्छन् –‘बजार छ, काम गरौं ।’ कोही भन्छन्–‘नेपालमा गरिबी छ बीमा गराउने पैसा नै छैन ।’ अब मैले बुझेको के हो भने जति अविकसित र गरिब देश छ, बीमाको बजार त्यहाँ धेरै हुन्छ ।

० लामो समयदेखि काम गरिहेका कम्पनीहरुले बजार विस्तार गर्न सकेका छैनन्, अनि रातारात तपाईंहरुले चाहीँ कसरी बजार विस्तार गर्नु हुन्छ ? – नेपालमा बीमाको ८ प्रतिशको आँकडा भनिँदै आएको छ । नेपालमा गरिनु पर्ने जति बीमा नै भएको छैन । बीमा गरेकाको पनि आवश्यकता जति बीमा गरका छैन । बीमाको अवधारणा नै के हो भने कुनै परिवारले बीमा गरेको छ भने उसको परिवारको कुनै करणले मृत्यु भएमा आर्थिक रुपमा सुरक्षित् पार्नु बीमा कम्पनीको दायित्व भित्र पर्छ ।

० बीमालाई देशव्यापी बनाउन के गर्नुपर्ला ? – अहिले नेपालमा बीमाको क्षेत्रमा केही सजिलो पनि भएको छ । हिजो जीवन बीमा कम्पनीहरु थोरै थिए । उनीहरुलाई धेरै टाढा जानुपर्ने आवश्यकता थिएन । तर, अब कम्पनी धेरै भएका छन् धेरै भएको फाइदा भनेको सबै क्षेत्रमा बीमाको उपस्थिति हो । सबै स्थानमा उपस्थिति देखिएपछि बीमाको बारेमा आममानिसले कुरा गर्न थाल्छन् । बीमा कम्पनीहरु धेरै भएपछि देशका नयाँ स्थानमा शाखा विस्तार हुन्छन । एबम प्रकारले देशका विभिन्न स्थानमा नयाँ शाखाको उपस्थिले बीमाको बारेमा चेतना बृदिका साथै बीमाको व्यापार विस्तार गर्न पनि अप्ठ्यारो हुने छैन ।

० यही बजारमा नयाँ पुराना कम्पनीको व्यापार के हुन्छ ? – हिजो ९ वटा थिए अहिले १८ वटा भएपछि अगाडि बढ्न अझ् बल पुग्छ । नयाँ आउँदैमा पुरानोको व्यापार घट्दैन । निर्जीवन बीमातर्फ एकले अर्काको व्यापार तानातान होला । तर, जीवन बीमामा त्यस्तो हुँदैन ।

० अब कम्पनीहरुले गाउँ–गाउँमा बीमा विस्तार गर्नुपर्ने भएपछि अहिले बेचिरहेको बीमा पोलिसी नै बिक्छन् त ? – बजारमा यस्ता धेरै हल्ला मैले पनि सुनेको छु, अब नयाँ पोलिसी नल्याएमा बीमा व्यापार चल्दैन । अब नेपालमा बीमा नै गरेको छैन भने नयाँ न पुरानो सबै नयाँ हुने भयो । जहाँ शतप्रतिशत बीमा भइसकेको भए पो नयाँ र पुरानो पोलिसीको कुरा हुन्थ्यो । अहिले नयाँ पुराना बीमा कम्पनीका प्रमुखहरु कार्यालयमा बसिरहेका छैनन् । उनीहरु रातदिन बजारमा नै घुमिरहेका छन् ।

० अब बीमा आममानिसमा पुग्ने समय कति जति लाग्ला ? – अबको पाँच वर्षमा बीमा क्षेत्रले धेरै लामो फड्को मार्ने विश्वास मैले लिएको छु । देशमा स्थायी सरकारमात्रै निर्माण भयो भने बीमा क्षेत्रमात्र होइन अन्य क्षेत्र पनि अगाडि बढ्ने छन् ।

० त्यसो भए पाँच वर्षसम्ममा बीमामा नेपालीहरुको पहुँचको प्रतिशत कति पुग्ला ? – विस्तार अब पहिलोको जस्तो गरेर हुनेवाला छैन । यस वर्ष कम्तिमा पनि ५० प्रतिशत वृद्धि हुने देखेको छु । पहिला म कुनै कम्पनीमा काम गर्दा ४ करोड प्रिमियम आउथ्यो, त्यसपछि बढ्दै ९,१३,१८ अनि ३६ करोड रुपैयाँ हुन्थ्यो । अबका नयाँ कम्पनीहरुको प्रिमियम एकैपटक तिनीहरुले ५ बर्ष गरको १ बर्ष गर्छन ।

० बीमाको व्यापार बढाउने भनेको बीमा अभिकर्ताहरुले नै हो । तर, बीमा अभिकर्तालाई हाम्रो समाजमा हेर्ने दृष्टिकोण अझै पनि नकारात्मक छ, यसलाई कसरी सम्मानजनक बनाउनु हुन्छ ? – अभिकर्ता पेशा समाजसेवा हो । यस पेशालाई समाजले खराब दृष्टिकोणले हेर्नु भनेको समाज सेवालाई नै तिरस्कार गर्नु हो । बीमा अभिकर्ता जस्तो पून्यको काम गर्ने अन्य पेशा नै छैन । बीमा अभिकर्ता भनेको लाखौंलाई जीवनदान दिने पेशा हो । लाखौं मानिसको खल्तीमा भएको पैसालाई लगानी गर्न प्रेरित गर्छ । अर्बौ क्षति हुने व्यवसायलाई जीवन दिने काम बीमा अभिकर्ताले गरेका छन् ।

० बीमा क्षेत्रमा कर्मचारीको व्यवस्थापन कसरी गरिरहनु भएको छ ? – बीमा समितिको निर्देशिकामा नै बीमा कम्पनी खोल्दा नै केही महत्वपूर्ण पद (अनडर राइटर, रिइन्स्योरेन्सर, दावी, प्रमुख कार्यकारी) मा व्यवस्थापन गर्न भनेको छ । अर्को हामीले नयाँ कर्मचारी ल्याएर तालिम दिएर अनुभवी बनाएर काममा कम लगाइ रहेका छौं । अहिले पनि ८–१० जनालाई तालिम दिइरहेका छौं ।

० नेपालबाट अझै ठूलो मात्रामा बीमा (प्रिमियम) विदेशमा गइरहेको छ यसले यो बजारलाई असर गरेको छैन ? – अब यसलाई हामी सबै मिलेर रोक्नपर्छ । कसले कहाँ कुन देशमा कसरी बीमा गरिहेको छ, त्यो सरकारले र हामी बीमा कम्पनी मिलेर रोक्नु पर्छ ।

० अब बीमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा हुन्छ भन्छन्, यस्तो हुने सम्भावना कतिको देख्नुहुन्छ ? – जीवन बीमा व्यवसाय आफ्नोे दायरामा बसेर गर्नुपर्छ । बीमा दर घटाएर वा बढाएर बीमा गर्न पाइदैन, बीमा समितिले पनि विभिन्न बीमा लेखहरुमा सिमा तोकिदिएको छ । बीमा अभिकर्ताले पौने लिने दर बीमा ऐन २०४९ अनुसार निर्धारण गरिएको हुन्छ । ऐन नियिम अनुसार हुने हुनाले अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना म चाहिँ देख्दिन ।

प्रतिक्रिया

सम्बन्धित