इक्यानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन आवश्यक छ

नेपालको शिक्षा नीति सयम अनुकुल परिवर्तन हुन नसक्दा गुणस्तरिय शिक्षा पाउन नेपाली विद्यार्थीहरुले सकिरहेका छैनन् । अमेरिका, सिंगापुर जस्ता देशलाई आवश्यक बजेट र सिमित समय दिएर नीति बनाउने हो भने नेपालको शिक्षा पनि अन्तर्राष्ट्रि स्तरको हुने बताउनु हुन्छ अल्फा विटा ग्रुपका कार्यकारी प्रमुख द्धिराज शर्मा । नेपाल शैक्षिक परामर्श संघको संस्थापक सदस्य समेत रहनु भएका शर्मा जुन सोचका साथ इक्यानको स्थापना भएको हो, सो अनुरुप इक्यानले काम गर्न नसकेको बताउनु हुन्छ । इक्यानलाई कसरी अन्तर्राष्ट्रियस्तर सम्म पुर्याउन सकिन्छ, नेपालको शिक्षा नीति, भारतीय नाकावन्दीले शिक्षा क्षेत्रमा पुर्याएको असरलगायतका विविध विषयमा mynewsnepal.com लागि कुमार भण्डारीले गरेको कुराकानी :

द्धिराज शर्मा, कार्यकारी प्रमुख – अल्फा विटा ग्रुप

dwiraj sharma final ० अल्फा विटा कस्तो संस्था हो ? –  अल्फा विटा झण्डै २५ वर्ष अघि स्थापना भएको गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्ने संस्था हो । यतिमात्र नभई अल्फा विटा यस्तो संस्था हो, जसले संसारका ख्यातिप्राप्त विश्वविद्यालयको नेपालमा प्रतिनिधित्व गर्दै आएको छ । टोफल, आइइएलटिएस, पिटिइ जस्ता कक्षाहरुमा सबैभन्दा बढी विद्यार्थीहरुलाई सेवा प्रदान गर्ने संस्था हो आल्फा विटा ।

० अल्फा विटा एजुकेशन कल्सलटेन्सी स्थापनाको मुख्य उद्देश्य के हो ? – हाम्रो मुख्य उद्देश्य भनेको गुणस्तरिय शिक्षाको बारेमा जानकारी गराउने नै हो । नेपालमा गुणस्तरिय शिक्षण संस्थाहरुको अभाव र गुणस्तरको समस्याले गर्दा नेपाली विद्यार्थीहरु उच्च शिक्षाको लागि विदेश जान चाहने भएकाले उनीहरुको सेवा र सुविधाका लागि नै हामीले अल्फा विटाको स्थापना गरेका हौं ।

० अल्फा विटाले नेपाली विद्यार्थीहरुलाई कुन–कुन देशमा पठाउँदै आएको छ ? – हामीले विषेश गरेर अमेरिका, अष्ट्रेलिया, क्यानडा, आयरल्याण्ड, नेदरल्याण्ड, भारतलगायतका १२ भन्दा देशहरुमा पठाउँदै आएका छौं ।

० अन्य कन्सलटेन्सी र अल्फा विटाबीच के फरक छ  ? – कर्पोरेट कल्चर नै हाम्रो विशेषता हो । अहिले हाम्रो मुख्य कार्यालयमा मात्र ५० जना भन्दा बढी क्षमतावान कर्मचारीहरु हुनुहुन्छ । अर्को कुरा भनेको पारदर्शिता पनि हो । हामीले यहाँबाट कुनै पनि गलत काम गर्दैनौं र विदेश जानका लागि आवश्यक डकुमेन्टस् बनाउँदा पनि विद्यार्थीहरुले त्यस्तो गरेको पाइएमा त्यसलाई हामी अघि नै बढाउँदैनौं । हामीले विद्यार्थीहरुसँग लिने शुल्क पनि पारदर्शि नै हुन्छ । हामी मापदण्ड भन्दा बाहिर गएर कहिल्यै पनि काम गर्दैनौं । कक्षा कोठा र विद्यार्थीलाई दिने सुविधाको कुरा गर्ने हो भने हामी जुन स्थानमा छौं, त्यो स्थान विद्यार्थीहरुका लागि उपयुक्त छ । कक्षा कोठाहरु पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका छन् ।

० अल्फा विटाले विदेश जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने बाहेक अन्य के कस्तो काम गर्छ ? – हामीले परामर्श बाहेक व्रिजकोर्षको पनि काम गर्छौं । अल्फा विटा गु्रप अन्तर्गत सञ्चालित एम्स नेपाल नामक संस्थाले प्रवेशिका परिक्षा(एसएलसी) दिएर बसेका विद्यार्थीहरुलाई व्रिजकोर्ष प्रदान गर्ने काम गर्दै आएको छ । नेपालमा व्रिजकोर्षको शुरुवात गर्ने संस्था अल्फा विटा नै हो । अहिले पनि सबैभन्दा बढी विद्यार्थीलाई पढाउने संस्था पनि एम्स नेपाल नै हो ।० काठमाडौंमा त धेरै नै कन्सलटेन्सीहरु छन् तर, विदेश जाने विद्यार्थीहरुले अल्फा विटा नै रोज्नु पर्ने कारण के हो ? – सबैभन्दा पहिलो कुरा त हामी यो क्षेत्रमा लागेको नै झण्डै २५ वर्ष पुगिसक्यो । हामीले विद्यार्थीहरुलाई दिने सेवा र सुविधाका कारण पनि हामीकहाँ आउने विद्यार्थीको चाप बढिरहेकै छ । हामीकहाँ कार्यरत सबै कर्मचारीहरु यस क्षेत्रमा दक्ष हुनुहुन्छ, जसले गर्दा उहाँहरुले प्रदान गर्ने परामर्श सही नै हुन्छ । हामी विदेशका धेरै भन्दा धेर शिक्षण संस्थाको आधिकारिक परामर्शदाता पनि हौं । यहाँ आएका विद्यार्थीहरुले धेरै अप्सनहरु पाउँछन् । जस्तै कुनै विद्यार्थीको क्षमता अमेरिका जाने छैन भने उसलाई हामी न्यूजिल्याण्ड जान सल्लाह दिन्छौं । अर्को महत्वपूर्ण कुरा लोकेसन पनि हो । बानेश्वरको सुविधा सम्पन्न भवनमा हाम्रो कार्यालय रहेकाले पनि यहाँ आउने विद्यार्थीलाई कुनै समस्या नै पर्दैन । यो संस्था कसैको आशिर्वादले चलेको होइन । हामी रात विहान नभनिकन यसलाई अझ राम्रो कसरी बनाउन सकिन्छ, विद्यार्थीहरुलाई अझ बढि सुविधा कसरी प्रदान गर्न सकिन्छ भनेर लागि परेका छौं । त्यसैले पनि उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरु अल्फा विटा आउँदा समस्या र घाटा हुँदैन ।० बैशाख १२ गतेको विनाशकारी भूकम्प र अहिलेको नाकाबन्दीले यस क्षेत्रलाई कत्तिको असर पारेको छ ? – असर भन्ने वित्तिकै हामीले विद्यार्थीहरुको चापलाई नै मूल्यांकन गर्ने हो । बैशाख १२ गते आएको विनाशकारी भूकम्पपछि विदेश जाने विद्यार्थीहरुको संख्या ह्वात्तै बढेको थियो भने अहिले नाकाबन्दीका कारण विद्यार्थीहरुको संख्यामा कमी आएको छ । इन्धन समस्याका कारण विद्यार्थीहरु हामीकहाँसम्म आउन नसक्नु पनि यसको कारण हुन सक्छ ।० उच्च शिक्षाका लागि विद्यार्थीहरु विदेश जाँदा एकातिर जनशक्ति बाहिरिएको छ भने अर्कोतिर अरबौं रुपैयाँ पनि बाहिरिएको छ नि त ? – हामीले यसलाई जनशक्ति बाहिरिएको भन्दा पनि अदक्ष जनशक्ति बाहिरिएको भन्नु पर्छ  । र, ति दक्ष भएर पुनः नेपाल फर्कन सक्छन् । जसको प्रत्यक्ष फाइदा भनेको हाम्रै देशलाई नै हुने हो । जहाँसम्म रुपैयाँ बाहिरिएको कुरा छ त्यसलाई पनि नबुझेकाहरुले मात्र यस्तो भनेका हुन जस्तो मलाई लाग्छ । किनकी नेपालको बजेटको आधा भन्दा बढी रकम त रेमिट्यान्सबाट नै आउने हो, जुन रुपैयाँमा उच्च शिक्षा लिन गएका विद्यार्थीहरुले पठाएको पैसा पनि त पर्छ नि, होइन र ?० नेपालबाट विदेश जाने विद्यार्थीहरुको संख्या बढ्नुको कारण के हो ? – विदेश गएका विद्यार्थीहरु सक्षम हुनु यसको पहिलो कारण हो भने अर्को सुखद् जीवनका लागि पनि विदेश जानेको संख्या बढिरहेको छ । जुन नेपालमा संभव छैन । अहिलेको अवस्थालाई नै हेरौं न । पैसा भए पनि अहिले गाडि चलाउन सकिएको छैन । कुनै पनि कुराको सुविधा नै छैन नेपालमा । न इन्धनको, न बाटोको, न शान्त वातावरणको, न त स्वस्थ जीवनको नै । त्यसैले पनि नेपाली युवाहरु विदेशतिर दौडिरहेका छन् । यसको अर्को महत्वपूर्ण कारण नेपालमा शैक्षिक वातावरण नहुनु पनि हो ।० विदेश गएका विद्यार्थीहरु समस्यामा पनि त परिरहेका छन् नि ? – हो, कतिपय विद्यार्थीहरु समस्या पनि परेका छन् । विदेशमा यहाँ जस्तो सहज त कहाँ हुन्छ र ? पैसा नभएर न हो समस्यामा पर्ने । यहाँबाट जाने बेलामा तयारी नगर्ने, विदेश गएपछि सजिलै पैसा कमाउन सकिन्छ भन्ने सोच बसाल्दा समस्याहरु देखिएका हुन् । यसको दोष विद्यार्थीले नै लिनुपर्छ । तर, नेपालमा स्थापना भएका केही कन्सलटेन्सीहरुले छोटो समयमा पैसा कमाउनका लागि गलत प्रचार पसार गर्ने र गलत परामर्श प्रदान गर्दा पनि विद्यार्थीहरु समस्यामा पर्ने गरेका छन् । अहिले एक क्लिक गर्ने वित्तिकै संसारका हरेक विषयमा बुझ्न सकिन्छ । तर, विद्यार्थीहरु आफैले रिसर्च गर्न नसक्नु, गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्ने संस्था रोज्न नसक्नु, प्रोफेसनल भन्दा पनि आफन्तको पछि लाग्नु, एउटैलाई विश्वास गर्नु, क्रस चेक गर्न नसक्नु जस्ता कारणले यस्ता समस्या देखिएका हुन् ।० पछिल्लो समयमा कन्सलटेन्सीहरुमाथि मेनपावरको काम गरेको भन्ने पनि आरोप लागेको छ नि ? – राम्रो र नराम्रो भन्ने सबै चिजमा हुन्छन् । तर, गलत गर्यो भन्दैमा एकै पटक व्यवसायलाई नै असर पर्ने गरी अघि बढ्नु उचित हो जस्तो मलाई लाग्दैन । कुनै पनि क्षेत्रमा निरन्तर अनुगमन हुनपर्छ । सस्तो लोकप्रियताका लागि प्रचार गरेर काम गर्ने भन्दा पनि सम्बन्धित नियकायले कन्सलटेन्सी क्षेत्रमा निरन्तर अनुगमन गर्ने हो भने नराम्रा काम गर्नेहरु आफै विस्थापित हुन्छन् । गलत गर्नेमाथि कारबाही हुनुपर्छ तर एक/दुई संस्थाले गलत गरे भन्दैमा पूरै व्यवसायलाई नै धराशायी बनाउने काम चाहिं गर्नु हुँदैन ।० प्रसंग बदलौं, नेपालको शिक्षा नीतिको कस्तो छ ? – नेपालको शिक्षा नीति सयम अनुकुलको हुन सकेको छैन । नेपालीहरुले चलाउने हो भने गुणस्तरिय शिक्षा नीति आउला जस्तो पनि मलाई लाग्दैन । बरु अमेरिका, सिंगापुर जस्ता देशलाई आवश्यक बजेट र सिमित समय दिएर नीति बनाउन दिनु पर्छ । नेपालमा कुनै पनि कुराको अध्ययन नै हुन सकेको छैन । अनावश्यक व्यक्तिहरु नीति निर्माण तहमा छन् । विद्यालयमा पढाउने अधिकांश शिक्षकहरु नै दक्ष छैनन् । मैले फेरि नपढेकालाई शिक्षक बनाएको भन्न खोजेको पक्कै होइन । उनीहरुले एमए पास गरेका छन् तर, उनीहरुलाई आवश्यक ट्रेनिङ कसले दिने त ? सरकारले यस विषयमा खै सोचेको ?० तपाई शैक्षिक परामर्श संस्थाहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ(इक्यान) को संस्थापक सदस्य हुनुहन्छ । यतिबेला इक्यानले गरेको कामप्रति सन्तुष्ट हुनुहुन्छ ? – जुन सोचका साथ इक्यानको स्थापना भएको हो, त्यो अनुरुप काम हुन सकेको छैन । नेपाली विद्यार्थीहरु विदेशमा पढ्न जाने भएकाले विदेशी शिक्षण संस्थाहरुसँग समन्वय गर्ने भन्दा पनि इक्यानले यतिबेला हिसान र प्याब्सनले जस्तो काम गरिरहेको छ । जसले नेपाली विद्यार्थी तथा इक्यानका सदस्य संस्थाहरुको लागि पनि कुनै टेवा पुग्दैन । जस्तैः भारतमा नर्सिङ अध्ययन गर्न जाने विद्यार्थीहरुमा समस्या देखिएको कुरा बाहिर आएको छ । इक्यानले नेपालमा बसेर प्रहरीकहाँ समस्या लिएर जाने होइन नि । यतिबेला इक्यान शिक्षा मन्त्रालयसँगको सहकार्यमा भारत पुग्नु प¥यो र त्यहाँको सम्बन्धित नियकासँग छलफल गरेर समस्याको समाधान गर्न कोशिष गर्नुप¥यो नि, होइन र ? समस्या भएपछि समाधान खोज्ने भन्दा पनि भविश्यमा समस्या देखिन्छ कि भनेर अगाडि नै सचेत हुनुपर्छ । इक्यानले त्यस्तो दुरदर्शिता अपनाउन सक्नु पर्छ । इक्यान आफूलाई एकदमै ठूलो संस्था बनाउने, राष्ट्रि«य स्तरमा पु¥याउने जस्ता सोच भन्दा बाहिर आउनु पर्छ । हामी भनेको त विद्यार्थीहरुलाई विदेश पठाइरहेका छौं, पढ्नका लागि । हामीले नेपालमा पढाउने त होइन । त्यसैले यसलाई राष्ट्रि«य स्तरमा नभई अन्तर्राष्ट्रिय स्तरमा चाहिं पु¥याउनु आवश्यक छ । विदेशी शिक्षण संस्थाहरुसँग सहकार्य हुनुप¥यो । त्यहाँका विश्वविद्यालय तथा कलेजहरुले के गरिरहेका छन्, कस्तो सुझाव र सल्लाह दिइरहेका छन्, कतै उनीहरुले भनेको गलत त छैन, त्यहाँको विश्वविद्यालयको जस्तो शिक्षा नेपलमा पनि उपलब्ध गराउन के गनुपर्छ जस्ता कुरामा इक्यानले ध्यान दिनुपर्छ । तर, अहिले सस्तो लोकप्रियताका लागि काम गर्ने ट्रेन्ड बढ्दै गएको छ । सदस्य संघ संस्थाहरुको समस्यालाई हेर्ने भन्दा पनि कसरी व्यक्तिगत लाभ लिन सकिन्छ भन्ने सोच हावी हुँदा समस्या झन बढ्दै गएको मैल पाएको छु ।० यस्तै विविध कारणले गर्दा इक्यान जस्ता अन्य संस्थाहरुको जन्म भएको हो त ? – पक्कै पनि । छाता संगठन भनेको एउटा क्लव जस्तै हो । मैले कन्सलटेन्सी स्थापना गरेर इक्यानको सदस्यता नलिए पनि संस्था चालाउन सक्छु । सबै एकजुट हुनका लागि नै छाता संगठनको खाँचो पर्छ । कुनै पनि समस्या परेमा त्यसको समाधानका लागि छाता संगठनले नै काम गर्न सक्छ । माओवादी द्वन्द्वकालमा स्थापना गरिएको हो इक्यान । जतिबेला हामीहरु एकजुट हुन आवश्यक थियो । तर, जुन उद्देश्य राखिएको थियो त्यतिबेला सो अनुरुप इक्यानले काम गर्न सकेको छैन ।० इक्यानमा अबको नयाँ नेतृत्व कस्तो आउनु पर्छ ? – हामी जुन पेशामा छौं, त्यो पेशालाई मर्यादित र व्यवसायिक बनाएर अगाडि बढाउने सक्ने खुवी भएको नेतृत्वको खाँचो छ । अन्तर्राष्ट्रिय शिक्षण संस्थाहरुले विश्वास गरेको, व्यवसायको बारेमा पूर्ण जानकार भएको नेतृत्व हुनुपर्छ । सस्तो लोकप्रियाताका लागि प्रचार प्रसार गर्ने, जथाभावि सदस्य थप्दै जाने नेतृत्व आयो भने यो व्यवसाय नै धराशायी बन्न पुग्छ । अर्को कुरा अहिले म गलत गर्छु, मलाई संघले बचाउनु पर्छ भन्ने सदस्य संस्थाहरुको संख्या पनि बढ्दै गएको छ । तर, त्यसरी संघ चल्दैन । जर्जमेन्ट गर्ने भनेको कानुनले हो, इक्यानले होइन । यो कुरा सबैले बुझ्नु आवश्यक छ ।० अन्त्यमा उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई के भन्नुहुन्छ ? – म त विद्यार्थीहरुलाई के भन्छु भने एकपटक विदेश त जानै पर्छ । यदि तपाई कुनै पनि क्षेत्रमा सक्षम र दक्ष बन्न चाहानुहुन्छ भने एक पटक उच्च शिक्षाका लागि विदेश नै जानुहोस् । नेपालमा पढेर त पुग्दै पुग्दैन । यहाँ कलेज सञ्चालन गर्नेहरुले त यसलाई मान्दैनन् तर, यहाँको शिक्षाले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न सकेको छैन । नत्र यहाँका कर्मचारीहरुलाई टे«निङ भन्दै वर्ष दिन विदा दिएर किन विदेश पठाउनु पथ्र्यो ? यहाँको यूनिभर्सीटीका प्रोफेसरहरुले नै किन बाहिर गएर पिएचडी गर्नुपथ्र्यो ? यस्तै ताल हो भने नेपालको शिक्षा अन्तर्राष्ट्रियस्तरको हुन अझै सयौं वर्ष लाग्छ । के अब सयौं वर्ष कुरिरहने त ? जे आफूसँग छ त्यसलाई उपयोग गर्ने र नभएको चिज अरुसँग किन्ने नै हो । त्यस्तै शिक्षा पनि किन्ने नै हो । तर, हतार हतारमा जाने होइन । जानु अघि कम्तिमा दुई वर्ष तयारी गर्ने, आफू सक्षम बन्ने र अब म विदेश गएर पढ्न सक्छु भन्ने भएपछि मात्रै जाने । यसो गरेको खण्डमा विद्यार्थीले समस्या भोग्नु पनि पर्दैन र त्यो व्यक्ति सक्षम र दक्ष पनि बन्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित