संसदमा मधेसी मोर्चाको नाराबाजी कहिलेसम्म ?

sambidhan savaकाठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदहरुले व्यवस्थापिका संसद बैठकमा रोष्टम घेरेर नाराबाजी गरेका छन् । संसदको आइतबार बैठक सुरु हुनासाथ विपक्षी दलका कार्यबाहक सभापति रामचन्द्र पौडेलेले विशेष समय लिएर आफ्नो धारणा राखे । उनले संविधान संशोधन विधेयक अघि बढाउन सरकारलाई आग्रह गरे । लगतै मधेसी मोर्चामा आवद्ध तमलोपाका सांसद सर्वेन्द्रनाथ शुक्लाले बोल्न समय मागे । कांग्रेसका तराई मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले प्रधानमन्त्रीको जवाफ माग गर्दै उभिएर बसेकाले सभामुख वनसरी घर्तीले समय दिन नसकिने बताए । लगतै मधेसी मोर्चा अवद्ध दलका सांसदले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका छन् । नाराबाजीमा मधेसी मोर्चालाई थरुहट तराई पार्टी लगायतका साना दलका सांसदले समेत साथ लिएका थिए । रोष्टम घेर्ने सांसदहरुले सप्तरी घटना दोषीलाई कारबाही गर्नु पर्ने लगायतका माग गरेका छन् । मधेसी मोर्चाको नाराबाजीपछि सभामुखले संसद बैठक १० गतेसम्मका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित