मधुमेहका बिरामीलाई सिएमसीमा निःशुल्क स्वास्थ्य सेवा

cmcचितवन  । विश्व मधुमेह दिवस २०१५ को अबसरमा स्वास्थ्य जीवन र मधुमेह भन्ने नाराका  चितवन मेडिकल कलेज शिक्षण अस्पताल र मधुमेह समाज चितवनको संयूक्त आयोजनामा मधुमेहका बिरामीहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ ।  स्वास्थ्य परिक्षणका क्रममा करिव २३० जना बिरामी प्रत्यक्ष लाभान्वित भएको चितवन मेडिकल कलेजले जनाएको छ  ।

  कार्यक्रममा  चितवन मेडिकल कलेजका अध्यक्ष प्रा.डा. हरिशचन्द्र न्यौपाने  र मधुमेह समाजका सचिव केशव देवकोटाले मधुमेह रोगका बारेमा सचेतना गराएका  थिए भने मेडिकल कलेजकै डा. शितल अधिकारी र नेपाल प्रहरी अस्पतालका पोषण सम्बन्धि बिशेषज्ञ  भुपाल बानियाले मधुमेह रोग सम्बन्धि प्रशिक्षण  दिएका थिए ।

  सो अवसमा बिहान ८ बजे देखि  चितवन मेडिकल कलेजबाट साइकल –याली सुरु भइ पुल्चोक , पोखरा बसपार्क, आपँटारी, बाईपास रोड ,मालपोत चोक, चौविसकोठी हुदैँ पुनः चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा आई समापन भएको थियो।   साइकल –यालीको उद्घाटन जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख प्रहरी उपरिक्षक बसन्त कुवरले गरेका थिए ।  उक्त साईकल –यालीमा करिव २०० जनाको सहभागिता रहेको थियो  ।

प्रतिक्रिया

सम्बन्धित