बडादशैंको सातौं दिन आज फूलपाती

निर्मल दाहाल/    हिन्दुहरुको महान चाड बडादसैको आज सातौँ दिन अर्थात सप्तमी तिथि । आज नेपाली परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाइएको छ । दुर्गा भवानीको प्रतिमा राखिएको दसैँघरमा फूलपातीको शुभसाइतका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूवक भित्र्याइन्छ  ।

फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याई गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, ब्यान्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करले जमलमा ल्याइएको फूलपातीलाई हर्षबढाइँका साथ हनुमानढोकामा भित्र्याउने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित