काठमाडौंः
सरकारले इन्धन आयातमा इण्डियन आयल कर्पोरेशनको एकाधिकार तोड्दै ग्लोबर टेन्डर आहृवान गरेको छ । भारतले अघोषित नाकाबन्दी नहटाएपछि सरकारले यो कदम चालेको हो । नेपाल आयल नियमले इन्धन पैठारीका लागि टेन्डर आहृवान गरेको छ ।
देशी तथा विदेशी सप्लायर्सहरुले टेण्डर लिन सक्नेछन् । सरकारले कम्तिमा १५ दिनका लागि दैनिक २०० के एल डिजेल, पेट्रोल १०० केएल र हवाई इन्धन र मटिलेल २०० केएल र ग्यास १०० मेट्रिकटनका लागि टेण्डर आहृवान गरेको छ । हवाइ मार्ग वा स्थलमार्गबाट काठमाडौंमा इन्धन ल्याउनु पर्ने सरकारी सर्त छ । सरकारले तीन दिनभित्र टेण्डर भर्न आहृवान गरेको छ ।
निगमका निमित्त निर्देशक मुकुन्द घिमिरेले तत्कालको लागि पेट्रोलियम पदार्थ वितरण सहज बनाउन ग्लोबल टेण्डर आह्वान गरिएको जानकारी दिए । निगमले जारी गरेको सूचनामा भनिएको छ, ‘निगमले तोकेबमोजिमको गुणस्तरको के कति दररेटमा हवाईमार्ग वा स्थलमार्गबाट काठमाडौंमा तत्काल उपलब्ध गराउनसक्ने हो त्यस सम्बन्धी विस्तुत प्रस्तावना यो सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र पेश गर्नुहुन अनुरोध छ ।’ निगमले विशेषगरी दसैंमा सार्वजनिक यातायातलाई सहज बनाउन हवाई मार्गबाट भए पनि तेल ल्याउने तयारी गरेको हो ।
प्रतिक्रिया