काठमाडौंः
एमाले स्थायी समितिको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । संविधान बनेपछि बस्ने संसद बैठक सुरु भएको ७ दिनभित्र नयाँ सरकार गठन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिले असोज १५ गते सात दिनभित्र सहमतीय सरकार गठनको लागि राजनीतिक दललाई आग्रह गरिसकेका छन् । सात दिनभित्र सहमतीय सरकार बन्न नसके राष्ट्रपतिले बहुमतीय सरकार गठनको लागि आह्वान गर्नेछन् । एमालेले ओलीलाई प्रधानमन्त्री बनाउन पहल गर्नको लागि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र विद्या भण्डारी सम्मिलित कार्यदल समेत बनाएको छ ।
प्रतिक्रिया