एनआरएन उपाध्यक्षमा जिसीको चर्चा

gcकाठमाडौं । गैरआबासिय नेपालीहरुको संगठन (एनआरएन) को आगामी १४ देखि १६ अक्टोबरसम्म काठमाडौंमा अधिबेसन तथा साधारण सभा हुने भएको छ । करिब तीस बर्षदेखि वकालत पेशमा संलग्न भएका अमेरिका निवासी बरिष्ठ अधिवक्ता खगेन्द्र जिसी एनआरएनको अन्तर्राष्ट्रिय उपाध्यक्षमा उम्मेदवार बन्ने भएका छन् । अमेरिकामा रहेका हजारौं नेपालीहरुलाई निःशुल्क कानुनी सेवा उपलब्ध गराएर चर्चाका साथै लोकप्रियता कमाएका जिसी एनआएरएन अमेरिकाका निवर्तमान अध्यक्ष पनि हुन् । उनको कुसल सांगठानिक क्रियाकलापकै कारण करिब दुई सय सदस्य रहेको एनआरएन अमेरिकामा हाल करिब एघार हजार सदस्य बनिसकेका छन् । यता अध्यक्षमा भने शेष घलेले पुन प्रतिष्पर्धा गर्ने मनस्थिति बनाएका छन् भने अमेरिकाकै रतन झाले अध्यक्ष पदमा उम्मेदवार बन्ने भएका छन् । सर्लाहीमा जन्मिएका रतनको लोकप्रीयता अमेरिकामा पनि कम नरहेको चर्चा छ ।

प्रतिक्रिया

सम्बन्धित