देशभर सवारीसाधनमा जोरबिजोर प्रणाली लागू

carकाठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको आपूर्ति बन्द भएपछि  सरकारले आइतबारदेखि लागू हुनेगरी देशभर सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारीसाधन सञ्चालन हुनेछन् ।

अत्यावश्यकीय सवारीसाधनको रूपमा सुरक्षा निकायका सवारीसधान, एम्बुलेन्स, दमकल, शबवाहन, तरकारी, फोहोर बोक्ने, दुध बोक्ने, पानी बोक्ने सवारीसाधनमा भने जोरबिजोर प्रणाली लागू नगरिने गृह मन्त्रालयले जनाएको छ ।

सरकारले पेट्रोलियम पदार्थको सकभर कम प्रयोग गर्नसमेत सर्वसाधारणमा आग्रह गरेको छ । पेट्रोलियम पदार्थको कालोबजारी गर्ने  र कृतिम अभाव खडा गर्नेलाई  कारवाही गर्ने गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित