इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद मनाइँदै

bakariddकाठमाडौं । इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद आज  मनाइँदै छ ।   इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बलि दिने र उक्त बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने चलन छ ।  बिहान मस्जिदमा जम्मा भई विशेष नमाज पढिन्छ ।

नमाज पढिसकेपछि घर घरमा गई बलि दिइने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको छ । बकर इद तीन दिनसम्म मनाइन्छ । सरकारले बकर इदका अवसरमा सरकारले आज  शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको  छ ।

प्रतिक्रिया

सम्बन्धित