कार्नेट नेपालको ११ औं वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ । बालबालिकाको हक, हित एवम् अधिकारको क्षेत्रमा कृयाशिल यस संस्थाको ११ औँ वार्षिकोत्सवलाई संविधान सभाका सदस्य तथा नेपाली काङ्ग्रेसका वरिष्ठ केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले उद्घाटन गरे । गत भाद्र २० गते ललितपुर कुपण्डोल स्थित होटल हिमालयमा केसीसहित सभासद् भिमसेन दास प्रधान तथा मदन अमात्य, सामरिटन्स् पर्सका कन्ट्रि डाईरेक्टर, प्राध्यपक डा. राजेन्द्र कुमार रोङ्गोङको विशेष अतिथिकोरुपमा सहभागिता रहेको थियो ।
कार्यक्रममा संस्थालाई महत्वपुर्ण योगदान पुर्याउनु भयेका ब्यक्तित्वहरु प्रा. डा. राजेन्द्र कुमार रोङ्गोङ तथा शिव रायमाझिलाई विशेष सम्मान गरिएको थियो साथै हरेक वर्ष कार्नेट नेपालले प्रधान गर्ने “Staff of the Year 2014/15” पुरस्कार नुवाकोट शाखा कार्यालयका वितिय अधिकृत श्री रसिक मगरातीलाई प्रधान गरिएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नेता अर्जुन नरसिंह केसीले कार्नेट नेपालले सरकारले नुवाकोट, कञ्चनपुर र सिन्धुपाल्चोक जिल्लाका दुर्गम गा.वि.स.हरुमा पैरवी, महिला सशक्तिकरण, दिर्घ जिविकोपार्जन, उद्दार तथा पुर्नस्थापना, शिक्षा तथा महाभुकम्प पश्चात रहातमा पनि महत्वपुर्ण भुमिका पुर्याएको भन्दै संस्थाले समुदाय विकासमा निर्वाह गरेको महत्वपुर्ण योगदानको प्रशंसा गर्नुभयो ।
प्रतिक्रिया