लिम्बुवानको बन्दका कारण नौ जिल्ला प्रभावित

limbuwan-mapमोरङः
लिम्बुवान संयुक्त संघर्ष समितिले आहृवान गरेको दुई दिने बन्दकका कारण नौ जिल्ला प्रभावित बनेका छन् । दोस्रो दिन शुक्रबार पनि बिहानै देखि पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण पूर्वका ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, संखुवासभा, र्तेहथुम, धनकुटा, मोरङ र सुनसरीको जनजीवन प्रभावित बनेको छ । पहिचान सहितको संघीयता, संघीयतासहितको संविधान र संविधानमा लिम्बुवान राज्यको माग गर्दै संघीय लिम्बुवान पार्टी नेपालसहित विभिन्न आठ राजनीतिक दल तथा संगठन आबद्ध लिम्बुवान संयुक्त संघर्ष समितिले बिहीबार र शुक्रबार पूर्वका नौ जिल्लामा आमहड्तालको आहृवान गरेको हो ।
समितिले ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधार अरुण पूर्वको भू(भागलाई लिम्बुवान घोषणा गरिनुपर्ने माग समेत गरेको छ । बिहानैदेखि लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन् भने, कलकारखाना र शिक्षणसंस्था ठप्प छन् ।

प्रतिक्रिया

सम्बन्धित