कार्की महासंघको केन्द्रिय सम्मेलन सम्पन

काठमाडौँः बिश्व भरिका कार्कीहरु एक हौ भन्ने मुख्य नाराका साथ राष्ट्रिय कार्की महासंघको केन्द्रिय सम्मेलन सम्पन भएको छ । सम्मेलनबाट केन्द्रिय समिती सर्बसमितिले निर्माण गर्दै १ वर्ष भित्रमा आगामी महाधिबेशन गर्ने निर्णय भएको छ । karki mahasan

कार्कीहरुको एकता नै आजको मुख्य आवश्यकता रहेको र छुटनु भएका सबै बन्धुहरुलाई आगामी बैठक मा सबैलाई समेटेर लागिने सचिव प्रकाश कार्कीले जानकारी दिनुभयो । सम्मेलनले सयोजकमा बिष्णु कार्की, सह सयोजकमा अर्जुन कार्की, सह सयोजकमा नरेन्द्र कार्की, महसचिबमा राजेन्द्र कुमार कार्की, उपमहसचिबमा  बिरही कार्की, उपमहसचिबमा बिनोद कार्की र सचिब – प्रकाश कार्की र  दिनेश कार्कीलाई चयन गरेको छ । महासंघले कार्कीहरुको कुलको उत्थान र बिकाशमा प्रभावकारी भूमिका निर्माण गर्ने सचिव प्रकाश कार्कीले बताउनु भयो । पूर्व मेची देखी पश्चिम महाकालिसम्म उत्तर हिमाल देखी दक्षिण तराई तथा संसार भरी छरिएर रहेका प्रवास र आप्रवासका सबै कार्की नेपालीहरुका माझ राष्ट्रिय कार्की महासंघ बिस्तार गरिने उहाँको भनाई छ ।

हाम्रो एकता , हाम्रा पुर्खा,हाम्रा रितिरिवाज, हाम्रा सस्कृति र कुलको रक्षा गर्न पूर्ण रुपमा पहल गर्ने छ भन्नु हुँदै नबनियुक्क्त प्रबक्ता रुद्र कार्की प्रज्ज्वलले सबैलाई एकताको अभियानमा सहभागी हुन अनुरोध गरेका छन ।

[caption id="attachment_20650" align="alignleft" width="252"]सचिव प्रकाश कार्की सचिव प्रकाश कार्की[/caption]

प्रतिक्रिया

सम्बन्धित