अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै

educationकाठमाडौँः अन्तर्राष्ट्रिय साक्षरता तथा ३६ औँ राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था’ भन्ने नाराका साथ यो वर्ष शिक्षा दिवस मनाइँदैछ । ‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाले वञ्चित हुन् नपरोस्’ भन्ने नारा कासाथ विसं २०३१ बाट शिक्षा दिवसको मनाउन थालिएको हो ।

दिवसका अवसरमा राष्ट्रपति डा रामवरण यादवले नेपाल विद्याभूषण प्राप्त गर्ने विद्यार्थीलाई पदक वितरण गर्नुभयो भने दिउँसो सांस्कृतिक गतिविधिसहित उत्कृष्ट विद्यालय, सामुदायिक अध्ययन केन्द्र, शिक्षाकर्मी र विद्यार्थी पुरस्कृत गरिने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित