पाल्पाः
पाल्पाको कुसुमखोला गाविस–७ स्थित सेनवंशीय राजाको रिब्दीकोट दरबार क्षेत्र प्रचारप्रसार हुन नसक्दा अहिले ओझेलमा रहेको छ । पाल्पाका प्रथम सेनवंशी राजा धर्मपाल सेनले ईसं १४२९ तिर पाल्पा राज्यको स्थापना गरी रिब्दीकोटमा दरबार निर्माण गरी राज्य चलाएको स्थानको उचित संरक्षण हुन सकेको छैन ।
जिल्लाका अग्ला डाँडामध्ये रिब्दीकोट पनि एक मानिने यस क्षेत्रको ऐतिहासिक महत्वको प्रचार हुन नसक्दा यहाँको विकास हुन सकेको छैन । रिब्दीकोट सामाजिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय रूपमा समेत महत्व बोकेको यस क्षेत्रमा आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरी बर्सेनि हजारौँ पर्यटक तान्न सकिने सम्भावना छ ।
प्रतिक्रिया