विमानस्थलको सुरक्षा सशस्त्रले हेर्ने

काठमाडौँः गृह मन्त्रालयले अन्र्तराष्ट्रिय विमानस्थलसहित राजधानीबाहिरका ८ वटा क्षेत्रिय विमानस्थलको सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिन सिफारिस गरेको छ ।  नेपाल प्रहरी र सशस्त्र प्रहरीबीचको आन्तरिक विवाद साम्य पार्न बनेको सहचिवस्तरिय समितिले यस्तो सुझाव दिएको हो । गृहमन्त्री वामदेव गौतमले सहसचिव लक्ष्मी ढकालको संयोजनमा जेठ अन्तिम साता समिति बनाएका थिए । nepal airport अन्तर्राष्ट्रिय विमानस्थलसहित, भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगंज र धनगढी विमानस्थलको सुरक्षा जिम्मेवारी सशस्त्रलाई दिन सुझाएको कान्तिपुरमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित