काठमाडौँः
चिकित्सा सेवा सुधारको माग गदै अनसन बस्नुभएका डाक्टर गोविन्द केसीले १४ दिनपछि अनसन तोड्नुभएको छ । नेपाल सरकारका मुख्यसचिव डा सोमलाल सुवेदीको उपस्थितिमा केसीले माथिल्लो डोल्पा, मुकोट–३ का ३८ वर्षीय फुर्वा लामा र १८ महिने बालिका सुवानी उप्रेतीको हातबाट जुस पिएर आमरण अनशन तोडनुभएको हो । अनशन तोडेलगत्तै प्रा डा केसीले सरकारसँग भएको सम्झौताले तीन करोड नेपालीको जित भएको जानकारी दिनुभयो ।
उहाँले माथेमा प्रतिवेदन लागू गर्न सरकारसँग शनिबार राति नै एघारबुँदे सम्झौता भएको उल्लेख गर्दै आफूले थप अर्का एक दिन शान्ति र संविधानका लागि अनशन बसेको जानकारी दिनुभयो । शनिबार गोविन्द केसी र सरकारका तर्फबाट मुख्यसचिव सुवेदी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्दराज पोखरेलले सहमतिपत्रमा हस्ताक्षर गरी सम्झौता गनुभएको थियो ।
प्रतिक्रिया