गुणस्तरिय परामर्श र क्रिकेटको विस्तार हाम्रो लक्ष्य

० मोडल ग्लोबल भिसाज कन्सलटेन्सीको विशेषताहरु के–के हुन् ?
– मोडल ग्लोबलको विशेषता भनेको हामीकहाँ आइपुगेका कुनै पनि विद्यार्थीले अहिले सम्म कुनै पनि समस्या भोगेका छैनन् र अब पनि त्यस्तो अवस्था आउँदैन । यसको प्रमुख कारण भनेको हामीले विद्यार्थीहरुलाई दिएको गुणस्तरिय शैक्षिक परामर्श नै हो । हामीकहाँबाट विदेश गएका विद्यार्थीहरुलाई हामीले एयरपोर्टबाट विश्वविद्यालयसम्म पु¥याउने देखि उनीहरुलाई त्यहाँ रहँदा के–के आवश्यक सहयोग गर्न सकिन्छ, त्यो गरिरहेका हुन्छौं । विदेश बसाइका क्रममा कानुन अनुसार उसले काम गर्न पाउने समयमा पनि हामीले सकेसम्म कामका लागि पनि पहल गरिरहेका हुन्छौं । विद्यार्थीले कस्तो काम गरिरहेको छ, पढाइलाई कत्तिको प्राथमिकता दिएको छ इत्यादि विषयका बारेमा जानकारी लिनका लागि प्रत्येक चार–चार महिनामा विद्यार्थीसँग कुरा गरिरहन्छौं । ता की उसले त्यहाँ कुनै पनि किसीमको समस्या भोग्नु नपरोस् ।
० तपाईंले कुन देशलाई बढि प्राथमिकतामा राखेर काम गर्दै आउनु भएको छ ? – हामीले पहिले अष्ट्रेलिया र न्यूजिल्याण्डलाई बढी प्राथमिकता दिएका थियौं भने अहिले कुनै एउटा देशलाई फोकस गर्ने भन्दा पनि पाँचैवटा देशलाई उत्तिकै प्राथमिकतामा राखेर काम गर्दै आएका छौं ।
० मोडल ग्लोबल आइपुगेका विद्यार्थीहरुले के कस्तो सुविधाहरु पाउँछन् । – हामीले सबैभन्दा बढी विद्यार्थीको डकुमेन्ट्सलाई ध्यान दिन्छौं । उसको डकुमेन्ट्स हेर्दा उ कुन देशको कुन विश्वविद्यालयमा सहज रुपम अध्ययन गर्न सक्छ, त्यसलाई मध्यनजर गरी उसलाई त्यहि अनुसारको सल्लाह दिन्छौं र काम अघि बढाउँछौं । यो बाहेक हामीले तयारी कक्षाहरु पनि सञ्चालन गर्दै आएका छौं । हामीले चितवन र पोखरामा शाखा कार्यालय स्थापना गरी विद्यार्थीहरुलाई परामर्श पनि प्रदान गरिरहेका छौं ।
० कुनै विद्यार्थीको शैक्षिक स्तर राम्रो छ तर आर्थिक स्तर कमजोर छ भने त्यस्तो विद्यार्थीलाई के गर्नुहुन्छ ? – त्यस्ता विद्यार्थीहरुलाई हामीले रकम अभावका कारण विदेशमा देखिने सम्पूर्ण समस्याको बारेमा जानकारी गराउँदै नेपालमा नै अध्ययन गर्ने सल्लाह दिन्छौं ।० उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरु मोडल ग्लोबल खोज्दै आउनुपर्ने कारण के हो ? – सफलताको पछि जो पनि लाग्छ । मोडल ग्लोवलले पाएको सफलताका कारण नै विद्यार्थीहरु मोडल ग्लोवल खोज्दै आउँछन् । हामीले विद्यार्थीहरुलाई दिएको सेवा र सुविधाका कारण नै हामी सफलताको सिंढि उक्लिदै अघि बढि रहेका छौं ।० आफ्नो ब्राण्डको विस्तारका लागि मोडल ग्लोबल प्रवद्र्धनमा अलि अगाडि नै देखिन्छ नि ? – कुनै पनि बस्तुलाई टिकाउ बनाउनका लागि ब्राण्डको नै आवश्यकता पर्दछ । यो हामी सबैले बुझेकै कुरा हो । त्यसैले पनि हामी मोडल ग्लोवललाई एउटा ब्राण्डको रुपमा विस्तार गर्न शुरुवातका दिनदेखि नै क्रियाशिल भएर लागेका छौं ।० मोडल ग्लोबलको भावि योजना के छ ? – हामीले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई पूर्ण रुपमा जानकारी प्रदान गर्नका लागि कलेजमै गएर सेमिनार कक्षा सञ्चालन गर्न लागेका छौं । कुन देशमा कस्तो पढाई हुन्छ, लगानी कति गर्नुपर्छ, कुन देश जाँदा ठिक हुन्छ लगायत सम्पूर्ण विषयमा जानकारी गराउँछौं । जुन काम हामीले आउँदो दशैं पछि नै शुरु गर्छौं ।० उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुको चाप अहिले कस्तो छ ? – सन् २०१३÷१४ को तथ्यांकलाई हेर्ने हो भने अहिले विदेश जाने विद्यार्थीको संख्या बढेको छ । यसको प्रमुख कारण विद्यार्थीहरुले अन्तर्राष्ट्रिय स्तरमा पाउने गुणस्तरिय शिक्षा नै हो ।० पछिल्लो समयमा अष्टे«लियामा केही समस्या देखिएको थियो नि ? – नेपालमा बैशाख १२ मा गएको विनाशकारी महाभूकम्पपछि डकुमेन्ट्स पेन्डिङ हुँदा केही समस्या देखिएको थियो । तर, अहिले त्यो समस्याको समाधान भइसकेको अवस्था छ ।० केही समय अघि महानगरिय प्रहरी अपराध महाशाखाले शिक्षा मन्त्रालयको सहकार्यमा केही कन्सलटेन्सीहरुमा छापा मारेर अवैध कार्य गरेको भन्दै कारबाहीको प्रक्रिया अघि बढाएको छ, यसलाई कसरी हेर्नु भएको छ ? – प्रहरीले जुन काम ग¥यो, त्यो एकदमै सह्राहनीय छ । यसमा हामी कसैले पनि अवरोध पु¥याउनु हुँदैन । जसले गल्ति गर्छ उ कारबाहीको भागिदार हुनै पर्छ । यसमा जोडिएको महत्वपूर्ण कुरा के हो भने विदेश जान चाहने अधिकांश विद्यार्थीहरु राजधानी बाहिरका भएकाले यहाँ आउने विभिन्न समस्याका कारण सीमित समयका लागि कन्सलटेन्सीहरुले पनि विद्यार्थीको डकुमेन्ट्स राख्न पाउनु पर्छ ।० प्रहरीले छापा मार्दा केही व्यवसायीहरुले काम गर्न अप्ठेरो भएको आरोप लगाइरहेका छन् नि ? – जसले कानुनी प्रक्रिया पूरा गरेर काम गरिरहेका छन्, उनीहरुलाई यसले खासै असर गर्दैन । तर, जो कन्सलटेन्सीमा छापा मार्न आउनु हुन्छ, उहाँहरुलाई कन्सलटेन्सीको बारेमा जानकारी हुनु पर्दछ र प्रहरीले पनि तँ तँ र म म भन्ने भन्दा पनि आपसी समझदारीमा काम गर्नुपर्ने हुन्छ । ता कि गलत नगर्नेले कारबाही भोग्नु नपरोस् । जस्तै छापा मार्न आएका प्रहरीले तेरो कुरा मलाई केही पनि थाहा छैन, चौकीमा गएर सफाई दे भन्नुभयो भने त गलत नगर्नेलाई म किन चौकी जाने भन्ने हुन्छ र त्यहाँ विवाद निस्कछ । त्यसैले डकुमेन्ट्स बुझ्न सक्ने प्रहरी आउनु भयो भने हामीलाई सजिलो हुन्छ ।० उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी र तिनका अभिभावकहरुलाई के भन्नुहुन्छ ? – सबैभन्दा पहिला त मैले अभिभावकहरुलाई आफ्नो सन्तानको भविश्यको बारेमा बुझ्न एक पटक कन्सलटेन्सी आउन विनम्र अनुरोध गर्दछु । यहाँ अहिलेसम्म के भएको छ भने विद्यार्थी कन्सलटेन्सी आउँछन्, तयारी कक्षा लिन्छन् । उनीहरुले आवश्यक डकुमेन्ट्स पनि तयार पारिसकेका हुन्छन् । झण्डै ९० प्रतिशत काम सकिसकेका हुन्छन् तर अभिभावक एक पटक पनि बुझ्न आउनु भएको हुँदैन । जसले गर्दा धेरै समस्या देखिएका छन् । विद्यार्थीहरुलाई हामीले दिने सल्लाह भनेको आफू जाने देश, विश्वविद्यालय, त्यहाँको पढाई, काम गर्ने वातावरण, रहन सहन सम्पूर्ण विषयमा जानकारी लिन आवश्यक छ । जुन कुरा विद्यार्थी आफैले वेभसाइटको माध्यमबाट हेर्न सक्छन् । अरुलाई चोर दोष लगाउनु भन्दा थैलीको मुख बलियो बनाउनु नै उचित हुन्छ भनेझै पछि कन्सलटेन्सीलाई दोष दिने भन्दा पनि आफू पनि सक्षम भएर जानु नै उचित हुन्छ ।० प्रसंग बदलौं, परामर्श बाहेक मोडल ग्लोबलले अन्य के काम गर्दै आएको छ ? – म आफै क्रिकेटर भएको कारणले क्रिकेटमा आफूले सकेको लगानी गरिरहेको छु । जसका कारण राष्ट्रिय स्तरसम्म टेवा पुगेको छ । राम्रो पढ्ने तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुका लागि छात्रबृत्ति प्रदान गरेको छु । क्रिकेटप्रेमी जसले बल, व्याट नै खरिद गर्न सकेका छैनन् भने उनीहरुलाई बल र ब्याट पनि प्रदान गरेको छु । अर्को महत्वपूर्ण कुरा भनेको धनगढीमा बन्दै गरेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेल मैदान निर्माणका लागि पनि मोडल ग्लोबलले लगानी गर्ने लक्ष्य लिएको छ । अन्तर्राष्ट्रिय खेल मैदान भनेको कुनै एउटा संस्थाले बनाउन सक्दैन, त्यसैले नेपालमा जति पनि कन्सलटेन्सीहरु छन् ति सबैलाई उक्त मैदान निर्माणका लागि सकेको सहयोग गरिदिन म विनम्र आग्रह पनि गर्दंछु ।० क्रिकेटका राष्ट्रिय कप्तान पारस खड्कालाई नै ब्राण्ड एम्बेसडर बनाएर आफ्नो प्रवद्र्धन गराउनुको कारण के हो ? – मैले यसलाई पछिल्लो समय क्रिकेटमा नेपालले पाएको सफलतासँग जोडेर हेर्ने गरेको छु । जो सक्षम छ, उसलाई नै सबैले मन पराउँछन् । त्यसमाथि पनि क्याप्टेन, एउटा जिम्मेवार पद सम्हालेर बसेको व्यक्तिको झनै महत्व बढि नै हुन्छ । क्रिकेट मात्र नभई शिक्षामा पनि खड्काको देशप्रमि भावना देखिन्छ । उनले हरेक सेमिनारमा विदेश गएर पढ्न चाहने विद्यार्थीहरुलाई पढाइ पश्चात पुनः स्वदेश फर्किएर देशमै पसिना बगाउन आग्रह गर्दै आएका छन् । त्यसैले पनि हामीले पारसलाई नै रोजेका हौं ।० मोडल ग्लोवलले गर्ने अन्य कुनै काम ? – हामीले हरेक वर्ष मिस ग्लोवल इन्टरनेशनलको आयोजना गर्दै आएका छौं । महिलाहरु पनि अघि बढ्न सकुन भन्नका लागि नै हामीले यसको आयोजना गर्दै आएका हौं । प्लस टु सकेर बसेका युवतीहरुलाई व्यक्तित्व विकासका लागि टे«निङ दिने, नयाँ स्थानको भ्रमण गराउने, उच्च पदस्थ व्यक्तिबाट कक्षा दिने कार्य गर्दै आएका छौं । प्रतियोगिताको विजेतालाई हामीले छात्रबृत्ति र आर्थिक सहयोग पनि गर्दै आएका छौं ।
_t47NgmpGYa_5d2tpzbwyyftpgxckguzjlfqbg4gxugrxjojija1qore06i1l1egpsoao8qd_fnERlsnE8Q_mri58mynyn3uk1xumwjlh6rxvuqjwfc5w50wq62oxvnxbgxztjcvpcap3mcw.jpg)
वायु प्रदूषण आफैं हटेर जान्छ भन्ने सरकारी सोच नै गलत छ : डा.भुपेद्र दास
%2520(1)_SmibXa58tM_emq2a0tnrul4hk5gqtenlnwrprtngxl5kwrikvcyhaiuceqn4oxcshpvyx5q_AGQtB0lOM8_saigub7pse4ahx76chf1hjnssj1zwz2tb6beaygpta2fbaz78ezeqs99hmpy.jpg)
एनआरएनएलाई वैधानिक रुपमा लयमा फर्काउने मेरो प्रयास हो, सहयोगका लागि अपिल ग…
_qRFzC1DVep_bumkdp8qnmt6qyiienmj6z8pl0ogoauzedazkhlqnfbpkbvwyg8sg33t3mi9_UlSooBgEls_dudltu7mhmqhkuoaprzh6ccvmcloc6nipwidpsmkbzuiwmavuo8jxhgcgmze.jpg)
विदेश पढ्न जानुअघि फर्केर नेपालमै केही गर्छुभन्ने सोच बनाउनपर्छ : धिरज कंडेल

निर्माण व्यवसायीहरुको बाँच्ने आधार हराएको छ, बाध्यताले सडकमा छौं : रवि सिंह
_COU9bcBMEo_9hvubsziqnrkzxi3nnj9a4eq7sfgwbtvrle32ahzbou2g4uy0scbnzrnk7sj_tmu1UZtjRS_9ox5fxbunlxiepqocf632ooboqhqufzijqnkdyclubdodbncmz7w4jkmqww1.jpg)
अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ : अरुणकुमार सुवेदी

यतिबेला एनआरएनए हारेको अवस्थामा छ : डा.केशव पौडेल

बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १९३ जनाको मृत्यु

प्रतिक्रिया