गाडिमा सचिवको मनपरी, कर्मचारीले गरे निर्देशिका खारेजीको माग
काठमाडौँः अस्थायी, करार केन्द्रिय संघर्ष समन्यय समितिले सवारीसाधन (सञ्चालन तथा मर्मत) सम्बन्धी निर्देशिका खारेजीको माग गरेको छ । समितिले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा कर्मचारीहरुले सवारीसाधन (सञ्चालन तथा मर्मत) सम्बन्धी निर्देशिका खारेजीको माग गरेका हुन् ।
निर्देशिका कर्मचारीको हितमा नभएको भन्दै त्यसको खारेजीको माग गरिएको करार केन्द्रिय संघर्ष समन्यय समितिका सदस्य चिरञ्जिवी तिमिल्सनाले बताउनु भयो । सवारीसाधन (सञ्चालन तथा मर्मत) सम्बन्धी निर्देशिकामा सवारीसाधन सुविधान प्राप्त गर्ने पदाधिकारीहरुको लागि सवारी चालकको नयाँ दरवन्दी सिर्जना नगरिने उल्लेख गरिएको छ । निर्देशिका अनुसार सचिव–सहसचिवले आफ्नो गाडि आफै चलाएमा चालकको तलव समेत आफै लिन पाउने छन् ।
यो व्यवस्थाले चालकहरुको रोजगारी गुम्ने र उच्च अधिकारीको मनोमानी हुने भन्दै कर्मचारीहरुले विरोध गरेका हुन् । निर्देिशकाअनुसार नयाँ गाडी पाउने सचिव तथा सहसचिवलाई गाडी नै नबिग्रिए पनि मर्मत खर्चका नाममा मासिक पाँच हजार रुपैयाँ दिइने व्यवस्था छ । स्थायी चालक दरबन्दी रिक्त भएमा सो पद स्वत खारेज हुने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया