काठमाडौँः
समग्र बाग्लुङलाई प्रदेश नम्बर ४ मा राख्नुपर्ने माग गर्दै शनिबार अखण्ड बाग्लुङ पक्षधरले काठमाडौँमा जुलुस प्रर्दशन सहित संविधानसभा अगाडि प्रर्दशन गरेका छन् ।
बाग्लुङका सभाषद्हरु सहितको जुलुस माइतीघरदेखि वानेश्वरसम्म आएको थियो । संघीय सीमांकनका क्रममा जिल्लालाई चार र पाँच नम्बर प्रदेशमा विभाजन गर्नेे निर्णय सच्चाउन माग गर्दै उनीहरुले प्रर्दशन गरेका हुन् । बाग्लुङ टुक्राउन पाइँदैन, दाङ हामी गइँदैन, शीर्ष नेतृत्व होसियार,’ लेखेका प्लेकार्ड लिएर उनीहरुले नाराबाजी गरेका थिए । बाग्लुङ जिल्ला टुक्राउने निर्णय सच्चाउन धौलागिरीका सभासद्ले माग गदै आएका छन् । प्रर्दशनमा बाग्लुङदेखि काठमाडौँमा आइवसेका राजनितिक दलका नेता, कार्याकर्ता, विद्यार्थी र समाजसेवी सहभागी थिए ।
उता जिल्लामा भने बाग्लुङ टुक्राएको विरोधमा १४ दिनदेखि आन्दोलनमा उत्रिएका बागलुङबासीले शनिबार सडकमै सुतेर विरोध जनाएका छन् । बागलुङलाई दुई प्रदेशमा राखेको विरोधमा अनिश्चितकालीन बन्दसहित आन्दोनलका कार्यक्रम गर्दै आएका छन् ।
प्रतिक्रिया