काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हतार हतारमा हतियार खरिदको प्रक्रिया अघि बढाउन दबाब दिएको छ । आर्थिक चलखेलका आधारमा गृहमन्त्री वामदेव गौतमले हतियार खरिदको प्रक्रिया अघि बढाएका हुन् । आफुलाई बामदेवका धर्मपुत्र बताउने ठेकेदार दीपक भट्टको भित्री योजनामा छोटो प्रक्रियाबाट हतियार खदिर गर्न लागिएको छ । गत साताको मन्त्रीपरिषद्को बैठकले हतियार खदिरका लागि २ अर्ब रुपैयाँको बजेटमा सैद्धान्तिक सहमति दिएपछि ठेकदार भट्ट यतिबेला दौडधुपमा छन् ।
अहिले देशमा भइरहेको आन्दोलनमा प्रहरीसँग दंगा नियन्त्रणका लागि आवश्यक सामानहरु अभाव हुन लागेको बहाना गरेर छोटो प्रक्रियाबाट हतियार किन्न लागिएको हो । गोलीसहित, रबरको गोली, दंगा नियन्त्रण गर्ने गाडि, अश्रुग्यास, वाटरक्यानन लगायतका सामानहरु खरिद गर्न लागिएको हो । दुवै प्रहरीलाई ९५ करोडका दरले अर्थ मन्त्रालय बजेट दिन तयार भइसकेको छ ।
ती सामान खरिका लागि टेण्डर सम्बन्धि डकुमेन्ट बनाउने काम भइरहेको छ । जसमा ठेकेदार भट्टले चलखेल गरिरहेका छन् । आफु एजेन्ट भएको चिनियाँ कम्पनीबाटै दंगा नियन्त्रणका सामान खरिद गर्र्ने गरी टेण्डर डकुमेन्ट उनले मिलाउन लागेका हुन् । अघिल्लो पटक वामदेव गृहमन्त्री हुँदा पनि उनै भट्टले हतियार खरिद गरेका थिए । पछिल्लो समय हाइड्रोपावरको समेत दलाली काम गर्दै आएका उनले बामदेवको सबै घर खर्च हेर्ने गरेका छन् । गृह मन्त्रालयका ठूला ठेक्काका डिल पनि उनले नै गर्दै आएका छन् ।
केही समय अघि एआईजी राजेन्द्रसिंह भण्डारीलाई हतियार खरिद प्रक्रिया अगाडि बढाउन दबाब आएपछि उनले ठेकेदारको डिजाइनमा हतियार खरिदको काम नगर्ने बरु जहाँ जान पनि तयार रहेको भन्दै चेतावनी दिएका थिए । त्यसलगत्तै उनको तालिम केन्द्रमा सरुवा भएको थियो । यूनाइटेड पोस्ट साप्ताहिकबाट
प्रतिक्रिया