पर्वतः
पर्वतमा आव २०७१/०७२ मा जिल्लामा एक हजार ९६६ जनालाई अपाङ्ग परिचयपत्र वितरण गरेको छ । महिला तथा बालबालिका कार्यालय पर्वतले ८५ महिला र १२८ पुरुषलाई रातो परिचयपत्र वितरण गरेको छ ।
यस्तै निलो परिचयपत्र पाउनेमा ३०० महिला र २१५ पुरुष, पहेलो परिचयपत्र पाउनेमा ३०७ महिला र ४३८ पुरुष र सेतो रङको परिचयपत्र पाउनेमा १६५ महिला र ३३६ पुरुष रहेका छन् ।
रातो र निलो रङको परिचयपत्र पाउनेलाई मासिक भत्ताको व्यवस्था र अन्य परिचयपत्र पाउनेलाई सरकारले आरक्षणको व्यवस्था गरिएको छ । गत आवमा कार्यालयले जिल्लाको हुवास, लुङ्खु, चित्रे, पर्वत बेनीको मिलन चोकमा शिविर सञ्चालन गरेको जनाएको छ ।
प्रतिक्रिया