कहाँ छ सरकार भन्दै चिकित्सकहरुले शिक्षण अस्पताल ठप्प पारे

dr kc काठमाडौँः चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा डा गोविन्द केसीको मागमा समर्थन जनाउँदै आज अरु चिकित्सक पनि आन्दोलनमा उत्रिएका छन् ।

आमरण अनशनमा बसेका केसीसँग सरकारले वार्ताको पहलसम्म नगरेको भन्दै आवासीय चिकित्सकहरूले आज काम ठप्प पार्ने भएका हुन्। सरकारले डा केसीको मागलाई बेवास्ता गरेको भन्दै आवासीय चिकित्सकहरूले आकस्मिक बाहेकका सेवामा काम नगर्ने निर्णय गरेका छन् ।

चिकित्सकहरुले सेवा ठप्प पर्दा सयौ बिरामी मर्कामा पर्नेछन् । डा केसीको स्वास्थ्य अवस्था भने बिग्रिदै गएको छ । डा। केसीको हातगोडा बाउँडिने, पिसाब कम हुने, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या देखिनुका साथै कतिपय अवस्थामा बरबराउने, झस्कने, टाउको दुख्यो भन्ने जस्ता समस्या देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित