बुझेर जाँदा जापानमा समस्या छैन

[caption id="attachment_20452" align="alignleft" width="276"] महेश श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत, हार्डफोर्ड इन्फोटेक सेन्टर प्रालि[/caption]

नेपालबाट उच्च शिक्षाका लागि जापान जाने विद्यार्थीको संख्या दिन प्रतिदिन बढिरहेको छ । तर जापान पुगेका विद्यार्थीहरुले शरणार्थीका लागि आवेदन दिंदा नेपालको इज्जतमाथि नै प्रश्न उब्जिएको छ । अहिलेको तथ्यांक हेर्ने हो भने शरणार्थीका लागि आवेदन दिनेमा सबैभन्दा बढी नेपाली नै छन् । यसको मुख्य कारण स्वयम् कन्सलटेन्सी सञ्चालक र विद्यार्थी नै भएको बताउनु हुन्छ  हार्डफोर्ड इन्फोटेक सेन्टर प्रालिका प्रमुख कार्यकारी अधिकृत महेश श्रेष्ठ । सोचेभन्दा बढी कमाउने लक्ष्य बोकेर जापान जाँदा पनि त्यस्ता समस्या बढ्दै गएको उहाँको भनाई छ । जापान जाने विद्यार्थी, प्रहरीले कन्सलटेन्सीमाथि चालेको कदम, कन्सलटेन्सीहरुको अवस्थालगायतका विविध विषयमा mynewsnepal का लागि कुमार भण्डारीले गरेको कुराकानीः

महेश श्रेष्ठ,  प्रमुख कार्यकारी अधिकृत– हार्डफोर्ड इन्फोटेक सेन्टर प्रा. लि.

० हार्डफोर्ड इन्फोटेक सेन्टर कहिलेबाट सञ्चालनमा आएको हो ? – हामीले सन् २००५ मा बाणिज्य विभागमा दर्ता गरी हार्डफोर्ड इन्फोटेक सेन्टर सञ्चालनमा ल्याएका हौं । सन् २००९ बाट चाहिं हामीले कम्पनीमा दर्ता गरी काम गर्दै  आईरहेका छौं ।

० शुरुको समयबाट नै तपाईहरुले परामर्शको काम गर्नुभएको हो ? – होइन, हामीले सन् २००६ सम्म हामीले भाषा कक्षा र तयारी कक्षाहरुमात्र सञ्चालन गर्दैै आफू सक्षम बन्यौ र २००७ बाट चाहिं हामीले उच्च शिक्षाका लागि विद्यार्थीलाई विदेश पठाउन थालेका हौं ।

० हार्डफोर्ड इन्फोटेक सेन्टरले विद्यार्थीहरुलाई कुन–कुन देश पठाउँछ ? – हामीले शुरुको दिनबाट नै नेपाली विद्यार्थीहरुलाई जापान पठाउँदै आएका छौं र अहिले पनि जापानको मात्र काम गरिरहेका छौं ।

० जापान पुगेका विद्यार्थीहरुले शरणार्थीका लागि आवेदन दिंदा विवाद पनि उब्जिएको छ नि ? – हो, जापान पुगेका नेपालीहरुले शरणार्थीका लागि आवेदन दिंदा नेपाल र नेपालीको नै इज्जतमाथि प्रश्न उब्जिएको छ । अहिलेको तथ्यांक हेर्ने हो भने शरणार्थीका लागि आवेदन दिनेमा सबैभन्दा बढी नेपाली नै छन् । यसलाई रोक्न हामी सबैले प्रयास गर्नुपर्छ ।

० यसको मुख्य कारण त कन्सलटेन्सीहरु नै होइनन् र ? – यसमा दुईवटा पक्षहरु उत्तिकै भागिदार हुन्छन् । कन्सलटेन्सी र विद्यार्थी । हामी कन्सलटेन्सी सञ्चालकहरु पनि यस कुराबाट पन्छिन मिन्दैन । अर्को कुरा भनेको विद्यार्थीले आवश्यकता भन्दा बढी सोच्नु नै हो जस्तो लाग्छ मलाई । नेपाली विद्यार्थीहरु विदेश जाने भनेको पढ्न र कमाउन नै हो । सोचेभन्दा बढी कमाउने लक्ष्य बोकेर जाँदा पनि यस्ता समस्या देखिएका छन् । जापान पुगेपछि विद्यार्थीहरु पढ्न छाडेर काममा व्यस्त हुने, तोकिएको समयभन्दा बढी काम गर्ने जस्ता कारणले गर्दा जापान सरकारले भिसाको म्याद थप गर्दैन । सोही कारण उनीहरुले नेपाल फर्कनु भन्दा जसरी भएपनि उतै बस्न बेस भन्दै शरणार्थीको आवेन दिने गरेका छन् । अब कुरा रह्यो कन्सलटेन्सीको । कतिपय कन्सलटेन्सीले पनि रोजगारीको ग्यारेन्टी, धेरै पढ्न नपर्ने भन्दै विद्यार्थीहरुलाई फकाएर पठाउँदा पनि समस्या बढेको हो ।

० हार्डफोर्ड इन्फोटेक सेन्टरले जापानका कतिवटा विश्वविद्यालयसँग सहकार्य गरेको छ ? – हामीले जापानको विश्वविद्यालय मात्र नभई त्यहाँको कलेज, विद्यालय र भाषा कक्षा सञ्चालन गर्ने जापनीज भाषा स्कुलसँग सहकार्य गरेर काम गर्दै आएका छौं । हामीले ३० भन्दा बढी विश्वविद्यायल तथा स्कुलसँग सहकार्य गरेका छौं ।

० जापान जाने विद्यार्थीहरुको छनौट कसरी गरिन्छ नि ? – अहिले यस विषयमा एकदमै विवाद र बहस हुँदै आएको छ । बजारमा अहिले कस्तो हल्ला छ भने पढ्न नसक्ने र धेरै समय पढ्न छाडेका(ग्याप भएका) विद्यार्थी चाहिं जापान जाने भन्ने चलेको छ, जसले गर्दा हामी जापानका लागि मात्र काम गर्ने कन्सलटेन्सीहरुलाई अलि अप्ठेरो परेको छ । त्यस्ता विद्यार्थीहरु छानेर जापान पठाउने अनी जापान राम्रो भएन भनेर आरोप लगाउनु कहाँसम्म सहि हो ? हामीले यहाँबाट राम्रो पढ्ने विद्यार्थीका लागि राम्रो ठाउँमा नै पठाउँदै आएका छौं । अहिले आइटी र इन्जिनियरिङमा ग्य्राजुएशन गरेर जापान जाने विद्यार्थीको संख्या धेरै नै छ । उनीहरुको भविश्य पनि उज्जल छ । किनकी विश्वमै सबैभन्दा राम्रँे आइटी टेक्नोलोजो जापानकै छ । यो हामी सबैलाई थाहा भएकै कुरा हो ।

० हार्डफोर्ड इन्फोटेकले चाहिं विद्यार्थीहरुलाई कसरी छनौट गर्छ त ? – हामी ३ वर्ष भन्दा बढी ग्याप भएका विद्यार्थीलाई लिंदैनौ । जापानले लिन्छ तर हामी लिंदैनौं । हामीले बेला बेलामा सेमिनार गरिरहेका हुन्छौं । जापानका कलेजका प्रतिनिधिलाई नै ल्याएर यहाँ विद्यार्थीहरुसँग भलाकुसारी गर्न लगाउँछौं । उनीहरुले नै विद्यार्थीलाई छनौट गर्छन् र हामी आवश्यक डकुमेन्ट तयार पारी विद्यार्थीलाई पठाउँछौं ।

० जापानका लागि अहिलेको समस्या चाहिं के हो ? – जापान जाने विद्यार्थीहरुले समय अनुसार पढ्ने र समय अनुसार काम गर्ने हो भने खासै त्यस्तो समस्या छैन । जापानको लागि एकमात्र समस्या भनेको भाषा नै हो । जापान जान जापनीज भाषा नै जान्नुपर्ने हुन्छ ।

० हार्डफोर्ड इन्फोटेक सेन्टरको विशेषता के हो ? – सबैभन्दा पहिले कुरा त हामी जापानका लागि मात्र काम गर्छौं । त्यसैले हामी यसमा पूर्णरुपमा दक्ष छौं । हामीसँग जापानमा ग्य्राजुएड भएर आउनु भएका शिक्षकहरुले नै कक्षा लिनुहुन्छ भने ओरेन्टेसन कक्षा जापानका विश्वविद्यालयका प्रतिनिधिले नै लिनुहुन्छ । जापान जानु अघि हामीकहाँ आएका विद्यार्थीहरुले जापानको बारेमा लगभग सबै विषयमा जानकारी पाइसकेका हुन्छन् । त्यसपछि विद्यार्थीले कुन स्थानामा जाने हो ठाउँ छनौट गर्छन् र हामीले पनि सोही ठाउँमा पठाउँछौं । तर यहाँ के छ भने धेरै कन्सलटेन्सीहरुले तिमी यो ठाउँमा जाउ भनेर त्यस ठाउँको बारेमा मात्र जानकारी गराएका हुन्छन्, जसकारण विद्यार्थीले त्यस भन्दा अन्य स्थानको बारेमा जानकारी नै पाएको हुँदैनन् । जापानमा १६ भन्दा बढी शहर छन् ति सबै राम्रा छन् भन्ने पनि त छैन । ति सबैको बारेमा पहिले विद्यार्थीलाई जानकारी त गराउनु पर्छ नि । यसरी विद्यार्थीलाई पूर्ण जानकारी नदिंदा पनि समस्या आएको हो । तर हामी भने जापानका सबै शहरको बारेमा विद्यार्थीलाई जानकारी गराउँछौं र उनीहरुले आफ्नो आर्थिक र शैक्षिक स्तर हेरेर नै ठाउँ रोज्छन् ।

० पछिल्लो समयमा महानगरिय प्रहरी अपराध महाशाखाले कन्सलटेन्सीहरुमा छापा मारी कारबाही प्रक्रिया अघि बढाएको छ, तपाई के भन्नुहुन्छ ? – नेपाल प्रहरीले जे ग¥यो, त्यो काम सह्राहनीय छ । हामीले त्यसलाई स्वागत गर्नुपर्छ । जसले गलत गर्छ उ कारबाहीको भागिदार हुनै पर्छ । तर गलत नगर्ने जो कोही माथि चाहिं कारबाही हुनु हुँदैन ।

० कन्सलटेन्सीहरुले पासपोर्ट राखे, जुन अवैध हो र मेनपावरको काम गरे भन्ने आरोप पनि लागेको छ नि ? – कन्सलटेन्सीहरुले पासपोर्ट राख्नुपर्ने आवश्यकता त छैन । तर कतिपय अवस्थामा राख्नुपर्ने पनि हुन्छ । कति विद्यार्थीहरु राजधानी बाहिरका छन्, उनीहरुले नै कन्सलटेन्सीमा नै राख्छन् । हामीलाई चाहिने भनेको विद्यार्थीको शैक्षिक डकुमेन्ट मात्र हो, पासपोर्ट होइन् । पासपोर्ट राख्दैमा मेनपावरको काम गरे भन्न चहिं मिल्दैन । हामीले त विद्यार्थीको अभिभावक भएर काम गरिरहेका हुन्छौं नि । विद्यार्थीको सहमतिमा पासपोर्ट राख्न त पाइयो नि होइन र ? यसलाई गलत तरिकारले मात्र व्याख्या गर्न पनि मिल्दैन । तर कसैले गलत गर्छ भने उसलाई करबाही चाहिं हुनै पर्छ । विद्यार्थीको एकेडेमीक डकुमेन्ट चाहिं हामीले राख्न पाउनुपर्छ तर पासपोर्ट आवश्यकता पर्दैन ।

० शैक्षिक परामर्श संघ(इक्यान) ले पहिले प्रहरीले छापा हानेको कामलाई सही हो भन्यो तर पछि पुनः यसलाई रोक्नुप¥यो भन्दै पत्रकार सम्मेलन नै ग¥यो, यसलाई कसरी हेर्नुभएको छ ? – इक्यानको बारेमा मैले केही बोल्न मिल्दैन । किनकी म इक्यानको आधिकारीक व्यक्ति होइन । तर हाम्रो संस्था इक्यानको सदस्य भएको नाताले के भन्छु भने कुनै पनि संस्थाले आफ्ना सदस्य संस्थाहरुलाई बचाउन खोज्नु स्वभाविकै हो, तर गतल गर्नेलाई चाहिं बचाउन खोज्नु झन ठूलो गलत हो । मैले नै गलत गरे भने पनि मलाई कारबाही हुनैपर्छ ।

० जापान जान चाहने विद्यार्थी तथा उनीहरुका अभिभावकहरुलाई के भन्नुहुन्छ ? – उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुको मुख्य समस्या के हो भने विद्यार्थीहरु परामर्श लिन आउँछन्, परामर्श लिन्छन, कक्षा लिन्छन्, आवश्यक डकुमेन्ट पनि तयार गर्छन । हामीले उहीहरुलाई अभिभावकलाई पनि ल्याउनु भन्छौं तर अधिकांश विद्यार्थी राजधानी बाहिरका हुने हुँदा ल्याउन पनि समस्या हुन्छ । विदेश जाने बेला हुन लागिसक्यो तर अभिभावकलाई नै पूर्ण रुपमा थाहा हुँदैन । जसका कारण अन्त्यमा गएर विद्यार्थी र अभिभावकलाई नै समस्या पर्छ । मैले भन्न खोजेको के हो भने आफ्नो छोरा छोरीले के गर्दैछन् भन्ने चाहिं अभिभावकले पनि बुझ्न खोज्नु पर्छ । विद्यार्थीले भने जापनीज भाषा राम्रोसँग पढ्नु प¥यो । जापनीज भाषा नजानिकन जापान जानु भनेको मुर्खता हो । आफु जाने ठाउँ, त्यहाँको शैक्षिक वातावरण, काम गर्ने समय, आफू जाने कलेज तथा विश्वविद्यालय आदिको बारेमा पूर्ण रुपमा बुझेर मात्र जापान मात्र होइन जुनसुकै देश जान म विद्यार्थीहरुलाई आग्रह गर्दछु । अर्को महत्वपूर्ण कुरा के हो भने विदेश गएका विद्यार्थीहरुमा कुनै शीप नहँुदा पनि समस्या देखिएको छ । यदि यहाँबाट नै एउटा शीप लिएर जानु भयो भने विदेशमा समस्या पर्दैन, आपूmले जानेको काम गर्न पाइन्छ । त्यसैले पनि आफू दक्ष भएर मात्र विदेश जान आग्रह गर्दछु । म विदेश गएर यो काम गर्न सक्छु, मेरो परिवारले यति आर्थिक सहयोग गर्न सक्छ भन्ने सोचेर विदेश जाने हो भने त्यो विद्यार्थी सुखी हुन्छ र भोलिका दिनमा पनि कन्सलटेन्सीमाथि जुन आरोप लग्दै आएको छ त्यो पनि हट्दै जान्छ । त्यसैले म विद्यार्थीहरुलाई के आग्रह गर्छु भने अरुको लहलहैमा लागेर विदेश जान नखोज्नु नै उचित हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित