बाम गठबन्धनले मुलुक कतातिर ?


दुई ठूला कम्युनिष्ट दल नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको व्यक्तिगत स्वार्थले वाम गठबन्धन बनेको कुरा बाहिर आउन थालेका छन् । मत आफूतिर तान्ने प्रयास स्वरुप वाम गठबन्धन बनाएका उनीहरूभित्र विवाद देखिएका समाचार पनि आउन थालेका छन् । मंसिर ९ गते पार्टी एकीकरण गर्ने तयारी गरेका माओवादी र एमालेले अहिले आएर त्यो निर्णयलाई खारेज गरेका छन् । एमाले अध्यक्ष केपी ओली तत्काल माओवादीलाई पार्टीमा मिसाउने पक्षमा छैनन् । ओली र प्रचण्डबीच भएको सहमति अनुसार निर्वाचन अगाडि नै पार्टी एकीकरण गर्ने सहमति गरेका थिए । तर, ओलीले झापाबाट निर्वाचन अगाडि पार्टी एकीकरण नहुने बताए । प्रचण्ड निर्वाचन अगाडि पार्टी एकीकरण गरेर प्रधानमन्त्री पद आफूलाई सुरक्षित बनाउन चाहन्थे । यो कुरा बुझेरै ओलीले पार्टी एकीकरणको कुरा खारेज गरिदिएको टिप्पणी हुन थालेको छ । ओलीको स्वार्थी कुराले वाम गठबन्धनलाई झन् ठूलो नोक्सानी हुने अवस्था आउँदैछ । ओलीका कुरा बुझेर प्रचण्डले पनि सोच विचार गरेर कदम उठाएका छन् । ओलीका कारण प्रचण्डले नेपाली कांग्रेसलाई चिढाउने काम गरेका छैनन् । निर्वाचन अगाडि होस् वा पछाडि एमालेसँगको सम्बन्ध विग्रिन सक्ने देखाएको छ । यस्तो अवस्थामा प्रचण्डले कठोर निर्णय लिएर ठण्डा दिमागले सोच्नुपर्छ । ओली र प्रचण्डले वाम गठबन्धन बनाएपछि त्यसलाई मूर्त रुप दिन पार्टी एकीकरण गर्नु नै राम्रो हुने माओवादी र एमालेका अधिकांश नेताहरुको धारणा छ । अब मुलुकमा कम्युनिष्ट र लोकतान्त्रिक शक्तिबीच दुई धार बनाएर जानु नै उचित हुन्छ ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_iFR0mlL19V_nouobskxue0vorydvqhvq0gembcxcsfpudgzruskajtypdkorpw1xaiiai5d.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_d53qqT5TUS_n6eag6zmk8ph3ehjgeay7nmdue5ack3ixhorkvshwuyjjc9wl1boyzjs948f.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_Wla3TESud9_xrpww4bcoudh5rljhndewt47azduwbhrvm25piwd0tzy3djtbo8ygjkf9qxz.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_IPnMQzN0vJ_4ecxbmhvpa8jblkizcukgbjizbha4gl8dugdjrjy24otjvymnsucrwddtfbb.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया