पहिरोका कारण दुलाल गाउँ नै जोखिममा

सञ्जिव दुलाल, भक्तपुरः सुडालको दुलाल बस्ती पहिरोको जोखिममा परेको छ । अविरल बर्षात्को कारण महामञ्जुश्री–नगरकोट नपा वडा नं. ५ सुडालको दुलाल बस्ती पहिरोको जोखिममा परेको हो । भुकम्पका कारण चिरा परेको स्थानमा बर्षाको पानी छिरी पहिरो जान थाले पछि उक्त स्थानमा रहेका १०० घर धुरी जोखिममा परेका छन् । पहिरोको कुनै जाखिम रहेको स्थान नभएपनि हाल भुकम्पका कारण चिरा परेको स्थानमा अविरल परेको पानी पस्दा दुलाल टोलको १० भन्दा बढि स्थानमा पहिरो जाँदा घर टहरा हरु जोखिममा परेको स्थानिय नारायण प्रसाद दुलालले बताए । ‘पहिरो बाटोसम्म आइपुगेको छ, दुलाल गाउँ जाने बाटो नै बन्द भएको छ केटाकेटी विद्यालय जानका लागि सवारी साधन आउने बाटो सम्म पनि छैन उनले बताए । pahiro उनका अनुसार पहिरोको जोखिममा दुलाल गाउँका १०० घरहरु उच्च जोखिममा रहे पनि अहिले भने ३० बढी जोखिममा परेका छन् । ती घरहरुको आँगन सम्म नै पहिरो गइसकेको छ । नारायण प्रसाद दुलाल, हरिशरण दुलाल , सुर्दशन दुलाल , भुमिनारायण सापकोटा , सुरेस सापकोटा , लक्ष्मण दुलाल, कुवेर सापकोटा, अनिल सापकोटा , कुमार तिमिल्सेना , गणेशकुमार तिमिल्सेना, मक्तिनाथ दुलाल , कुमार दुलाल, विनोद दुलाल , सन्तराम दुलाल, अर्जुन दुलाल लगाएतका हरुको घर हाल पहिरोको उच्च जाखिममा रहेको स्थानिय बताउँछन् । स्थानीयहरुले सो ठाउँमा कहिले पनि पहिरो नगएको र उक्त स्थानहरु एक दम मजवुत भएका कारण बाउ बाजेको पाला देखी नै बस्ती रहेको जनाएका छन् । उनीहरुका अनुसार अव पनि पहिरो नरोकिने हो भने ३० घर सुरक्षित स्थान तर्फ सर्नै पर्ने बाध्यतामा रहेको स्थानिय बताउँछन् । pahiro 2 रात भर पानी पर्दा आफ्नो घर पहिरोले लैजाने हो की भनेर कुरी बस्न बाध्य भएको स्थानिय भुमिनारायण सापकोटा बताउँछन् । उनको घर पछाडी पहिरोले बाँसको झाँङ नै बगाएको छ । यस्तै दुलाल गाउँमा हाल एक साता देखि कुनै पनि सवारी साधन चल्न नसक्दा भक्तपुर आउन समेत स्थानिय २ घण्टा पैदल हिड्न बाध्य भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित