काठमाडौं । महानगरिय प्रहरी अपराध महाशाखाले यतिखेर शैक्षिक परामर्श दिने नाममा ठगी धन्दा सन्चालन गर्दै आएका केही कन्सलटेन्सीलाई छापा मारी कारबाहीको दायरामा ल्याएको छ। यता , थापाथलीमा रहेको युनिभर्सिटी भिलेज नामको एजुकेशन कन्सल्टेसीको लगानी र अन्य गतिविधी संकास्पद देखिएपछि नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले उक्त कन्सल्टेन्सीलाई सदस्य दिनबाट रोकेको छ । नेपालकै पहिलो एजुकेशन मल र १ सय भन्दा बढि सूचना केन्द्र रहेको दाबी गर्ने युनिभर्सिटी भिलेजले गत वर्ष शैक्षिक मेलाको आयोजना गर्दा इक्यानसँग विवाद बढेको थियो । स्रोतका अनुसार इक्यानले छानविन गर्दा लगानी नै संकास्पद रहेको भेटिएपछि सदस्यता दिनबाट रोकेको हो । युनिभर्सिटी भिलेजमा चितवनका सोमनाथ घिमिरे, नेपाली कांग्रेसका सभासद् सोभाकर पराजुली, केही डन र क्यासिनो किङ बलराम सापकोटा (बले)को लगानी रहेको छ । क्यासिनोबाट कमाएको अवैध पैसालाई बैध बनाउन बलेले श्रीमतीको नाममा युनिभर्सिटी भिलेजको शेयर किनेका छन् । केही भारतीय विश्वविद्यालयको लगानी रहेको भन्दै युनिभर्सिटी भिलेजका संचालकहरुले दाबी गर्दै आएपनि यथार्थ भने डन र तस्करको अवैध पैसा रहेको स्रोतको भनाई छ । युनिभर्सिटी भिलेजलाई शिक्षा मन्त्रालयले पनि शैक्षिक परामर्शको स्वीकृति दिएको छैन । यूनाइटेड पोस्टबाट
प्रतिक्रिया