पाँच बिकास क्षेत्रलाई पाँच प्रदेशको मान्यता दिनुपर्छ : सुजाता
चितवन :
पुर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले मुलुकलाई संघियतामा लैजादा अहिले कै पाँच बिकास क्षेत्रलाइ पाँच प्रदेशको मान्यता दिनुपर्ने बताउनु भएको छ । मंगलबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस प्रभावसाली नेतृ समेत रहनु भएकी कोइरालाले प्रशासनीक आधारमा बिभाजन गरिएको पाँच बिकास क्षेत्रलाई नै पाँच वटा प्रदेशमा बिभाजन गर्नु उपयुक्त हुने धारणा राख्नु भयो । उहाँले हिमाल पहाड र तराइलाई छुट्याएर प्रदेश निर्माण गर्दा अव्यवहारीक हुने भन्दै, हिमाल, पहाड र तराइ तिनै वटा क्षेत्र समेटेको पाँच बिकास क्षेत्र पाँच प्रदेशमा बिभाजन गर्दा सबै भन्दा उपयुक्त र वैज्ञानीक हुने समेत बताउनु भयो ।
नेतृ कोइरालाले पाँच वटा प्रदेश निर्माण गर्दा पहिलाको पाँच बिकास क्षेत्रको नक्सा र सिमा यथावत कायम हुने भएकाले प्रदेशको नक्साङ्कन र सिमाङ्कनमा कुनै समस्या नआउने पनि स्पष्ट पार्नु भयो । उहाँले गिरिजा बाबुले पनि नेपाल लाई संघियतामा लादा पाँच बिकास क्षेत्रलाइ नै प्रदेशको मान्यता दिनु हरेक दृष्टीकोणबाट उपयुक्त हुने बताउने गरेको भन्दै प्रदेशको निमार्णमा गिरिजा बाबुको सुझावलाई नभुल्न पनि सबै नेतालाई आग्रह गर्नु भयो ।
प्रतिक्रिया