स्वर्गजस्तै छ कोशी, हेर्नुहोस निर्मल दाहालले कैद गरेका तस्विरहरु

प्राकृतिक छटाँ र सुन्दरताका कारण नेपाल साच्चिकै धनी छ । यहाँ भएका विशाल सम्पादाहरु नेपालका गहनाहरु हुन् । नेपाल छप्पकै गहना भिरेर सुन्दर बनेका कारण विश्वका मानिसहरु सुन्दर नेपाल हेर्न आइपुग्छन् ।  यीनै गहनाहरु मध्येको हिरा हो कोशी नदी ।

koshi 8

koshi 6कोशी नदी नेपालको सबैभन्दा ठूलो नदी हो। यसका सहायक नदीहरूमा अरूण, तमोर, सुनकोशी, भोटेकोशी, लिखु, तामाकोशी, इन्द्रावती पर्दछन्। सात वटा मुख्य सहायक नदी मिलेर बनेको हुनाले यसलाई सप्तकोशी पनि भनिन्छ।koshi 5

कोसी नदी नेपालमा हिमालयदेखि निस्कन्छ र बिहारमा भीम नगरका बाटाहरू देखि भारतमा प्रवेश हुन्छ। कोसी नदीकै किनारामा कोशी टप्पु वन्य जन्तु आरक्षण रहेको छ । यो आरक्ष २०३२ सालमा लोपोन्मुख अवस्थामा रहेका अर्ना हरूको संरक्षीत बासस्थानको रूपमा स्थापना भएको हो। प्रस्तुत तस्विरहरु त्यहीँ आरक्षभित्र रहेका पोखरीहरु हुन् ।

koshi 1 koshi 2 koshi 3 koshi 4

राम्रो र ठूलो सिमसार क्षेत्र भएका कारण यस आरक्षमा र्साईवेरिया देखि घुमन्ते चराहरू आवत जावत गर्ने गर्दछन्, त्यति मात्र नभई यो आरक्ष दुर्लभ गिद्धको लागि पनि प्रसिद्ध मानिन्छ।

प्रतिक्रिया

सम्बन्धित