बागलुङ जिल्लालाई विभाजन नगर्न सभासद्हरुद्वारा ध्यानाकर्षण

काठमाडौँः प्रादेशिक सीमाङ्कनमा बागलुङ जिल्लालाई विभाजन गर्न नहुने धारणासहित बागलुङ र धौलागिरि अञ्चलका विभिन्न जिल्लाका डेढ दर्जन सभासद्ले लिखित ध्यानाकर्षण गराउनुभएको छ । संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको जारी बैठकमा सो क्षेत्रका सभासद्हरुले बागलुङ जिल्लाले पाइरहेको सुविधासमेत वञ्चित हुने गरी सीमाङ्कनमा शीर्ष नेताबाट सहमति भएकामा विरोध जनाउनुभयो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताको पहिलो परिणाम नै आफूहरुलाई थाहा नपाई बागलुङ टुक्रिएको समाचारबाट थाहा पाउनुपरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।baglun नेपाली काँग्रेसका सभासद् प्रकाश पौडेलले पनि बागलुङ, म्याग्दी, पर्वत, मुस्ताङलगायतका जिल्लाका सभासद्ले बागलुङ जिल्लालाई विभाजन नगर्न समितिका सभापति डा बाबुराम भट्टराईसमक्ष ध्यानाकर्षण गराएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित