नेपालमा सीएको भविश्य उज्ज्वल छ

balchandraनेपालमा चाटर्ड एकाउन्टटेन्ट(सिए) अध्ययन गराउने संस्थाहरुको इतिहास हेर्ने हो भने दुई दशक पनि पूरा भएको छैन । नेपालमा सीए अध्ययन गर्ने ठाउँ नपाएर भारतबाट सीए अध्ययन गरेर आएकाहरुको संख्या धेरै नै छ । तर, पछिल्लो समयमा भने नेपालमा पनि सीए अध्ययन गराउने संस्थाहरुको कमी छैन । सीए अध्ययन गराउने संस्थाहरुमध्ये सबैभन्दा पुरानो संस्था हो, सीएआई इन्टरनेशलन । अझै पनि भारतमा सीए अध्ययन गर्न जाने विद्यार्थीको संख्यामा कमी आउन सकेको छैन । तर अहिले भने नेपालमै सीए अध्ययन गर्ने विद्यार्थीहरुको संख्या दिनप्रतिदिन बढिरहेको दावी गर्नुहुन्छ सीएआई इन्टरनेशलनका प्रमुख बालचन्द्र प्रवाह । नेपालमा सीए अध्ययन, यसको इतिहास, सरकारले यसप्रति हेर्ने दृष्टिकोण र सिएको भविश्यलगायतका विविध विषयमा सीएआई इन्टरनेशलनका प्रमुख बालचन्द्र प्रवाहसँग यूनाइटेड पोष्टका लागि कुमार भण्डारीले गरेको कुराकानी :

बालचन्द्र प्रवाह, प्रमुख–सीएआई इन्टरनेशलन

० अहिले चाटर्ड एकाउन्टटेन्ट(सिए) अध्ययन गर्ने विद्यार्थीको संख्या कति छ ? – विगत चार÷पाँच वर्षदेखिको तथ्यांक हेर्ने हो भने विद्यार्थीको संख्या झण्डै उस्तै छ । घटेको पनि छैन र उल्लेख्य रुपमा बृद्धि भएको अवस्था पनि छैन ।

० नेपालमा भन्दा भारतमा गएर सीए अध्ययन गर्नेको संख्या बढि छ नि ? – हो, यो कुरा साँचो हो । तर विस्तारै नेपाली बोर्डमा पढ्ने विद्यार्थीको संख्या पनि दिन प्रतिदित बढ्दै गएको छ । भारतमा पढेका विद्यार्थीहरुले नेपालमा आएर एक वर्ष इन्टर्न गर्नु पर्ने र परिक्षा नीतिका कारणले गर्दा नेपालमै पढ्ने विद्यार्थीहरुको संख्या बढ्दै गएको हो ।

० भारतीय वोर्ड चाहिं विश्वमा नै मान्यता प्राप्त भएर विद्यार्थीहरु उतै लागेका हुन त ? – विश्वव्यापी रुपमा पक्कै पनि भारतीय बोर्ड नै अगाडि छ । उनीहरुको इतिहासको कुरा गर्ने हो भने पनि झण्डै छ दशक नाघिसकेको छ भने नेपालले एक दशकमात्र पूरा गरेको इतिहास छ । त्यसैले पनि भारतीय बोर्ड नै अगाडि छ । तर अब केही समयमा नै नेपाललाई पनि यूकेले सम्बन्धन दिने प्रक्रिया अगाडि बढेको छ । सम्बन्धन दिएको खण्डमा दुबै बोर्ड उस्तै हुन्छन् ।० सरकारले यो क्षेत्रलाई हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ? – वास्तवमा भन्ने हो भने सरकारलाई त सीएको बारेमा थाहा नै छैन जस्तो लाग्छ मलाई । त्यहाँ देश बनाउने व्यक्ति नै छैनन् कि जस्तो पनि लाग्छ । यसमा चाटर्ड एकाउन्टेन्टहरुको छाता संस्था आइक्यानको पनि पहल नपुगेको हुन सक्छ ।० सीए अध्ययनका लागि धेरै विद्यार्थीहरु विदेशिएका छन् नि, उनीहरुलाई नेपालमै अध्ययन गराउन चाहिं के गर्नुपर्ला ? – हो, धेरै विद्यार्थीहरु सीए अध्ययनका लागि विशेषगरी भारत नै गएका छन् । गुणस्तर बढाउने हो भने उनीहरु आफै नेपालमा अध्ययन गर्न इच्छुक भइहाल्छन् नि । यसमा आइक्यान र शिक्षा मन्त्रालयले पहल गर्न सक्नुपर्छ ।० सीए अध्ययन एकदमै गाह्रो छ भनिन्छ नि ? – हो, एकदमै गाह्रो छ ।० यति गाह्रो हुनुको कारण के हो ? – अरु विषजस्तो ३५ प्रतिशत आउँदैमा यसमा पास भइदैन । ५० प्रतिशत भन्दा बढी अंक ल्याउनै पर्छ । धरातलीय अध्ययन गरेर पास गर्न सकिदैन । विषयबस्तुको गहिराईसम्म नै पुग्नुपर्छ । त्यसैले पनि गाह्रँे छ । जसरी डाक्टरले नजान्दा विरामीको मृत्यु हुन्छ, त्यसरी नै सीए पनि दक्ष भएन भने एउटा कार्यालयमात्र होइन देश नै डुब्न सक्छ ।० पछिल्लो समयमा भारतमा सीए अध्ययन गरेका विद्यार्थीहरु आन्दोलित पनि भए नि ? – हो, एक वर्षे इन्टर्न गर्नुपर्ने प्रावधान राख्दा विद्यार्थीहरु आन्दोलित भएका हुन् ।० के त्यो निर्णय सहि थियो ? – भारतमा अध्ययन गरेका विद्यार्थीहरुले ‘डमी’ गरे भन्ने विषय बाहिर आएकाले यस्तो निर्णय गरिएको थियो । डमी भन्नाले त्यहाँको सीएलाई घुस खुवाउने र काम गरेको छ भनेर उसले भनिदिने जस्ता कुरा बाहिर आएपछि एक वर्षे इन्टर्नको प्रावधान ल्याइएको हो । तर यसले राम्रँेसँग अध्ययन गरेका विद्यार्थीहरुलाई त अप्ठेरो प¥यो । यसमा नियमन गर्ने निकायले अध्ययन गरेर मात्र त्यस्तो निर्णय गर्नुपर्दथ्यो । सजाय दिनेलाई दिनै पर्छ तर राम्रँे गर्नेले त सजाय पाउनु भएन नि ।० सीएआईको इतिहास कस्तो छ ? – नेपालमा पनि सीए अध्ययन गर्न सकिन्छ भनेर स्थापना भएको नेपालकै पहिलो संस्था हो सीएआई । सन् १९९६ मा हामीले यसको स्थापना गरेका हौं । त्यसभन्दा अघि नेपाली विद्यार्थीहरुले नेपालमा सीए अध्ययन गर्न पाउँदैन थिए । उनीहरु सीए अध्ययनका लागि भारत वा अन्य कुनै देश नै जानु पर्ने हुन्थ्यो । चार जना व्यक्तिबाट शुरु भएको यस संस्थामा आवद्ध साथीहरुले नै अहिले अन्य संस्थाहरु स्थापना गरेर काम गरिरहनु भएको छ । काठमाडौंमा जतिपनि सीए अध्ययन गराउने संस्थाहरु छन् अधिकांश संस्थाका सञ्चालकहरु पहिले सीएआईमा नै आवद्ध हुनुहुन्थ्यो । त्यसैले सीएआईलाई कसैले पनि विर्सन सक्दैनन् ।० सीए अध्ययन गराउने अन्य संस्था र सीएआईमा के फरक छ ? – सीएआईको अन्य संस्थाको भन्दा लामो इतिहास र अनुभव छ । त्यसैले गर्दा जो विद्यार्थी सीए अध्ययन गर्छु र भविश्य बनाउँछु भन्ने सोचेर अघि बढेको हुन्छ ऊ खोज्दै खोज्दै हामीकहाँ नै आइपुग्छ । तपाईले सीएको रिजल्ट पनि हेर्न सक्नुहुन्छ । जतिपनि सीए भएका छन् त्यसको झण्डै ७० प्रतिशत सीएआईका नै हुन्छन् । सीएआईले बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । हामीले सोही अनुसारको गुणस्तर पनि प्रदान गरिरहेका छौं ।० सीए अध्ययन गर्ने विद्यार्थीहरु सीएआई नै आउपनु पर्ने कारण के हो ? – हाम्रो गुणस्तरिय सेवा र सुविधा अनि इतिहास पनि हो । हामीले विज्ञापन गरेर विद्यार्थी तान्ने भन्दा पनि सन्तुष्ट भएका विद्यार्थीहरुबाट नै विज्ञापन भएर आएका विद्यार्थीहरु हामीसँग धेरै छन् ।० अहिलेसम्म आइपुग्दा सीएआईबाट कति जना सीए उत्पादन भए त ? – हामीकहाँबाट झण्डै ७ सय जना सीए उत्पादन भइसकेका छन् ।० सीए अध्यनका लागि सीएआई आएका विद्यार्थीहरुलाई सबैभन्दा पहिले कस्तो सुझाव र सल्लाह प्रदान गर्नुहुन्छ ? – मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने म सबैभन्दा पहिले त विद्यार्थीलाई तर्साउँछु नै । विद्यार्थी तर्साएर तर्सने खालको छ कि छैन, उसले सीए अध्ययन गर्न सक्छ कि सक्दैन सबै विषयमा जानकारी लिइसकेपछि मात्र हामी उसलाई भर्ना गर्छौं । हामीले सीएआईको स्थापना नाफा कमाउन मात्र गरेका होइनौं । त्यसैले पनि जो व्यक्ति सीए अध्ययन गरेरै छाड्छु भनी अठोट बोकेर अघि बढेको हुन्छ उसलाई मात्र हामी पढाउँछौं ।० सीए अध्ययन गर्न कति खर्च लाग्छ ? – सीए अध्यनका लागि सबै खर्च हिसा गर्ने हो भने दुई लाख रुपैयाँले पुग्छ ।० प्रसंग बदलौं, एसीसीए र सीएमा के फरक छ ? – एसीसीए प्रोफेसनल होइन । भन्न त प्रोफेसनल नै भनिन्छ तर होइन । एसीसीए पास गरेपछि पुनः तीन वर्ष आर्टिकल गर्नुपर्छ । बल्लमात्र उसले लाइसन्स पाउँछ भने सीए अध्ययन गरेकाहरुले पास गर्नासाथ लाइसेन्स पाउँछन् ।० तरपनि एसीसीए अध्ययन गर्ने विद्यार्थीको संख्या बढी छ नि ? – पहिलो कुरा एसीसीएमा बढी विद्यार्थी हुनुको कारण भनेको विदेश जाने लहर नै हो । जो विद्यार्थी विदेश जान चाहन्छ उ एसीसीए अध्ययन गर्छ । नेपालमा एसीसीए अध्ययन गरेकाहरुलाई अडिट गर्ने लाइसन्स दिइएको छैन । पास गर्न सजिलो र विदेश गएर जागिर खान सजिलो हुने भएकाले नै एसीसीए अध्ययन गर्ने विद्यार्थीहरु बढी भएका हुन् ।० नेपालमा उत्पादित सबै सीएले रोजगारी पाएका छन् त ? – शत प्रतिशतले रोजगारी पाएको अवस्था छ । माग धेरै छ, राम्रा व्यक्ति मात्र पास भएका हुन्छन् । त्यसैले पनि अहिलेसम्म सीए भएपछि रोजगारी ग्यारेन्टी जस्तै छ ।० नेपालमा अहिले कति जना सीए छन् त ? – अहिले सीएको संख्या ११ सय पुगेको छ ।० कस्ता विद्यार्थीले सीए अध्ययन गर्न सक्छन् ? – विज्ञान तथा व्यवस्थापन विषय लिएर १२ कक्षा पास गरेका विद्यार्थीहरुले सीए अध्ययन गर्न पाउँछन् । बजारमा हेर्ने हो भने दुई तिहाई सीए विज्ञान विषय पढेका नै छन् ।० सीए अध्ययन गर्न खोजिरहेका विद्यार्थीहरुलाई के भन्नुहुन्छ ? – यदि तपाईहरुलाई आफूप्रति आत्मविश्वास छ, म सीए अध्ययन गर्न सक्छु, आपतमा आत्तिन्न र सुखमा मात्तिन्न भन्ने सोच छ भने मात्रै सीए अध्ययन गर्न आउनुहोस् ।

प्रतिक्रिया

सम्बन्धित