विद्यार्थीलाई नेपल फर्काउन त्यति सहज छैन

rakesh shresthaनेपालमा कन्सलटेन्सीको संख्या दिन प्रतिदिन बढिरहेको छ । नेपाली विद्यार्थीहरु उच्च शिक्षासँगसँगै भविश्यको खोजिमा विदेशिरहेका छन् । पछिल्लो सयम कन्सलटेन्सी क्षेत्र नै विवादित पनि बन्दै गएको छ । तर उद्योगको रुपमा विकसित हुँदै गएको कन्सलटेन्सी पेशाको भविश्य उज्ज्वल रहेको दावी गर्नुहुन्छ भिसा काउन्सिल प्रा. लि.का प्रमुख कार्यकारी अधिकतृ राकेश श्रेष्ठ । गलत काम गर्नेहरुमाथि सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउनु पर्ने श्रेष्ठको भनाई छ । उच्च शिक्षाका लागि विदेश पुगेका विद्यार्थीहरुलाई नेपाल फर्काउन कन्सलटेन्सीले भन्दा पनि सरकारले उचित वातावरणको सृजना गरी पहल गर्नुपर्ने श्रेष्ठ बताउनु हुन्छ । भिसा काउन्सिलको अवस्था, गर्ने काम, कन्सलटेन्सीहरुको वर्तमान अवस्था, चुनौतीलगायतका विविध विषयमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठसँग mynewsnepalका लागि कुमार भण्डारीले गरेको कुराकानी : राकेश श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत– भिसा काउन्सिल प्रा. लि.

० समग्र कन्सलटेन्सी क्षेत्रको वर्तमान अवस्था कस्तो छ ? – कन्सलटेन्सीहरुको हिजोको अवस्था पनि राम्रो थियो, आजको अवस्था पनि राम्रो छ र भोलिका दिनहरुमा पनि राम्रो हुनेछ । गुणस्तरिय शिक्षा प्राप्त गरी आफ्नो भविश्य सुनिश्चित गर्नका लागि बाहिर जाने प्रक्रिया हिजो पनि थियो र त्यसले निरन्तरता पनि पाइरहेको छ । कन्सलटेन्सीहरुको काम भनेको उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहलाई आवश्यक शैक्षिक परामर्श दिने, तयारी कक्षाहरु सञ्चालन गर्ने र डकुमेन्टेसनका सम्पूर्ण काम गर्ने भएकाले यो व्यवसाय सुरक्षित र समय सान्दर्भिक रहेको मैले पाएको छु ।

० समग्र कन्सलटेन्सी क्षेत्रमाथि नै मर्यादा विपरित काम गरेको आरोप लाग्दै आएको छ नि ? – जुनसुकै क्षेत्रमा राम्रोसँगै नराम्रो काम गर्नेहरु पनि जन्मिएका हुन्छन् । केही कन्सलटेन्सीहरुले आफ्नो मर्यादा र सरकारको नीति बाहिर गएर काम गरेको मैले पनि नसुनेको होइन । तर, हामीलगायत जो साथीहरु कन्सलटेन्सीहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) मा आवद्ध हुनुहुन्छ, उहाँहरुले चाहिं त्यस्तो काम गर्नुभएको छ जस्तो मलाई लाग्दैन । अहिलेसम्मको कु्रा गर्ने हो भने जो कानुनी दायरामा आउन डराउँछन्, शिक्षा मन्त्रालयबाट जारी निर्देशिका अनुसारको मापदण्ड पूरा गर्न सक्दैनन्, त्यस्ता संस्थाहरुले नै गलत गरेको पाइएको छ । त्यसैले गलत गर्नेहरुमाथि सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउनु अहिलेको आवश्यकता हो ।

० इक्यानले निभाएको भूमिकाप्रति तपाई सन्तुष्ट हुनुहुन्छ ? – अहिलेसम्म सन्तुष्ट नै  छु भन्नुपर्छ । तर, जुन उद्देश्यका साथ इक्यानको स्थापना भएको हो, सो अनुरुप काम गर्न नसकेको हो कि भन्ने पनि कता कता महशुस हुन्छ । इक्यानले अहिलेसम्म गरेको काम सह्राहनिय नै छ । अबका आउँदा दिनहरुमा इक्यान अझ शसक्त तरिकाले अघि बढ्छ भन्ने मेरो आश हो ।

० नेपालबाट उच्च शिक्षाका  लागि विदेशिने विद्यार्थीहरुको अवस्था कस्तो पाउनु भएको छ ? – गुणस्तरिय शिक्षा र उज्ज्वल भविश्य सबैको चाहना हुन्छ । तरपनि विद्यार्थीको पढ्ने क्षमता, आर्थिक अवस्था, पहुँचलगायतले त्यसलाई असर पारिरहेको हुन्छ । उच्च तथा मध्यम वर्गका विद्यार्थीहरु बढी बाहिर गएको मैले पाएको छु ।० यसरी दिन प्रतिदिन उच्च शिक्षाका लागि विद्यार्थीहरु विदेशिनुको कारण के हो ? – देशमा आफूले चाहेको विषय पढ्न नपाउनु, गुणस्तरिय शिक्षाको कमी, शैक्षिक वातावरण नहुनु, समय अनुसार कोर्ष परिवर्तन नहुनु, पढाइ पश्चात भविश्य सुनिश्चित नहुँदा नै विद्यार्थीहरु उच्च शिक्षा सँगसँगै भविश्यको खोजिमा विदेश गइरहेका छन् ।० सरकारले यो क्षेत्रलाई हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ? – सरकारले यो क्षेत्रलाई मात्र होइन हरेक क्षेत्रलाई हेर्ने दृष्टिकोण अलि कमजोर नै देख्छु म । जनताहरु सरकारप्रति त्यति सन्तुष्ट छन् जस्तो मलाई लाग्दैन । सरकाको पनि धेरै कमी कमजोरीहरु रहेका छन् । सर्बप्रथम त सरकार आफू नै बलियो हुनु आवश्यक छ । सरकारले आफ्नो प्रतिवद्धता पूरा गर्न नसक्दा हरेक क्षेत्रमा समस्या उत्पन्न भइरहेका छन् ।० भिसा काउन्सिल कस्तो संस्था हो ? – भिसा काउन्सिल गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्ने संस्था हो । जसले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुका लागि आवश्यक पर्ने सम्पूर्ण कामहरु गर्दै आएको छ । सन् २०१० मा नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेर यसको स्थापना भएको हो । अहिले हामीले प्रिपरेसन कक्षा अन्तर्गत आइएलटीएस, टोफल, पिटिई, सिएईका कक्षाहरु सञ्चालन गर्दै आएका छौं भने अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुका लागि आवश्यक पर्ने सम्पूर्ण कामहरु गर्दै आएका छौं । भिसा काउन्सिलको मुख्य कार्यालय अष्ट्रेलियाको सिड्नीमा रहेको छ । त्यहाँ राजु श्रेष्ठले कार्यालय सञ्चालन गर्दै आउनु भएको छ । जो यस भिसा काउन्सिलको प्रमुख व्यक्ति हुनुहुन्छ । उहाँ अष्टे«लियाको पिआर होल्डर र माइग्रेसन एजेन्ट पनि हुनुहुन्छ ।० भिसा काउन्सिलले नेपाली विद्यार्थीहरुलाई कुन–कुन देश पठाउँदै आएको छ त ? – मलाई के लाग्छ भने धेरै क्षेत्रमा काम गर्ने भन्दा पनि दक्ष भएर एउटै क्षेत्रमा काम गर्नु ठिक हुन्छ । हाम्रो मुख्य कार्यालय अष्ट्रेलियामा भएको र अष्ट्रेलियाको बारेमा नै पूर्ण दक्ष भएकाले उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई हामीले त्यहाँ पठाउँदै आएका छौं । तर पछिल्लो समयमा हामीले अमेरिका जान चाहने विद्यार्थीहरुको लागि पनि काम गर्दै आएका छौं ।० भिसा काउन्सिलबाट हालसम्म कति विद्यार्थी विदेशिए त ? – हामी संख्यामा भन्दा पनि गुणस्तरमा ध्यान दिन्छौं । त्यसैले पनि हामीले धेरै विद्यार्थीलाई पठाउने भन्दा पनि समस्या नआउने गरी विद्यार्थी र तिनका अभिभावकको चाहना अनुसार उनीहरुले रोजेको र खोजेको स्थानमा पठाउँदै आएका छौं । भिसा काउन्सिलले वार्षिक झण्डै ५० जना विद्यार्थीहरुलाई अष्ट्रेलियामा उच्च शिक्षाका लागि पठाउँदै आएको छ । भिसा काउन्सिलबाट विदेशिएका विद्यार्थीहरुले हालसम्म कुनै पनि समस्या भोग्नु परेको छैन ।० अष्ट्रेलिया जाने विद्यार्थी भिसा काउन्सिल आउनु पर्ने कारण के हो ? – सबभन्दा पहिला त हामीले दिएको सेवा र सुविधाका कारण नै विद्यार्थीहरु यहाँ आइरहेका छन् । हामिले दिएको गुणस्तरिय शैक्षिक परामर्शका कारण उनीहरु सन्तुष्ट भएर नै यहाँ आएका हुन् । अर्को कुरा हाम्रो मुख्य कार्यालय सिड्नीमा नै भएकाले विद्यार्थीहरुलाई त्यहाँ आइपर्ने समस्यामा पनी हामीले सक्दो सहयोग गर्ने हुँदा विद्यार्थीहरु यहाँ आएर अष्ट्रेलिया गए भने एकदमै राम्रो हुन्छ । सहि र गुणस्तरिय परामर्श, सही मार्गदर्शन र उचित कलेजको छनौटका लागि विद्यार्थीहरुलाई भिसा काउन्सिल आउन आग्रह गर्दछु ।० विदेश गएका विद्यार्थीहरुलाई नेपाल फर्काउन भिसाले कस्तो पहल गर्छ ? – हामीले कम्पनी दार्ता गर्दा के उल्लेख गरेका छौं भने उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श प्रदान गरेर उनीहरुको क्षमता र दक्षताको आधारमा विदेश पठाउँछौं । त्यहि दायरामा नै बसेर हामीले काम गरिरहेका हुन्छौं । अब कुरो रह्यो नेपाल फर्काउनेको । हामीले विद्यार्थीहरुलाई नेपाल फर्काउन सक्दैनौं । यो हामीले गर्नै नसक्ने काम हो । विद्यार्थीले विदेश पुगेर उच्च शिक्षा सँगसँगै सिप पनि सिकेको हुन्छ, उसले त्यो सिपलाई नेपालमा प्रयोग गर्न पाउँछ कि पाउँदैन ?, उसले गरेको लगानी नेपालमा उठाउन सक्छ कि सक्दैन ?, नेपाल आएपछि कस्तो प्रतिफल पाइन्छ ? भन्ने विषयमा त सरकारले ध्यान दिनु प-यो नि । नेपाल फर्कने वातावरण सरकारले बनाउनु प-यो । यदि नेपालमा नै बसेर काम गर्न सकिन्छ र भविश्य पनि उज्ज्वल छ भने अधिकांश नेपाली विद्यार्थीहरु फर्कक्छन् । तर त्यो वातवरण बनाउने जिम्मा सरकारको हो । हामीले विद्यार्थीहरुलाई पढाइ पश्चात नेपाल फर्कनुपर्छ र नेपालमा नै केही गर्नुपर्छ भनेर सम्झाइ रहेका हुन्छौं । कयौं विद्यार्थीहरु फर्किका पनि छन् । तर कतिले उल्टै के पाइन्छ नेपाल फर्केर भन्दै प्रश्न समेत गर्ने गरेका छन् । रोजगारको वातावरण सृजना भएपछि विद्यार्थीहरु स्वयम् स्वदेश फर्कन इच्छुक हुन्छन् ।० विदेश पुगेका विद्यार्थीहरुले समस्या पाउनुको कारण के हो ? – जहासम्म मैले बुझेको छु, विद्यार्थीहरुले समस्या पाउनुको प्रमुख कारण भनेको दुइवटा छन् । एउटा भनेको विद्यार्थीहले बुझ्ने कोशिस नगर्नु वा कुनै पनि विषयमा रिसर्च नगर्नु र अर्को कारण भनेको चाहिने भन्दा बढी इच्छा र आकंक्षा नै हो जस्तो लाग्छ । विद्यार्थीहरुले विदेशमा डलर रुखम फल्ने सोचेका हुन्छन्, त्यहाँ गएपछि त कमाइहालिन्छ भन्ने सोच हुन्छ । यस्ता सोच हटाउनु पर्छ । तबमात्र समस्या कम हुँदै जान्छ । विद्यार्थीहरु यहाँबाट अध्ययनका लागि विदेश जाने हुन तर त्यहाँ पुगेपछि पैसा कसरी कमाइन्छ भन्ने सोच्दा नै बढी समस्या आएका छन् ।० कन्सलटेन्सी क्षेत्रका चुनौतिहरु के–के हुन् ? – कन्सलटेन्सीको अहिलेको प्रमुख चुनौति भनेको विदेशी कलेजहरु सिधै नेपाल आएर विद्यार्थी लैजानु नै हो । जसले गर्दा त्यहाँ पुगेको विद्यार्थीहरु समस्यामा पर्छन् र समाधानको लागि कसैले पनि पहल गर्दैनन । अहिले यस्तो समस्या भारतलगायतका मुलुकमा देखिएका छन् । अर्को चुनौति भनेको विदेशि विश्वविद्यालय तथा कलेजहरुले विद्यार्थीहरुको भविश्यलाई ख्याल नगरी आफ्नो अनुकुल हुनेगरी नीति नियम परिवर्तन गर्नु नै हो । जसबाट पनि नेपाली मात्र होइन त्यहाँ पुगेका सम्पूर्ण विद्यार्थीहरुले समस्या भोग्नु परेको छ । यस्ता चुनौतीहरुको सामना अहिले कन्सलटेन्सीहरुले गर्नु परेको अवस्था छ । तर अहिले इक्यानले विदेशी कलेजहरु सिधै नेपाल आएर विद्यार्थी लान नपाउने आवाज उठाएको छ । त्यसले गर्दा समस्यामा केही हदसम्म भएपनि कमी आएको छ ।

प्रतिक्रिया

सम्बन्धित