काठमाडौंः
सरकारले निजामती कर्मचारीको उमेरहद ५८ वर्षबाट ६० वर्ष पु¥याउने भएको छ । यसअघि ०४९ मा सरकारले कर्मचारीको उमेरहद ६० बाट घटाएर ५८ वर्ष बनाएको थियो । नेपालीको औसत आयु वृद्धि भएको र पेन्सेनेवल दायित्व पनि बढ्दै गएको भन्दै उमेदहद बढाउने तयारी गरिएको नयाँ पत्रिका दैनिकमा समाचार छ । सरकारले ल्याएको बजेट र नीति तथा कार्यक्रममा कर्मचारीको निवृत्तिभरणको दायित्व बढ्दै गएको र नेपालीको औसत आयु बढेर काम गर्न सक्ने उमेर बढ्दै गएकाले अनिवार्य अवकाशको उमेर पुनरावलोकन गरिने उल्लेख छ ।
सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव बाबुराम अधिकारीले निजामती सेवा ऐनको पाँचौँ संशोधनमार्फत उमेरहद बढाउने गृहकार्य थालिएको बताए । मन्त्रालयले ऐन संशोधनका लागि आवश्यक छलफल थालेको छ । प्रवक्ता अधिकारीका अनुसार उमेरहद बढाउँदा निजामती सेवामा विशेषज्ञता हासिल गरेका अनुभवी कर्मचारी रहने र त्यसले सेवा प्रवाहमा प्रभावकारिता आउनेछ । निजामती सेवा ऐनको चौथो संशोधनका क्रममा पनि केही उच्च प्रशासकहरूले उमेरहद बढाउन लबिङ गरेका थिए । तर, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले असहमति जनाएपछि हुन सकेको थिएन ।
प्रतिक्रिया