बृहत शैक्षिक प्रर्दशनीमा १५ हजार विद्यार्थीको अवलोकन
कठमाडौंः कुटुम्ब कलेज/सेन्टेनियल उमाविको प्राङगण जोरपाटीमा भएको बृहत शैक्षिक प्रर्दशनी २०७२ मा ७५ विद्यालयका १५ हजार विद्यार्थीले अवलोकन गरेका छन । शैक्षिक गुणस्तर वृद्धि र प्रयोगात्मक शिक्षाको प्रर्बद्धन गर्ने उद्देश्य गरिएको प्रर्दशनीमा ४० वटा स्टल राखिएको थियो । विज्ञान विषयसँग सम्वन्धित रहेको प्रर्दशनीमा विज्ञान विषयका शिक्षक तथा आयोजक कमिटिका सदस्य मनोज आचार्यले भने, ‘बृहत प्रर्दशनीले विद्यार्थीहरुलाई विज्ञान विषयको व्यवाहारिक शिक्षा देखाउन सहयोग गर्यो ।’ त्यसैगरी विद्यार्थीहरुले पनि कक्षामा पढेको थेउरीलाई प्राक्टिकलमा देखाइएको हुँदा प्रर्दशनी महत्वपूर्ण बनेको आचार्यले जनाएका छन । विहान ९ बजेबाट शुरु भएको प्रर्दशनी साँझ पाँच बजेसम्म भएको थियो । बृहत प्रर्दशनीमा भूकम्पबाट सुरक्षित रहने उपाय शीर्षक चित्रकला प्रतियोगिता तथा प्रर्दशनी गरिएको थियो । प्रतिस्पर्धामा क्रःमश सुन्ताखान मावि र बालविकास मावि, सेन्टेनियल उमावि, स्प्लेन्डिड् भ्याली मावि र विद्या आर्जन मावि क्रःमश सान्त्वना, तृतिया, द्धितिया र प्रथम भएका थिए । कार्यक्रमको आयोजना जिल्ला शिक्षा कार्यालय काठमाडौं, सहयोगी संस्थाको रुपमा विज्ञान शिक्षक समाज र विशेष संयोजन सहयोगी पूर्वी क्षेत्रीय विज्ञान शिक्षक समाजले गरेको थियो । त्यसैगरी चित्रकलामा प्रतियोगिता आइसेट नेपालले सहयोग गरेको थियो । प्रर्दशनीको व्यवस्थापन कुटुम्ब कलेज सेन्टेनियल उमाविले गरेको थियो । कार्यक्रममा क्षेत्र नम्बर ३ का सभासद् रामेश्वर फुयाँललगायत विशिष्ट व्यक्तिहरुले समेत अवलोकन गरेका थिए ।
प्रतिक्रिया