कन्सलटेन्सीहरुमाथि लाग्ने गरेको प्रतिभा पलायनको आरोप विल्कुलै गलत हो

khem  rajशिक्षा र काममा दक्षता हासिल गरेको व्यक्ति जुनसुकै स्थानमा पनि उपयुक्त मानिन्छन् । धरै रकम खर्च गरेर नेपाली विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश जाँदा करौडौ रुपैयाँ विदेशिएको छ नि ? भन्ने प्रश्नमा फरक मत राख्दै नबुझ्नेहरुले मात्र यस्तो भन्ने गरेको दावी गर्नुहुन्छ एक्सपर्ट एजुकेशन भिजा सर्भिसेजका निर्देशक खेमराज संगौला । कन्सलटेन्सीहरुमाथि लाग्दै आएको प्रतिभा पलायनको आरोप पनि गलत भएको उहाँको भनाई छ । उच्च शिक्षाका लागि विदेश पुगेका विद्यार्थीलाई कन्सलटेन्सीहरुले स्वदेश फर्काउन पहल गर्ने भन्दा पनि विद्यार्थीले गरेको लगानी र परिश्रमको प्रतिफल नेपाल आएर पाउँछ कि पाउँदैन र सरकारले त्यस्ता विद्यार्थीका लागि उपयुक्त स्थान दिन सक्छ कि सक्दैन भन्ने कुरा महत्वपूर्ण हुने निर्देशक संगौला बताउनुहुन्छ । उच्च शिक्षाका लागि अष्टे«लिया जाने विद्यार्थीलाई एक्सपर्टले दिने सेवा तथा सुविधा, एक्सपर्टले गर्दै आएको काम र अन्य विविध विषयमा निर्देशक संग्रौलासँग mynewsnepal.com का लागि कुमार भण्डारीले गरेको कुराकानी :

खेमराज संग्रौला, निर्देशक–एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस

० एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस कस्तो संस्था हो ? – एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस एउटा यस्तो संस्था हो, जसले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्दछ । हामीले विषेश गरेर अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई परामर्श प्रदान गर्दै आएका छौं । हाम्रो हेड अफिस अष्ट्रेलियाको सिड्नीमा रहेको छ । यसको स्थापना सन् २००३ मा भएको हो । नेपाल र अष्ट्रेलियामा गरी हाम्रो आठवटा शाखा कार्यालयहरु रहेका छन् । एक्सपर्टको अष्टे«लियाको ब्रिजवेन, मेलवर्न र नेपालमा काठमाडौं, चितवन, बुटवल तथा पोखरामा शाखा कार्यालय रहेका छन् । हामीले अब एक महिना भित्रमा विर्तामोडमा पनि शाखा कार्यालय स्थापना गर्दै छौं ।

० एक्सपर्ट आएका विद्यार्थीहरुले के कस्तो सुविधा पाउँछन् त ? – हामीले परामर्शका साथसाथै एउटै छानामुनी रहेर उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई आवश्यक सम्पूर्ण सेवा र सुविधा प्रदान गर्दै आएका छौं । हामीसँग अष्ट्रेलियाको माइग्रेसन रजिष्टर्ड एजेन्ट, रजिष्टर ट्याक्स अडिटर्स तथा कानुन व्यवसायीहरु हुनुहुन्छ ।

० एक्सपर्टबाट हालसम्म कति विद्यार्थीले सेवा लिए छ ? – हामीले १२ हजार भन्दा बढी विद्यार्थीलाई अष्ट्रेलिया र नेपालबाट सेवा प्रदान गरिसकेका छौं ।० एक्सपर्टले अन्य के–के काम गर्दै आएको छ ? – नेपालमा हामीले विशेष गरेर अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई धेरे भन्दा धेरै बुझ्ने र छान्ने अवसर प्रदान गर्छौं । विद्यार्थीको इच्छा, चाहना र आर्थिक अवस्था अनुसार उसले अध्ययन गर्ने विषयको बारेमा पनि हामीले जानकारी प्रदान गर्दै आएका छौं । यतिमात्र होइन, अष्ट्रेलियामा अध्ययन पश्चात उसको शिक्षा अनुसारको जागिरको लागि पनि एक्सपर्टले काम गर्दै आएको छ । अष्टे«लिया बस्न चाहने हो भने पिआरका लागि आवश्यक कार्य, उसले काम गरेको अवस्थामा ‘ट्याक्स रिटर्न’ को विषयमा आवश्यक जानकारी लगायतका काम एक्सपर्टले गर्दै आएको छ । यदि नेपाली विद्यार्थी अष्ट्रेलियामा घर किन्न चाहन्छ भने पनि हामीले उसलाई त्यो सुविधा प्रदान गर्दछौं । एक्सपर्टले अष्ट्रेलियामा रियल स्टेटको पनि काम गर्दै आएको छ । हामीले अहिले अष्ट्रलियामा फाइनान्सको समेत स्थापना गरेर काम गर्दै आएका छौं ।० एक्सपर्ट आइपुगेका विद्यर्थीहरु कुन–कुन देश जान सक्छन् ? – हामी अष्ट्रेलियाको स्पेसलिस्ट हौं, त्यसैले अष्ट्रेलियाको बारेमा मात्रै जानकारी राख्छौं । जसका कारण हामीले अष्ट्रेलिया मात्र पठाउँछौं र त्यसमा मात्र केन्द्रित भई परामर्श प्रदान गर्दछौं ।० एक्सपर्टको संरचना कस्तो छ ? – एक्सपर्टको संरचनाको बारेमा कुरा गर्दा नेपालका पाँचवटा शाखालाई काठमाडौंले सञ्चालन गर्दछ । जसलाई म आफैले हेर्दै आएको छु भने अष्ट्रेलियामा रहेका शाखाहरु सिड्नी कार्यालय मातहतमा रहेर सञ्चालन हुँदै आएका छन् । त्यहाँ बद्री अर्याल र सञ्जीव शर्माले हेर्दै आउनु भएको छ । उहाँहरु दुबैजना रजिष्टर्ड माइग्रेसन एजेन्ट पनि हुनुहुन्छ ।० विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश जाँदा एकातिर श्रम शक्ति विदेशिएको छ भने अर्कोतर्फ वार्षिक अरबौं रुपैयाँ विदेशिएको छ, यसबाट नेपाललाई घाटा भएको छैन ? – यस विषयमा मेरो फरक धारणा छ । सिधा तरिकाले हेर्दा त्यस्तो देखिए पनि बास्तविकता भने त्यो होइन । म कन्सलटेन्सी सञ्चालकको हैसियतले के भन्छु भने हामी परामर्शदाताहरुले विद्यार्थीहरुलाई उच्च शिक्षा आर्जनका लागि पठाउँछौं । उनीहरु शिक्षित पनि हुन्छन् जुन विश्वको कुनै पनि देशमा मान्यता प्राप्त हुन्छ । अष्ट्रेलियाको बारेमा कुरा गर्ने हो भने अष्ट्रेलियाले विद्यार्थीहरुलाई कोर्ष पूरा भइसकेपछि दुई वर्ष काम गर्ने अवसर प्रदान गर्दछ । जसले गर्दा विद्यार्थीले अष्ट्रेलियामा पढ्ने अवसरसँगसँगै काममा दक्षता पनि हासिल गर्दछन् । शिक्षा र काममा दक्षता हासिल गरेको व्यक्ति नेपालका लागि यूजफूल हुन्छ कि घातक ? यो एउटा पक्ष भयो भने अर्को पक्ष भनेको जो विद्यार्थी अध्ययनका लागि अष्ट्रेलिया गएको थियो, उ त्यतै बस्यो र नेपाल फर्किएन भने पनि कुनै बेला त्यो व्यक्ति नेपालमा पनि काम लाग्न सक्छ नि । जस्तैः भूकम्पकै कुरा गर्दा यस्तो विपतको अवस्थामा एउटैले पाँच करोड सहयोग गर्ने घोषणा गरेका व्यक्ति को हुन्, तिनै शेष घले होइनन् ? ति पनि त अष्ट्रेलियामा नै घरजाम गरेर बसेका व्यक्ति हुन् नि । उनी पनि त विद्यार्थीकै रुपमा रुपैयाँ खर्च गरेर गएका व्यक्ति होइनन् र ? अब तपाई आफै भन्नुस् कसरी भयो नेपाललाई घाटा ? त्यसकारण नबुझ्नेहरुले मात्र यस्तो भन्छन् जस्तो मलाई लाग्छ । कन्सलटेन्सीहरुमाथि प्रतिभा पलायन गर्ने भनेर जुन आरोप लगाइन्छ, त्यो विल्कुलै गलत हो ।० अष्ट्रेलियामा विद्यार्थीहरुले घर किन्न चाहेको खण्डमा त्यसको सुविधा समेत प्रदान गर्ने भन्नुभयो, नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्काउन चाहिं एक्सपर्टले के कस्तो काम गर्दै आएको छ ? – हामीले नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलिया गएपछि उतै बस्नुपर्छ, नेपाल आउन हुँदैन भनेर घर किन्न सहयोग गर्ने भनेको त होइन नि । यदि सम्पन्न परिवारको व्यक्ति त्यहाँ रहेसम्म आफ्नै घरमा बस्न चाहन्छ भने उसलाई त्यो सुविधा प्रादन गर्दछौ मात्र भनेका हौं । अब कुरो रह्यो नेपाल फर्कने र फर्काउने । नेपाली विद्यार्थीलाई हामीले स्वदेश फर्काउने भन्दा पनि उसले गरेको लगानी र परिश्रमको प्रतिफल नेपाल आएर पाउँछ कि पाउँदैन र सरकारले त्यस्ता विद्यार्थीका लागि उपयुक्त स्थान दिन सक्छ कि सक्दैन भन्ने कुरा महत्वपूर्ण हुन्छ ।० गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण कन्सलटेन्सी क्षेत्रमा कत्तिको असर प¥यो त ? – विनाशकारी भूकम्पछि असर त मुलुकमा नै परेको छ । यो क्ष्ँेत्रमा परेन भन्न सकिन्न । त्यसपछि केही समय हामी होल्ड हुनु परेको चाहिं पक्कै हो तर भूकम्पले यस क्षेत्रलाई धेरै असर गरेको छ जस्तो मलाई लाग्दैन । भिजा प्रक्रिया ढिलो हुँदा विद्यार्थीले पुनः अर्को डकुमेन्ट तयार गर्नु परेको अवस्था पनि छ । विद्यार्थीहरुले जुन घर देखाएर ऋण लिएका थिए, त्यो घर छ कि छैन भन्ने प्रश्न अहिले उब्जिएको छ । केही समय ढिलो भएको हो तर धेरै असर परेको छैन । जो विद्यार्थी एक्सपर्टबाट विदेश जाँदै थिए, उनीहरु भने यो समस्यामा परेनन् ।० इक्यानको नवौं मेला भर्खरै सम्पन्न भयो, त्यसबाट एक्पर्टलाई कस्तो फाइदा पुग्यो त ? – एक्सपर्ट इक्यान मेलामा व्यापार गर्न गएको पक्कै होइन । हामी उपस्थिति जनाउन त्यहाँ पुगेका हौं । एक्सपर्टलाई व्यापार बढाउन शैक्षिक मेलामा जान आवश्यक छैन । हामीले दिएको सेवा र सुविधाका कारण एक जना विद्यार्थीले नै हामीकहाँ चार जनालाई पठाइरहेका छन् । आज भन्दा झण्डै १२ वर्ष अघि चार जना कर्मचारीबाट शुरु गरेको यो कार्यालयमा अहिले नेपालमा मात्र पाँचवटा शाखा विस्तार गरी झण्डै एक सय कर्मचारीसँगै रहेका छन् । यो सफलताको मुख्य कारण भनेको हामीले दिएको सेवा र सुविधा नै हो । शैक्षिक मेलाबाट हामी धेरै विद्यार्थीको अपेक्षा गर्दैनौं । हामी पनि छौं भन्नका लागि हामी त्यहाँ पुगेका हौं । मेला अघि पनि एक्सपर्टमा विद्यार्थीको फ्लो राम्रो थियो भने मेला पछि पनि राम्रै भएको छ ।० उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई के भन्नुहुन्छ ? – विद्यार्थी मात्र होइन, अभिभावकलाई पनि म के सल्लाह दिन चाहन्छु भने यो जीवनको बारेमा गर्ने निर्णय भएकाले सोचेर, बुझेर मात्र निर्णय लिनुस् । आफ्नो सन्तानप्रति अभिभावकहरुले पनि ठूलो सपना देखेका हुन्छन् र विद्यार्थीले पनि भविश्यको बारेमा सोचेका हुन्छन् । यस्तो अवस्थामा तपाईले गर्ने निर्णयमा कहिं कतै चुक्नुभयो भने त्यो घातक हुन सक्छ । काठमाडौंमा धेरै कन्सलटेन्सीहरु रहेका छन् । तर सहि कुन हो भनेर विद्यार्थीहरुले छान्न सक्नुपर्छ । अहिले भनेको इन्टरनेटको जमाना हो । विद्यार्थी आफैले पनि रिसर्च गर्न सक्छन् । आफूले पढ्ने विषय, त्यो विषय अध्ययन पश्चातको फाइदा, आफ्नो आर्थिक अवस्थालगायतका सबै विषयमा सोच्नु पर्छ । यो विषयमा स्वमय् विद्यार्थी र अभिभावक दुबैले सोच्नु आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित