पुस्तक विक्रीको ५० हजार रुपैंयाँ भुकम्प पीडितलाई सहयोग गर्छु : रोहित भण्डारी


रोहित भण्डारी टेलिभिजन पत्रकार सँगसँगै लेखकको समेत पहिचान बनाएका व्यक्ति हुन् । उनले लेखेको पुस्तक सम्भव छ यतिबेला बजारमा चर्चा गर्न लायक पुस्तक बनेको छ । प्रेरणादायी पुस्तक भएका कारण पनि पुस्तकहरुको भीडमा सम्भव छ को माग निकै बढेको लेखकको भनाई छ । प्रस्तुत छ– सोही पुस्तकका विषयमा केन्द्रित रहेर भण्डारीसँग गरिएको कुराकानी:
सम्भव छ कस्तो पुस्तक हो ? यो एक प्रेरणादायी पुस्तक हो । जहाँ नेपालमा नै बसेर आर्थिक तथा सामाजिक प्रगति गरेका २३ जना कर्मवीरहरुको संघर्ष र सफलताको कथा समेटिएको छ ।
पुस्तकको नाम किन सम्भव छ राख्नुभएको ? धेरैको मुखबाट सुनिएको कुरा हो– नेपालमा बसेर केही हुँदैन । केही गर्न सकिदैन । नेपाल बिग्रियो, नेपाल भत्कियो । यहाँ सम्भावना छैन । नेपालमा भविष्य छैन । आर्थिक उन्नति र प्रगतिका लागि विदेश नै जानुपर्छ । तर, म यो कुरामा सहमत छैन । किनकि मैले नेपालमा यस्ता थुप्रै मान्छेहरु देखेको छु जसले नेपालमा नै बसेर ठूलो प्रगति गरेका छन् । जो गरिब परिवारमा जन्मिएर पनि सफलताको शिखर चुमेका छन् । आर्थिक प्रगति र उन्नति नेपालमा नै सम्भव छ भन्ने उदाहरण बनेका छन् । तिनै उदाहरणीय व्यक्तित्वका विषयमा यो पुस्तक केन्द्रित छ । तसर्थ पुस्तकको नाम सम्भव छ राखिएको हो ।
कस्ता पात्रहरुको कथा छ यो पुस्तकमा ?
पुस्तकमा केही समाजसेवी र केही व्यवसायीहरुको कथा छ । जो अत्यन्तै तल्लो तहबाट सफलताको शिखरमा पुग्नुभयो । अनि केही यस्ता व्यक्तिहरुको कथा छ, जसले नेपालमा नै केही गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ काम शुरु गर्नुभयो । बाउ– बाजेको सम्पत्तिबाट माथि पुगेकाहरुको विषयमा होइन, आफ्नै मेहनत र परिश्रममा अघि बढेकाहरुको कथा छ यो पुस्तकमा । त्यसैले पनि केही गरौं भन्नेहरुका लागि उपयोगी हुन सक्छ– सम्भव छ ।
पुस्तकका विषयमा कस्तो प्रतिकृया पाउँनुभएको छ ? प्रतिकृया राम्रो पाएको छु । थुप्रै फोन, एसएमएस र इमेलहरु आएका छन् । कतिपय इमेलहरु यस्ता छन्, जुन पढ्दा अत्यन्तै गर्वको अनुभूति हुन्छ । तपाईँले लेखेको पुस्तक पढेपछि मैले विदेश नजाने निधो गरेँ भन्नेदेखि लिएर मैले बाख्रा पालनको योजना बनाएँ भन्ने सम्मका इमेलहरु आएका छन् । हाम्रै देशमा सम्भव छ भन्ने सन्देश फैलाउँने जुन उद्देश्यका साथ मैले पुस्तक लेखेँ । त्यसमा पाठकको सकारात्मक प्रतिकृया पाउँदा उत्साहित छु ।
पुस्तकको माग कस्तो छ ? तीन हजारप्रति छापेको पुस्तक अहिले म सँग केही प्रति मात्र बाँकी छ । छोटो समयमा नै दोस्रो संस्करणको तयारी गर्दैछु । मैले सोचेको भन्दा धेरै माग भएको छ ।
पुस्तकमा समावेश भएका पात्रहरुको प्रतिकृया चाहिँ कस्तो छ त ? सबैसँग मैले सम्पर्क गरेको छैन । तर, केही पात्र जो सम्पर्कमा हुनुहुन्छ, उहाँहरु चाहिँ निकै उत्साहित भएको मैले पाएको छु ।
अब तत्काल अर्को पुस्तक लेखनको योजना ? अहिले त्यस्तो केही सोचेको छैन । तर, मेरो पहिलो प्रयासलाई पाठकले जसरी माया गर्नुभयो । यो मायाका कारण पनि म योजनाबिहिन अबस्थामा रहिरहन सक्दिन ।
पुस्तक विक्री बापतको रोयल्टी कस्तो रह्यो ? जे होस् निरास हुनुपरेन । पाठकको मन जित्नेगरी प्रस्तुत हुन सकियो भने लेखेरै पनि जिविकोपार्जन गर्न सकिने रहेछ भन्ने आत्मविश्वास जाग्यो ।
पुस्तक विक्रीको रकम सञ्चय गरेर केही गर्ने सोच त बनाउँनुभएको छैन नि ? भुकम्प पीडितहरुका लागि ५० हजार रुपैंयाँ सहयोग गर्ने र केही युवाहरुको समुह बनाएर कुनै उत्पादनमुलक काममा लाग्ने योजना छ ।
कस्तो हो त्यो उत्पादनमुलक काम भनेको ? कुनै प्रकारको व्यवसाय । जुन अभियानका रुपमा अघि बढ्नेछ ।

_t47NgmpGYa_5d2tpzbwyyftpgxckguzjlfqbg4gxugrxjojija1qore06i1l1egpsoao8qd_YrWWYIF0NI_mlvuid9dhpn8sz33suq5kqb3jestoy2g9ciz7ou5egejrk3tummpi0drl5oc.jpg)
वायु प्रदूषण आफैं हटेर जान्छ भन्ने सरकारी सोच नै गलत छ : डा.भुपेद्र दास
%2520(1)_SmibXa58tM_emq2a0tnrul4hk5gqtenlnwrprtngxl5kwrikvcyhaiuceqn4oxcshpvyx5q_UOEhET0Mvg_haxky1qop3jckfiehzwsnggboerlifdstaqixcu1xov5tfnl4vu1wh3u93ce.jpg)
एनआरएनएलाई वैधानिक रुपमा लयमा फर्काउने मेरो प्रयास हो, सहयोगका लागि अपिल ग…
_qRFzC1DVep_bumkdp8qnmt6qyiienmj6z8pl0ogoauzedazkhlqnfbpkbvwyg8sg33t3mi9_EwfJxtRRLf_qzscfmmgvc2f1p4ufzhemw4swmsvwo0riy42l3bqnnjnnx3q8xwpwk6etick.jpg)
विदेश पढ्न जानुअघि फर्केर नेपालमै केही गर्छुभन्ने सोच बनाउनपर्छ : धिरज कंडेल

निर्माण व्यवसायीहरुको बाँच्ने आधार हराएको छ, बाध्यताले सडकमा छौं : रवि सिंह
_COU9bcBMEo_9hvubsziqnrkzxi3nnj9a4eq7sfgwbtvrle32ahzbou2g4uy0scbnzrnk7sj_89hf0FQ95j_mmn8ohuphohucnhivdxdfwy6noonjvsbvzxnldicl1syywk8lwge7nmrgbfb.jpg)
अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ : अरुणकुमार सुवेदी

यतिबेला एनआरएनए हारेको अवस्थामा छ : डा.केशव पौडेल

बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १९३ जनाको मृत्यु

प्रतिक्रिया